स्ववियु निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, फागुन ५ – उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले यही फागुन १४ गतेका लागि निर्धारण गरिएको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को चुनावका लागि सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । काठमाडौंमा बुधबार आयोजित चुनावसँग सम्बन्धित निकायसँगको छलफलका क्रममा उपप्रधानमन्त्री निधिले स्ववियु चुनावमा अख्तियार गर्नुपर्ने सुरक्षाका विषयबारे तीनवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको हो । उपप्रधानमन्त्री […]

राप्रपामा कमल थापालाई सर्बसम्मत अध्यक्ष बनाइने

काठमाडौं, फागुन ५ – राष्ट्रिय प्रजातन्त्र पार्टीमा कमल थापालाई सर्वसम्मत अध्यक्ष बनाइने भएको छ ।एकता अधिवेशनको दुई दिन अघि नै नेताहरुले उक्त सहमति गर्नु भएको छ। राप्रपा र राप्रपा नेपालको एकतापछि बनेको राप्रपाले फागुन ६ देखि ९ सम्म एकता महाधिवेशन गर्दैछ ।महाधिवेशनको पूर्वसध्यामा थापासँगै पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्षका दाबेदार रहनु भएको थियो। […]

तरुण दल बाँकेको पदभार आज

बाँके,फागुन ५-नेपाली काग्रेस निकट तरुण दलका मनोनीत पदाधीकारी तथा कार्यसमिति सदस्यले आज पदभार ग्रहण गर्दैछन् । तरुण दल बाँकेको बैठकले अघिल्लो साता सह सचिवमा बिमल चन्द सहति सदस्यमा तारमणी अधिकारी,अनिल लखेर,हुनमान नाउ,देबबहादुर खाँड,धु्रव आचार्य, प्रदिप शाह,शंकर बढाथोकी,जगतजंग थापा,बेलबहादुर बुढाथोकी,हेमन्त शाक्य,शाहिल नरसिंह राणा, कुदरुस खाँ,जितबहादुर चौधरी,मनमोहन बर्मा,कमानसिंह सुनार,सपना भण्डारी,मुनिर बेहना,पुष्पा सुनार लगायत १९ जनालाई मनोनीत गरेको […]

स्थानीय निकायका कर्मचारी आन्दोलीत हुँदा सेवाग्राही मर्कामा

मधुपौडेल बाँके,फागुन ४-स्थानीय निकायका कर्मचारीको आन्दोलन अझैं सशक्त बनेपछि सेवाग्राहीलाई परेशानी भएको छ ।  देशभरका स्थानीय निकायमा काम नहुँदा सेवाग्राहीलाई सास्ती भएको हो । स्थानीय चुनाव हुनुपर्ने, स्थानीय निकायमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीको व्यवस्थापन हुनुपर्नेलगायत माग राखेर आन्दोलन गरिरहेका स्थानीय निकायका कर्मचारीले आइतबारदेखि दिनैभरि काम बन्द गरेका हुन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, जिल्ला […]

दर्जन बढि बिभिन्न पार्टि परित्याग गरि माओवादी केन्द्रमा प्रवेश

मधुपौडेल बाँके,फागुन ४-बिभिन्न पार्टि परित्याग गरि दर्जन बढि नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन । आमोवादी केन्द्र कोहलपुरले संचालन गरेको अभियान अन्तर्गत आज एमाले, काँग्रेस र राप्रपा परित्याग गरि ठुलो सँख्यामा माओवादी केन्द्रमा प्रवेश गरेका हुन । यसैबिच माओवादी केन्द्रको कोहलपुर नगरपालिका अन्तर्गत विभिन्न वडाको संयुक्त वडा सम्मेलन सम्पन्न भएको छ । विभिन्न […]

स्ववियु निर्वाचन फागुन १४ मै गराइने, सुरक्षा व्यवस्था सरकारले मिलाउने

काठमाडौं, फागुन ४-  त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा यही फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि चाहिने सम्पूर्ण सुरक्षा व्यवस्था सरकारले मिलाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी नेताहरुबीच आज बालुवाटारमा भएको छलफलमा स्ववियु निर्वाचन गर्न चाहिने सम्पूर्ण सुरक्षाको […]

मधेसी मोर्चाले नमाने पनि जेठमा चुनाव गर्ने तीन दलको तयारी

काठमाडौं, फागुन ४ – प्रमुख दलका शीर्ष नेताहरु जारी राजनीतिक गतिरोध अन्त्य गर्न आन्दोलनरत मधेसी मोर्चा सहमतिमा नआए पनि जेठ मसान्तभित्रै स्थानीय निर्वाचन गरी अघि बढ्ने निष्कर्षमा पुगेका छन् ।सकेसम्म मधेसी मोर्चालाई मनाउने, नमाने पनि एक दुई दिनभित्रै चुनाव मिति घोषणा गर्ने निष्कर्षमा उनीहरु पुगेका छन् । प्रमुख दल कांग्रेस, एमाले र माओवादीबीच मंगलबार शीर्ष […]

आइतबार चुनाव मिति घोषणा गर्ने तयारी ,प्रधानमन्त्री,देउवा र ओली भेटवार्तामा के भयो ?

काठमाडौं,फागुन ४- स्थानीय तहको निर्वाचन मिति ८ फागुनमा घोषणा गर्ने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिति घोषणाबारे प्रमुख तीन दलका शीर्ष नेताहरूलाई जानकारी गराएका छन् । यो खबर आजको नयाँ पत्रिकामा छ । बालुवाटारमा मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीबीच दुई घण्टा लामो छलफल […]

कोहलपुर नगरपालिका स्तरिय माओवादी केन्द्रको संयुक्त वडा सम्मेलन जारी

संगिन शर्मा कोहलपुर,फागुन ४-आमोवादी केन्द्रको कोहलपुर नगरपालिका अन्तर्गत १३ वटै वडाको संयुक्त वडा सम्मेलन मंगलबारदेखि सुरु गरेको छ । विभिन्न माओवादी घटकहरुको एकतापछि पहिलो पटक हुन गईरहेको सम्मेलनले १३ वटै वडामा नयाँ नेतृत्व चयन गर्ने बताईएको छ । जसअन्तर्गत मंगलबार १, ३, ४, ६, १० र १२ नम्बर वडाको वडा सम्मेलन सम्पन्न भएको छ । […]

भर्ना छुटेका बिद्यार्थीहरु तत्काल भर्ना लिन क्याम्पस प्रशासनलाई दबाद

बाँके,फागुन ३-नेपाल बिद्यार्थी संगठन इकाई कमिटी महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जले भर्ना लिन छुटेका बिद्यार्थीहरु तत्काल भर्ना लिन क्याम्पस प्रशासनलाई दबाद दिएको छ । बिद्यार्थी हकहितका लागि लड्दै आएका अन्य बिद्यार्थी संगठनहरुले स्नातक दोश्रो र तेस्रो बर्षका लागि भर्ना छुटेका बिद्यार्थीहरुको भर्ना प्रक्रियामा अबरोध पुर्याएका कारण नेविसंघ महेन्द्र बहुमुखी क्याम्पसले घोर आपत्ति प्रकट गरेको छ । […]