कैलालीको भजनीको कृष्णपुर क्षेत्रका खेतमा झुलेको चैते धान

कैलाली,जेठ,७-कैलालीको भजनी नगरपालिका–३, कृष्णपुर क्षेत्रमा किसानको खेतमा झुलेको चैते धान । यस क्षेत्रका अधिकांश किसानले चैते धान रोप्ने गरेका छन् । चैतमा रोपेको धान जेठको अन्तिमसम्म भित्र्याउँछन् । बर्खे धानभन्दा दोब्बर फल्ने भएपनि पर्याप्त सिंचाईको कमीले किसानहरू चैते धान खेतीतर्फ आकर्षित हुन भने सकेको पाइदैंन । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, योजना तथा विकास समन्वय समितिबाट […]

जुम्लामा विक्री भएनन् स्याउका बिरुवा, किसानले जलाए ६ हजार बिरुवा

काठमाडौं,बैशाख,२१-जुम्लामा स्याउका बिरुवा विक्री नहुँदा किसानले जलाएर नष्ट गरेका छन् ।  पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढा  २०५७ सालदेखि स्याउको बेर्ना उत्पादन गर्दै आएका छन् । बिरुवा बेचेरै वर्षमा रू. २४ लाखसम्म आम्दानी गरेको उनको अनुभव छ । यस वर्ष बिरुवा विक्री नभएपछि झण्डै ६ हजार बिरुवा उखेलेर जलाएको बुढाले बताए ।  बुढालाई जस्तै तातोपानी गाउँपालिकाका […]

भारत लैजांदै गरेको ५ हजार किलो केराउसहित ट्रक चालक पक्राउ

काठमाडौं,माघ,२५-प्रहरीले कपिलवस्तुको यशोधरा गाउँपालिका – ७ मर्यादपुरस्थित सडकबाट युपि ५५ टि २२९५ नम्बरको ट्रकमा अवैध रुपमा लैजाँदै गरेको करीब ५ लाख रुपैयाँ बराबरको ५ हजार किलो केराउसहित ट्रकका चालकलाई पक्राउ गरेको छ । भारत सिद्धार्थनगर ग्राम इटवा बस्ने २७ वर्षीय धन प्रकाश अग्रहरीलाई सोमवार राति प्रहरीले पक्राउ गरेको हो । नेपालबाट भारतको इटवातर्फ जाँदै गरेको उक्त […]

बाढीपहिरोले २ लाख ५८ हजार मेट्रिकटन धानबाली नोक्सान

काठमाडौं,कार्तिक,७-बेमौसमी वर्षात्का कारण आएको बाढीपहिरोले २ लाख ५८ हजार मेट्रिकटन धानबालीको नोक्सान भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार प्रदेश नम्बर १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मात्रै कुल ७ अर्ब २२ करोड रुपैयाँ बराबरको २ लाख ५८ हजार ९२ मेट्रिकटन धानमा नोक्सानी पुगेको हो । असोज ३१ गतेदेखि परेको अविरल […]

जुम्लाको अर्गानिक स्याउले नेपालगञ्जमा बजार लिंदै

नेपालगञ्ज,भदौ,१९-अर्गानिक मानिने भएकाले नेपालगञ्जमा अहिले जुम्लाको स्याउले राम्रो बजार लिएको छ ।नेपालगञ्जमा अहिले जुम्लाको स्याउ मात्रै विक्री भइरहेको छ । चीन र भारतको स्याउको बढी खपत हुने नेपालगन्जमा अहिले जुम्लाको स्याउ धेरै देखिन्छ । नेपालगञ्जका फलफूल व्यापारी अहिले जुम्लाको स्याउ विक्रीमा व्यस्त छन् । जुम्लामा मोटर बाटो पुगेकाले अहिले सडकबाटै स्याउ ल्याउँदा सस्तो पर्ने गरेको […]

धान रोपाइँमा प्रविधिको प्रयोग बढ्दो

काठमाण्डौं,असार,२१-नेपालमा पछिल्ला वर्षहरूमा धान रोपाइँमा प्रविधिको प्रयोग बढ्दै गएको छ । व्यावसायिक रूपमा कृषि व्यवसाय गर्दै आएका किसानले प्रविधिको प्रयोग गरी धान रोप्न थालेका हुन् । पूर्वी चितवनको कालिका नगरपालिकाका सुनिल ढकाल अहिले प्रविधिको प्रयोग गरेर सात बिगाहा क्षेत्रफलमा धान रोप्दै छन् । कम लागतमा रोपाइँ गर्न सकिने भएपछि प्रविधिको प्रयोग गरेको उहाँले बताउनुभयो। धान […]

आज राष्ट्रिय धान दिवसः दही चिउरा खाने पर्व

काठमाडौं,असार,१५-आज देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ । यस वर्षको दिवसमा सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक कार्यक्रम गरिने छैन । कोरोना महामारी जारी रहेकाले सकेसम्म सरकारी फार्म भित्रै सीमित गरेर दिवस मनाइने तयारी गरिएको छ । नेपालमा खेती हुने कूल जमिनको ४७ प्रतिशतमा धान खेती हुन्छ । कूल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा […]

देशभरका ५ सय २३ स्थानमा डढेलो, एकै जिल्लाको ६० ठाउँ सखाप

काठमाडौं,चैत,१४-चैत महिना लागेसँगै देशैभर ५६ जिल्लाका ५ सय २३ स्थानमा डढेलो लागेको छ । वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्याङ्क अनुसार अहिले ५६ जिल्लाका पाँच सय २३ ठाउँमा डढेलो लागेको हो । पर्सामा मात्र ६० ठाउँको जङ्गलमा डढेलो लागिरहेको छ भने मकवानपुरमा ४१, चितवनमा २७ र नवलपुरमा २६ ठाउँमा डढेलो […]

मलाई एक अर्ब रुपैयाँको प्रलोभन आयो-मन्त्री आले

काठमाडौं,फागुन,१८-वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन आएको खुलासा गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री आलेले आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्नका लागि आर्थिक प्रलोभन देखाइएको खुलासा गर्नुभएको हो । सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि […]

नेपाल-बंगलादेशबीच ५० हजार मेट्रिकटन युरिया मल आपूर्तिका लागि सम्झौता

काठमाडौं,पुस,२-नेपाल र बंगलादेशबीच रासायनिक मल खरिदका विषयमा औपचारिक सम्झौता भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार बिहीबार कृषि सामग्री कम्पनी लिमिटेड र बंगालादेशी केमिकल इन्ड्रस्ट्रिज कम्पनीबीच ५० हजार मेट्रिकटन युरिया मल आपूर्तिका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महमद […]