काठमाडौं,साउन,२२-सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइदैछ । सत्ता गठबन्धनको कार्यदलले लामो समय लगाएर तयार पारेको प्रतिवेदन आज प्रधानमन्त्री देउवालाई बुझाउन लागेको हो । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वको रहेको कार्यदलले सबैको अपनत्व हुने गरी प्रतिवेदन तयार पारेको दावी गरेको छ । गठबन्धनमा आवद्ध पार्टीका नेता, अर्थविद्, कानुनका जानकार लगायत संग परामर्श […]
ब्यानर न्यूज
विदेशबाट डलर पठाउने नेपालीलाई भन्सारमा सास्ती किन ? अर्थमन्त्री शर्मा
काठमाडौं,साउन,२२-अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता के कति देशको हितमा छन भन्ने कुराको समीक्षा गर्न जरुरी रहेको बताउनुभएको छ । भन्सार विभागको निरीक्षण तथा जानकारी लिने क्रममा मन्त्री शर्माले नेपालसमेत सहभागी भएका अन्तर्राष्ट्रिय व्यापार सम्झौता नेपालको लागि परिणामुखी भए नभएका सम्बन्धमा अध्ययन जरुरी भएको र तिनको अध्ययन समीक्षा गरेर आवश्यक […]
देशभर आजदेखि ‘भेरोसेल’ खोपको दोस्रो डोज लगाईदै
काठमाडौं,साउन,२२-आजदेखि देशभर लक्षित समूहलाई कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । गत असार २९ गतेदेखि ५५ वर्षभन्दा माथिकालाई सञ्चालन गरिएको खोप अभियानमा भेरोसेलको पहिलो डोज खोप दिइएको थियो । उक्त पहिलो डोज लगाएर २१ दिन पुगेका सबै व्यक्तिलाई आजबाट दोस्रो डोज खोप दिन लागिएको हो । स्वास्थ्य सेवा विभागले सातवटै प्रदेश स्वास्थ्य […]
१८ वर्षपछि मेस्सीले छाडे बार्सिलोना
काठमाण्डौं,साउन,२२-अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले स्पेनिस फुटबल क्लब बार्सिलोना छाडेका छन्। क्लबले विज्ञप्ति प्रकाशन गरी उनी क्लबबाट बाहिरिने भएको जानकारी दिएको हो। मेस्सीले बिहीबार क्लबसँग नयाँ सम्झौता गर्ने भनिए पनि आर्थिक र संरचनागत अवरोधले यो हुन नसकेको क्लबले विज्ञप्तिमार्फत जनाएको छ। ‘मेस्सी अब फुटबल क्लब बार्सिलोनामा रहने छैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘खेलाडी र क्लब दुवैको सम्झौता […]
भेरोसेल खोपको दोस्रो मात्रा शुक्रवारदेखि लगाइदैं
कठमाडौं,साउन,२०-सरकारले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रवार (साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रवारदेखि लगाउने निर्णय गरेको हो । गत असार २९ गतेदेखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका […]
एकैदिन थपिए ४ हजार १०७ संक्रमित, ३५ जनाको मृत्यु
काठमाडौं,साउन,२०-पछिल्लो २४ घण्टामा देशभर ४ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३५४ पिसिआर परीक्षण गर्दा २ हजार ९७५ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ९४४ मा परीक्षण गर्दा ११३२ मा संक्रमण देखिएको छ । कुल १६ हजार २९८ जनाको परीक्षण […]
विद्युत प्राधिकरणको निर्देशकमा कुलमानलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाको ठाडो निर्देशन
काठमाडौं,साउन,१९-प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न ठाडो निर्देशन दिनु भएको छ । प्राधिकरणको कार्यकारी निर्देशक पदमा घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाले ऊर्जा,जलस्रोत तथा सिचाइँमन्त्री पम्फा भुसाललाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरिसकेको बताइएको छ ।शाक्यको काम सन्तोषजनक नदेखिएको भन्दै […]
भारतीय सुरक्षा बलले तुइनको डोरी निकालिदिँदा जयसिंह धामी वेपत्ता
काठमाडौं,साउन,१६-भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तुइनको डोरी निकालिदिँदा दार्चुलाका स्थानीय जयसिंह धामी वेपत्ता भएको घटनाका बारेमा अनुसन्धान गर्न सरकारले समिति गठन गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा गृह मन्त्रालयका सचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । मन्त्री खाँणको सचिवालयका अनुसार समितिमा गृह मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी र […]
गैर-आवासीय नेपाली संघ जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी
जापान,साउन,१५-गैर-आवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी हुनु भएको छ। आज शुक्रबार सम्पन्न भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १० औं राष्ट्रिय महाधिवेशनबाट पौडेल निर्वाचित हुनु भएको हो । पौडेलले ३ हजार ३८ भोट पाउनु भएको थियो ।अध्यक्ष पदमा पौडेल संगै अनिता गुरूङ, नरेन्द्र बस्नेत दिनेश, सरोजकुमार खत्री र किरण बर्माले प्रतिस्पर्धामा गर्नु भएको थियो […]
प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौं,साउन,१५-प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संसद सचिवालयकाअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने एउटा मात्रै सम्भावित कार्यसूची रहेको छ। दोस्रो पटक विघटनपछि सर्वोच्चले पुनःस्थापना गरिदिएको संसदको यो चौथो बैठक हो।






