सरकारद्वारा १४ देशमा राजदूत सिफारिस, को–को परे “नामावलीसहित”

काठमाडौं, फागुन ९- सरकारले विभिन्न १४ देशमा रिक्त रहेको राजदूत पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।सोमबार सिंहदरबारमा दोस्रोपटक बसेको मन्त्रिपरिषदको बैठकले राजदूत नियुक्तिका लागि १४ जनाको नाम सिफारिस गरेको हो । मन्त्रिपरिषदको बैठकले युएईमा आशा लामा, जापानमा प्रतिभा राणा, डेनमार्कमा युवनाथ लम्साल, बहराइनमा पदम सुन्दास, अस्ट्रेलियामा लक्की शेर्पा, कतारमा रमेशप्रसाद कोइराला, साउदी […]

सरकारले आज स्थानीय तहको निर्वाचन मिति घोषणा गर्दै

काठमाडौं,फागुन, ९-सरकारले स्थानीय निकाय पुर्नसंरचना प्रतिवेदन संशोधन गर्दै आज निर्वाचनको मिति घोषणा गर्ने भएको छ। सत्तारुढ काँग्रेसको अडानपछि चुनाव एकै चरणमा गर्ने सरकारको तयारी छ। काँग्रेस सहित सरोकारवाला पक्षसँगको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आज दुईपटक मन्त्रिपरिषद् बैठक राखेर निर्वाचनको मिति घोषणा गर्ने तयारी गर्नु भएको हो । निर्वाचनको मिति घोषणापछि प्रमुख प्रतिपक्षी एमाले संविधान संशोधन […]

लेनदेन गरेको पाए मूल्य चुकाउन तयार छु: मन्त्री थापा

चितवन,फागुन ८-स्वास्थ्यमन्त्री गगन थापाले आफ्नो मन्त्रालयमार्फत हुने नियुक्ति लगायतका काममा कसैले पैसा लिएको पाइए त्यसको नैतिक जिम्मेवारी लिने बताउनु भएको छ । उहाँले भन्नुभयो ‘मेरो मन्त्रालय मार्फत भएको कुनै पनि नियुक्ति लगायतको कुरामा पैसामात्र के एक गिलास पानी पनि लेनदेन भएको रहेछ भने पनि त्यसको नैतिक जिम्मेवारी मैले लिने हो, जतिसुकै मूल्य चुकाउन तयार छु […]

कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेता छिट्टै निर्वाचन मिति घोषण गर्न सहमत

काठमाडौं, फागुन ८ – सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्र छिट्टै चुनावको मिति घोषणा गर्न सहमत भएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस र माओवादीका नेताहरुको बैठकले मिति घोषणा गरेर जाने सहमति गरेको हो ।मधेसी मोर्चाले भनेजस्तो संविधान संशोधन गरेर चुनावको मिति घोषणा गर्ने अवस्था नभएको निष्कर्ष उनीहरुको छ । संविधान संशोधनको विषयलाई पनि सँगै […]

राप्रपाको एकता महाधिवेशनमा आज विधान संशोधन प्रस्ताव पेश हुने

काठमाडौं, फागुन ७ – राप्रपाको एकता महाधिवेशनमा शनिबार विधान संशोधन प्रस्ताव पेश हुँदैछ । भृकुटीमण्डमा हुने बन्द सत्रमा नेता बुद्धिमान तामाङ संयोजकत्वको समितिले तयार पारेको विधान संशोधनको प्रस्ताव प्रस्तुत र प्रस्तावमाथि छलफल सुरु हुने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । विधान संशोधन प्रस्तावमा ६५ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने, पार्टी अध्यक्षसहित ६५ प्रतिशत केन्द्रिय सदस्य चुनावबाट […]

प्रजातन्त्र दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं, फागुन ७ – प्रजातन्त्र दिवसकै अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका नेताले शुभकामना सन्देश दिनुभएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सन्देशमा प्रजातन्त्र दिवस प्राप्त उपलब्धीको रक्षाका लागि सार्थक बनोस् भन्ने कामना गर्नुभयो । यसैविच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  संविधानप्रति देशका सबै समुदायको स्वीकार्यता फराकिलो बनाउने हेतुले सरकारले ल्याएको संविधान संशोधन विधेयकमा सबैको सहमति जुटाउने प्रयत्न […]

आज प्रजातन्त्र दिवस देशभर मनाईंदै, उपलब्धी संस्थागत हुन नसकेको गुनासो

काठमाडौं, फागुन ७ – आज फागुन ७ अर्थात् प्रजातन्त्र दिवस । विभिन्न कार्यक्रम गरी देशभर प्रजातन्त्र दिवस मनाइँदैछ ।२००७ सालमा फागुन ७ कै दिन एक सय चार वर्ष लामो जहाँनियाँ राणाशासनको अन्त्य भई मुलुकमा प्रजातन्त्र वहालीको घोषणा भएको थियो ।प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरण गर्दै प्रत्येक वर्ष फागुन ७ गते विभिन्न कार्यक्रम गरी प्रजातन्त्र […]

आज निवार्चन दिवस देशभर मनाईदै

बाँके,फागुन ७-नेपालमा आज पहिलो पटक देशभर निर्वाचन मनाईदै छ । निर्वाचन कार्यालय नेपालगंजका अनुसार आज औपचारिक कार्यक्रम बीच नेपालगंजमा निर्वाचन दिवस मनाउन लागिएको हो । नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको थियो । त्यसैकारण आयोगले फागुन ७ लाई निर्वाचन दिवसको रुपमा मनाउने घोषणा गरेको हो । नेपालगंजमा पनि निर्वाचन दिवसको […]

स्ववियु निर्वाचनको नयाँ तालिका सार्वजनिक

काठमाण्डौं,फागुन १- त्रिभुवन विश्वबिद्यालयले आगामी फागुन १८ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।त्रिवि कार्यकारी परिषदको आजको बैठकले एक साता लामो स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि फागुन १४ गते निर्धारण गरिएको निर्वाचन पाँच दिन सरेपछि नयाँ कार्यतालिका बनाउनुपरेको हो ।नयाँ कार्यतालिका अनुसार फागुन ११ गते बिहान १० बजेभित्र […]

नेपाल तरुण दल बाँकेका मनोनित पदाधिकारीद्धारा पदभार ग्रहण

मधुपौडेल बाँके,फागुन ५-नेपाली कागे्रस निकट नेपाल तरुण दल बाँकेका मनोनित पदाधिकारी तथा कार्यसमिति संदस्यहरुले पदभार ग्रहण  गरेका छन् ।तरुण दल बाँकेको बैठकले अघिल्लो साता सहसचिवमा विमल चन्द सहित सदस्यमा तारमणी अधिकारी ,अनिल लखेर , हनुमान नाउ, देवबहादुर खाँड, धुव आर्चाय , प्रदिप शाह, शंकर बुढाथोकी , ,जगतजंग थापा, बेलबहादुर बुढाथोकी, हेमन्त शाक्य, जितबहादुर चौधरी , […]