काठमाडौं,फागुन,१५-एमसीसीका कारण फुट्को सँघारमा पुगिसकेको सत्ता गठबन्धन एमसीसीकै कारण जोगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतबार बसेको सत्ता गठबन्धका शीर्ष नेताहरूको बैठकले एमसीसी सम्झौतालाई व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्ने निर्णय गरेको हो । सो निर्णयसँगै अब सत्ता गठबन्धन फुट्को सँघारबाट जोगिएको छ । सत्ता गठबन्धन अब आगामी निर्वाचनसम्म रहिरहने देखिन्छ । केही महिना अघिदेखि […]
ब्यानर न्यूज
प्रतिनिधिसभाको बैठक आज बस्दै,एमसीसीको समयसीमा भोली सकिदै
काठमाण्डौं,फागुन,१५-प्रतिनिधिसभाको बैठक आज आईतबार बस्दैछ।अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न संसद् बैठक बस्न लागेको हो । बैठक आइतवार दिउँसो १ बजे बस्ने समय तालीका रहेको छ । कानुन मन्त्री दिलेन्द्र बडुले गएको बिहिबार सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर बैठक सार्न आग्रह गरेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । आजको प्रतिनिसभा बैठकको सम्भावित कार्यसूची हिजो शनिबार […]
३५ सय रुसी सेनाको मृत्यु भएको युक्रेनी दाबी, सडकमै भिडियो बनाउँदै राष्ट्रपति जेलेन्स्की
एजेन्सी,फाल्गुन,१४-युक्रेनको सेनाले अहिलेसम्म रुसका ३५ सयभन्दा बढी सेनाको मृत्यु भइसकेको दाबी गरेको छ । सैन्य क्षतिबारे फेसबुकमा प्रकाशित विवरणमा अहिलेसम्म युक्रेन आक्रमणमा सम्मिलित ३५ सय भन्दा बढी रुसी सैनिकको मृत्यु भएको र झन्डै २०० जनालाई बन्दी बनाइएको दाबी गरिएको छ । युक्रेनी सेनाको दाबीअनुसार रुसले आफ्ना १४ वटा विमान र १ सय २ वटा ट्याङ्क […]
प्रतिनिधिसभा बैठकको भोलीका लागी सम्भावित कार्यसूची सार्वजनिक
काठमाडौं,फागुन,१४-आइतबार (भोलि)को प्रतिनिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गर्नुभएको कार्यसूचीमा एमसीसी सम्झौताको विषयमा सामान्य छलफल हुनेछ । प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुहुनेछ । यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७७/७८ पनि पेश हुने सार्वजनिक गरिएको सम्भावित कार्यसूचीमा उल्लेख छ । गत आइतबार बसेको […]
‘ए’ डिभिजन लिग : मनाङ र आर्मी बराबरीमा रोकिए,पुलिसलाई हराउदै एनआरटीमाथि तेस्रो बन्न सफल
काठमाडौं,फागुन,१४-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आफ्नो अन्तिम खेलमा मनाङ मर्स्याङ्दीलाई बराबरीमा रोक्दै त्रिभुवन आर्मी क्लबले दोस्रो स्थान पक्का गरेको छ । अन्तिम लिग खेलमा मनाङसँग १-१ गोलको बराबरी खेलेपछि आर्मीले दोस्रो स्थान पक्का गरेको हो।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा मनाङका कप्तान अन्जन विष्टले गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको ७६ औं […]
१ सय ५५ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु
काठमाण्डौं,फाल्गुन,१४-देशभर थप १ सय ५५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ५ हजार १ सय ५२ जनामा गरिएको परीक्षणमा १ सय ५५५ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट ११ हजार ९ सय ३४ जनाको मृत्यु भएको छ । सोही […]
टी-ट्वान्टी वरीयतामा नेपालको दुई स्थान सुधार
काठमाडौं,फाल्गुन,१४-अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । आईसीसीले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपाल १३ औं स्थानमा उक्लिएको हो । यस अघि नेपाल १५ औं स्थान रहेको थियो । नेपालले ओमानमा सपन्न आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट खेलेको थियो । छनोटमा तेस्रो भएको नेपालले ५ खेलमा ४ […]
सरकारको आग्रहमा संसद बैठक फेरि दुई दिनका लागी स्थगित
काठमाडौं,फागुन,१३-सरकारको आग्रहमा प्रतिनिधिसभाको बैठक आइतवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।कानुन मन्त्री दिलेन्द्र बडुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर बैठक सार्न आग्रह गरेपछि संसद सचिवालयले यस्तो निर्णय लिएको हो। गत आइतवार संसदमा पेश भएको एमसीसीसम्बन्धी सम्झौतामाथि बिहीबारको संसदमा छलफल हुने कार्यतालिका थियो। तर प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा हिजो पनि अन्तिम समयमा संसद स्थगित गरिएको थियो। […]
प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाण्डौं,फागुन,१३-प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न संसद् बैठक बस्दैछ।दलहरुबीच सहमति नभएपछि हिजोका लागि बोलाइएको बैठक सरकारको आग्रहमा आज शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । सरकार जसरी पनि एमसीसी संसदबाट पारित गर्न लागि परेको छ भने सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एस एमसीसीको विपक्षमा छ । त्यस्तै सत्ताघटक जसपामा पनि एमसीसीबारे […]
युक्रेनमा रहेका नेपालीको उद्धार कठिन,१२६ जना दूतावासको सम्पर्कमा
काठमाडौं,फाल्गुन,१३-रुसले बिहीबार युक्रेनमा सैन्य हमला गरेसँगै त्यहाँ जारी संकटले नयाँ मोड लिएको छ। पूर्वी युरोपमा पर्ने युक्रेनमा रुसको आक्रमणपछि आपत्कालीन अवस्था घोषणा गरिएको छ। युक्रेन सरकारले आफ्नो हवाई क्षेत्र तत्कालका लागि बन्द गरेको छ। युक्रेन सरकारले सूचना जारी गर्दै कसैलाई पनि घर बाहिर ननिस्कन आग्रह गरेको छ। युक्रेनसमेत हेर्ने जिम्मा पाएको बर्लिनस्थित नेपाली दूतावासका अनुसार […]


