काठमाडौं,साउन,१५-आज साउन १५ गते । आजको दिन नेपाली समाजमा खिर खाने दिनको रुपमा परिचित छ । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खीर दिसवका रूपमा मनाउने निर्णय गरेको छ । साउन १५ गते खीर खाने चलन पहिलादेखि चल्दै आएको हुनाले त्यसलाई मान्यता दिँदै राष्ट्रिय रूपमा खीर दिवसकै रूपमा मनाउने निर्णय बोर्डले गरेको हो । […]
ब्यानर न्यूज
गठबन्धनको बैठकमा सहभागी हुन प्रचण्ड, बाबुराम र चित्रबहादुर बालुवाटार पुगे
काठमाडौं साउन,१३-प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठकमा भाग लिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका कार्यकारीणी अध्यक्ष बाबुराम भट्टराई र चित्रबहादुर प्रवेश गरेका छन् । एमाले वरिष्ठ नेता माधव नेपाललाई बैठकमा बोलाइएको भएपनि उहाँ भने अहिलेसम्म कोटेश्वरमै रहेको जानकारी प्राप्त भएको छ । यसअघिको बैठकमा नेपाल सहभागी हुनुभएको थियो । मन्त्रिपरिषद […]
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्ने
काठमाडौं,साउन,१३-जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समिति बैठक आज पनि बस्ने भएको छ।पार्टी कार्यालयमा मंगलबारदेखि जारी बैठक आज पुन १ बजे बस्ने भएको छ । बैठकमा यादव पक्षका ३४ जना कार्यकारिणी सदस्य सहभागी छन् । आज बस्ने बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने सम्भावना रहेको बुझिएको छ । यसअघि हिजोको बैठकले संसदीय […]
महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं,साउन,१३-नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ।बिहान ११ बजे पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको सहमहामन्त्री प्रकाशशण महतले जानकारी दिनुभयो । बैठकमा महाधिवेशनको कार्यतालिकाको विषयमा छलफल हुने महतले जानकारी दिनुभयो।बैठकमा यसअघि रोकिएको वडा अधिवेशन कहिले गर्ने भन्नेबारे छलफल हुने बताइएको छ । आजको बैठकले क्रियाशिल छानबिन समितिको प्रतिवेदनले विवाद समाधानका […]
लिबियामा डुंगा दुर्घटना हुँदा कम्तीमा ५७ जनाको मृत्यु
एजेन्सी,साउन,१२-लिबियामा एक डुंगा दुर्घटना हुँदा ५७ जनाको मृत्यु भएको छ।मृत्यु हुनेहरु आप्रवासी रहेको अन्तर्राष्ट्रिय आप्रवासी संगठनले जनाएको छ । मृत्यु हुनेहरुमध्ये कम्तीमा २० महिला र २ बालबालिका रहेको अधिकारीहरुले जनाएका छन् । लिबियाको पश्चिम तटीय क्षेत्र खुम्सबाट ती यात्रु बोकेर हिडेको डुंगा क्षमताभन्दा बढी यात्रुका कारण दुर्घटना भएको हुनसक्ने सरकारी अधिकारीहरुले अनुमान गरेका छन् । […]
उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता
काठमाडौं,साउन,११-निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । सोमबार केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूको हस्ताक्षर सनाखतपछि आयोगले उपेन्द्र पक्षलाई आधिकारिकता दिएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । सनाखतका क्रममा उपेन्द्रको पक्षमा ३४ र महन्थको पक्षमा १६ जनाले हस्ताक्षर गरेका थिए । अर्का एक सदस्य रेशम चौधरी भने तटस्थ रहे । उपेन्द्रले […]
गठबन्धनको सरकारमा मन्त्रीमण्डल विस्तार गर्नै सकस
काठमाडौं,साउन,१०-गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले दुई हप्तासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा आलोचित बन्नु परेको छ।आजै स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेर प्रधानमन्त्रीसहित छ सदस्यीय मन्त्रिपरिषद् बने पनि सिंहदरबारमा रहेका अधिकांश मन्त्रालयहरु नेतृत्वविहीन छन् । तर, मन्त्रिपरिषद्ले कहिले पूर्णता पाउँछ भन्ने अत्तोपत्तो छैन । करिब डेढ वर्ष चल्ने वर्तमान गठबन्धनको सरकारमा मन्त्री बन्न चाहानेहरुको लस्कर छ । पाँच […]
स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठले लिए शपथ
काठमाडौं,साउन,१०-नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार सिंहदरबारमा शपथ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्री श्रेष्ठलाई शपथ गराउनुभएको हो । शपथ पछि प्रधानमन्त्री देउवाले नागरिक सेवामा काम गर्न राज्यमन्त्री श्रेष्ठलाई निर्देशनसमेत दिनुभएको छ । उहाँले सर्वसाधारणलाई सबै तहसम्म खोप पुर्याउने गरी तत्काल काम थाल्न निर्देशन दिनुभएको हो । यसैबिच […]
एकैदिन २२ सय ३७ संक्रमित थपिए,१८ जनाको मृत्यु
काठमाडौं,साउन,१०-पछिल्लो २४ घण्टामा देशभर २२ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर पीसीआरबाट ६ लाख ८० हजार ५५६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेनबाट ५४ हजार २४३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा २०५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म […]
टोकियो ओलम्पिकको सुटिङको पहिलो स्वर्ण चीनकी याङले जितिन्
काठमाडौं,साउन,९-जापानमा जारी टोकियो ओलम्पिकको पहिलो स्वर्ण चीनकी याङ किएनले जितेकी छन् । उनले सुटिङको महिला १० मिटर एअर राइफल स्पर्धामा स्वर्ण जितेकी हुन् । २१ वर्षीय याङले रसियन ओलम्पिक कमिटीकी अनास्टासिय गालासिनालाई पछि पारिन् । गालासिनाले रजत जितिन् । यस्तै स्विट्जरल्याण्डकी निना क्रिस्टेन तेस्रो हुँदै कांस्य पदक पाइन् । चीनकी याङले स्वर्ण जित्ने क्रममा २५१.८ […]









