आज हरितालिका तीज पर्व मनाईदै

काठमाडौं,असोज,१-आज हरितालिका तीज पर्व,नेपाली हिन्दु नारीहरुले हरितालिका तीज पर्व मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ।हिजो आइतबार दर खाएर बसेका महिलाहरु आज सोमबार दिनभर निराहार ब्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन्। तीजमा पशुपतिनाथसहित देशभरका शिवालयहरुमा पूजाआजा गर्ने महिलाहरुको बिहानैदेखि भीड लागेको छ।यस पर्वमा […]

आज तीजको दर खाने दिन

काठमाडौं,भदौ,३१-नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज आइतबारबाट सुरु भएको छ । भाद्र शुक्ल द्वितिया देखि पञ्चमी सम्म चार दिन मनाइने तीज पर्वको पहिलो दिन आइतबार घर घरमा दर खाने गरिन्छ।माइती घरमा आएका चेलीबेटीहरुलाई मीठा मीठा परिकार बनाएर दर खुवाउने चलन छ। तीजको व्रत बस्नेहरुलाई मीठा मीठा र अडिलो परिकार खुवाउने गरिन्छ।दर खाएसँगै औपचारिक रुपमा सुरु […]

मिथिलामा चैती छठ पर्व आजबाट सुरू

काठमाडौं,चैत्र,११-मिथिलाञ्चलबासीको महान् पर्व वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि शनिबारबाट सुरू भएको छ । चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठ पर्वअन्तर्गत पहिलो दिन शनिबार बर्तालुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व सुरू गर्दैछन् । यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने दोस्रो दिन अर्थात पञ्चमीका दिन ‘खरना […]

आज तराईमा धुमधामसंग होली पर्व मनाईदै

काठमाडौं,फागुन,२३-होली पर्व अर्थात (फागु पुर्णीमा)काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा हिजो मनाइए पनि तराईका जिल्लामा भने आज मंगलवार धूमधामका साथ मनाईदै छ। वसन्त ऋतुको आगमनको शुरुवातमा पर्ने फागु पर्व एक-आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एकार्कामा रंग दलेर मनाउने गरिन्छ । तराई-मधेशका बस्तीहरु आज होलीले रंगीचङ्गी भएका छन् । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका […]

आज होली पर्व : पहाडी भेगमा मनाईदै,भोली तराईमा मनाईने

काठमाडौं,फाल्गुन,२२-आज रङहरुको पर्व होली अर्थात् फागु पर्व मनाइदै छ। विशेष गरेर आज होली पहाडका बिभिन्न क्षेत्रमा मनाइने गरिन्छ र भोलि मंगलवार तराईका जिल्लामा होली मनाउने चलन रहेको छ। पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न हुने विश्वास गरिन्छ। देशभरिका बिभिन्न जिल्लामा आज रङ, […]

आज महाशिवरात्री पर्व मनाइँदै

काठमाडौं,फाल्गुन,६-फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी शनिबार देशभर मनाइँदै छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन्। पुराणहरूमा कालरात्रि, मोहरात्री, सुखरात्री र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । यीमध्ये पनि फागुन कृष्ण चतुर्दशीमा मनाइने […]

आज श्रीपञ्चमी:देशभर सरस्वतीको पूजा-आराधना गरि मनाईदै

काठमाण्डौं,माघ,१२-देशभर आज ‘श्रीपञ्चमी’ विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ।हरेक वर्ष माघशुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ। विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ-आफ्ना कलासाधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन्। सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको […]

मिथिलाञ्चलमा हलो र गोरुको पूजा गरिँदै

काठमाडौं,माघ,१२-वसन्त पञ्चमीको अवसरमा बिहीबार मिथिलाञ्चलमा हलो र गोरुको पूजा गरिँदैछ। मिथिलाञ्चलमा बिहीबार कृषि कार्यको सुरुवात गर्ने दिन मानेर कृषकले बिहानै हलो र गोरुको पूजा गर्ने गर्दछन्।आँगनमा गाईको गोबरले लिपेर अक्षता, फूल, लड्डुलगायत सामाग्रीले हलोको पूजा गर्ने चलन छ।गोरुलाई पनि नुहाइदिएर रंगीचंगी डोरी र माला लगाएर पूजा गरिन्छ । वसन्त पञ्चमीको दिनमा कृषकले अरवा चामलमा सख्खर […]

आज माघे संक्रान्ती पर्व देशभर मनाईदै

टोकियो जापान,माघ,१-आज माघे संक्रान्ति पर्व देशभर मनाइँदैछ।मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्वमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरिन्छ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रन्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ।माघ १ देखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन्। उत्तरायण भएपछि शुभकर्म गर्न […]

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु

टोकियो,जापान,पुष,१७-आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२३ शुरु भएको छ।वर्षको पहिलो दिन नयाँ जोस, जाँगर र उमंग सहित विश्वभर नयाँ वर्षको स्वागत गरिदै छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ को विदाइ गरी २०२३ सालको स्वागतमा नेपाल सहित विश्वभर नै हर्षों उल्लासका साथ शुभकामना आदानप्रदान र विभिन्न मनोञ्जनात्मक कार्यक्रम गरी नयाँ वर्ष मनाइदैछ । इसाइ धर्मका […]