एसियाली खेलकुद बक्सिङमा थापाको जित

काठमाडौं,असोज,८-एसियाली खेलकुदको बक्सिङमा नेपालका रबिन थापाले जित निकालेका छन्।पुरुष ५१ केजी तौल समूहमा रबिनले इन्डोनेसियाका कोएबानु डियोलाई हराएका हुन्। राउन्ड अफ ३२ को खेलमा रबिनले डियोलाई ४-१ ले हराएका हुन्। नेपालकी मनीता श्रेष्ठ, प्रधान, जंगबहादुर सारु र १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित भए। महिला ५७ केजीमुनि मनीता तुर्कमिनिस्तानकी मायसा […]

साफ यू-१९ च्याम्पियनसीप मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं,असोज,८-नेपाल साफ यू-१९ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान सुनिश्चित गरेको हो। दुई मध्ये एक खेलमा जित तथा एक खेलमा हार भोगेको नेपाल उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो।नेपालले पहिलो खेलमा पाकिस्तानसँग १-० को गोल अन्तरले पराजय भोगेको थियो। पहिलो खेलमा […]

आन्दोलनरत शिक्षक महासंघ र सरकारबीचको सहमतिमा राहत शिक्षकको असन्तुष्टि

काठमाडौं,असोज,५-आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ। शुक्रबार गृह मन्त्रालयमा भएको सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसदमा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको हो।तर, राहत शिक्षकहरुले भने सहमतिप्रति असन्तुष्टि जनाएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षकहरुले उठाएका माग सम्बोधन गर्ने सहमति भएको जानकारी दिनुभयो।उहाँले संसदको प्रक्रियालाई मान्दै शिक्षकहरुले उठाएका माग […]

आज हरितालिका तीज पर्व मनाईदै

काठमाडौं,असोज,१-आज हरितालिका तीज पर्व,नेपाली हिन्दु नारीहरुले हरितालिका तीज पर्व मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ।हिजो आइतबार दर खाएर बसेका महिलाहरु आज सोमबार दिनभर निराहार ब्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन्। तीजमा पशुपतिनाथसहित देशभरका शिवालयहरुमा पूजाआजा गर्ने महिलाहरुको बिहानैदेखि भीड लागेको छ।यस पर्वमा […]

भारतलाई एसिया कपको उपाधि

काठमाडौं,भदौ,३१-भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । सामान्य ५१ रनको लक्ष्यलाई ६.१ ओभरमा पूरा गर्दै भारतले एसिया कपको उपाधि जितेको हो।सामान्य रनको लक्ष्य पछ्याएको भारतले श्रीलंकामाथी १० विकेटले विजयी भयो।एसिया कपमा भारतको यो आठौं उपाधिसमेत हो। भारतलाई जिताउन टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाका ब्याटिङ लाइनअप ध्वस्त बनाउने क्रममा भारतीय फास्ट बलर मोहम्मद शिराजले […]

एसिया कप क्रिकेटमा आज भारत र श्रीलंका भिड्ने

काठमाडौं,भदौ,३१-एसिया कप क्रिकेटको फाइनल खेलमा आइतबार भारत र श्रीलंका भिड्नेछन्। यो खेल श्रीलंकाको कोलम्बोमा नेपाली समय अनुसार दिउँसो सवा तिन बजे सुरु हुनेछ।सुपर फोर चरणमा श्रीलंकालाई हराएको भारत आइतबार फाइनलमा पनि सोही लय दोहोर्‍याउन चाहन्छ।तर, श्रीलंका पनि आजको खेल जित्दै एसिया कपको इतिहासमा सर्वाधिक सात उपाधि जित्ने भारतको किर्तीमान बराबरी गर्न चाहन्छ। पछिल्ला वर्षहरुमा आर्थिक […]

आज तीजको दर खाने दिन

काठमाडौं,भदौ,३१-नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज आइतबारबाट सुरु भएको छ । भाद्र शुक्ल द्वितिया देखि पञ्चमी सम्म चार दिन मनाइने तीज पर्वको पहिलो दिन आइतबार घर घरमा दर खाने गरिन्छ।माइती घरमा आएका चेलीबेटीहरुलाई मीठा मीठा परिकार बनाएर दर खुवाउने चलन छ। तीजको व्रत बस्नेहरुलाई मीठा मीठा र अडिलो परिकार खुवाउने गरिन्छ।दर खाएसँगै औपचारिक रुपमा सुरु […]

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” अमेरिका प्रस्थान

काठमाडौं,भदौ,३०-प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका प्रस्थान गर्नुभएको छ।शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उहाँ अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको हो।संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन उहाँ न्युयोर्क प्रस्थान गर्नुभएको हो। उहाँले आगामी बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।प्रधानमन्त्री दाहाललाई बिदाइ गर्न विमानस्थलमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, कूटनीतिक नियोगका अधिकारीहरु लगायत अन्य मन्त्रीहरूको […]

नेम्वाङप्रति राष्ट्रपति पौडेल र प्रधानमन्त्री दहालको समवेदना

काठमाडौं,भदौ,२६-राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधनमा समवेदना व्यक्त गर्नुर्भको छ। राष्ट्रपति पौडेल संविधानसभा अध्यक्ष नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनु भएको छ।नेम्वाङको अप्रत्यासित निधनप्रति दुख व्यक्त गर्दै पौडेलले शोकाकुल परिवारलगायतमा समवेदना प्रकट गर्नुभएको छ। यस्तै, प्रधानमन्त्री दाहालले पनि नेम्वाङको निधनबाट मर्माहत भएको बताउनु भएको छ।नेम्वाङको […]

संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौं,भाद्र,२६-संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ।सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा थिए। परिवारका सदस्यहरुका अनुसार अनुसार राति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिनु भएको थियो।उहाँलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँदा त्रिवि शिक्षण अस्पतालको कागजपत्रमा नेम्वाङलाई १ः५० बजे अस्पताल ल्याइपुर्याएको उल्लेख छ ।अस्पताल पुग्नासाथ उहाँलाई मृत घोषित गरिएको थियो। अस्पताल […]