काठमाडौं,फागुन,२९-प्रतिनिधिसभाको आजको बैठकमा प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा विरुद्धको महाअभियोग प्रस्ताव पेश भएको छ । राणा विरुद्धको महाअभियोग प्रस्ताव पेश गर्दै प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बुधबार बस्ने गरी स्थगित भएको हो। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा एमालेका सांसदहरुको अवरोधकाबीच प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा विरुद्धको महाअभियोग प्रस्ताव पेश भएको थियो । त्यसैगरी एमालेको अवरोधबीच आइतबारको बैठकमा […]
ब्यानर न्यूज
खप्तड गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबलाई
कैलाली,फागुन,२८-मनाङ मर्स्याङ्दी क्लबले सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धनगढी रंगशालामा शनिबार भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले हराउँदै मनाङ च्याम्पियन बनेको हो ।मनाङले दोस्रो पटक खप्तड गोल्डकपको उपाधि जितेको हो । मनाङलाई जित दिलाउन दिनेश राजवंशी, आफिज ओलावाले र मौसा अबागानाले एक एक गोल गरे ।फ्रेन्ड्सका जमोउल […]
बार चुनाव: सत्ता गठबन्धनमा मिल्यो भागबण्डा, एक्लियो एमाले
काठमाण्डौं,फागुन,२७-नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्तानिकट कानुन व्यवसायीबीच गठबन्धन भएको छ। उम्मेदवारी दर्ता गर्दासम्म पनि मिल्न नसकेका कानुन व्यवसायीले बुधबार रातिसम्ममा भागबण्डामा सहमति जुटाएका हुन्। आगामी चैत १९ गते हुने निर्वाचनमा सत्ता साझेदारबीच सहमति जुटेसँगै एमाले नेपाल बारको चुनावमा पनि एक्लिएको हो। यसअघि अन्य पेसागत संगठनमा पनि एमालेलाई एक्ल्याउँदै सत्ता गठबन्धनले साझा उम्मेदवार तय गरेका थिए। […]
जापानले दियो नेपाललाई २ अर्ब ६१ करोड रुपैयाँ अनुदान
अर्थसचिव मधुकुमार मरासिनी र राजदूत किकुता युटाका । काठमाडौं,फागुन,२६-जापान सरकारले नेपाललाई २ अर्ब ६१ करोड रुपैयाँ बराबर अनुदान सहायता उपलब्ध गराएको छ । अनुदान सम्झौतासम्बन्धी पत्रमा बिहीबार अर्थ सचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानी राजदूत किकुता युटाकाले हस्ताक्षर गर्नु भएको हो । जापानले उपलब्ध गराउने यो अनुदान रकम विराटनगरबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन ‘विराटनगर खानेपानी […]
एकै दिन सुनको मूल्य ३५ सयले घट्यो
काठमाडौं,फागुन,२६-एकै दिन सुनको भाउ ३५ सयले घटेको छ। साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य घटेको हो। बुधबार १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार एकै दिन ३५ सयले घटेर एक लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ […]
संखुवासभा मादी बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो (अपडेट)
काठमाण्डौं,फागुन,२६-संखुवासभामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ जना पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । डिएसपी लालध्वज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि भएको बताउनुभयो । ‘१४ जनाको शव भेटिएको छ, ५ जना घाइते भएका छन्,’ सुवेदीले भन्नुभयो, ‘मृतकको सनाखत भएको छैन ।’ दमकतर्फ जाँदै गरेको बा ४ ख […]
संखुवासभाको मादीमा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु
काठमाडौं,फागुन,२६-संखुवासभाको मादीमा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । संखुवासभाबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे ७ बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको संखुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी […]
बेन्जिमाको ह्याट्रिक संगै रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, पीएसजी बाहिरियो
काठमाडौं,फागुन,२६-स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनलाई ३-१ ले हराउँदै समग्रमा ३-२ को जितसहित रियल अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा पीएसजीले १-० को जित निकालेको थियो । तर, दोस्रो लेगमा अग्रता जोगाउन नसक्दा पीएसजी बाहिरिएको छ ।पीएसजीले […]
नेकपा समाजवादीको आज केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं,फागुन,२५-नेकपा एकीकृत समाजवादी (एस) को केन्द्रीय कमिटीको बैठक आज (बुधबार) बस्दै छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे नेकपा (एस)को केन्द्रीय कमिटीको बैठक बस्ने नेकपा (एस)का नेता प्रेमलकुमार खनालले ईमेजखबरलाई जानकारी दिनुभएको हो । बैठकमा अध्यक्ष माधवकुमार नेपालले आगामी स्थानीय तहको निर्वाचन,पछिल्लो राष्ट्रिय राजनीति घटनाक्रमको समीक्षा भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्ने र […]
एक रुपैयाँको सिक्का बुधबारबाट चलनचल्तीमा ल्याउने
काठमाडौं,फागुन,२४-नेपाल राष्ट्र बैंकले बुधवारबाट १ रुपैयाँको सिक्का चलनचल्तीमा ल्याउने भएको छ । सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र ६४ ओटा थोप्लाको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा नेपालको नक्सा रहेको छ । यसैगरी, दृष्टिविहीनहरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न एउटा मोटो थोप्लो रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सिक्काको पछाडि भागमा पनि ६४ ओटा […]






