१६ डीआइजीको सरुवा

काठमाडौं,असार,७-नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षकहरुको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार सबै प्रदेश प्रहरी प्रमुखसहित १६ डीआईजीको सरुवा गर्नुभएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा धिरजप्रताप सिंहलाई सरुवा गरिएको छ।उहाँ प्रदेश नं २ को प्रहरी प्रमुख हुनुहुन्थ्यो ।सीआईबीका डीआईजी सहकुलबहादुर थापालाई प्रदेश समन्वय निर्देशनालयमा सरुवा गरिएको छ । यस्तै डीआईजीहरु गणेशबहादुर ऐर […]

युरोकप:इंग्ल्यान्ड विरुद्ध स्कटल्याण्ड,क्रोएसिया संग चेक रिपब्लिक भिड्ने

एजेन्सी,असार,४-१६ औं संस्करणको युरोकप फुटबलमा आज (शुक्रबार)हुने तेस्रो खेलमा इंग्ल्यान्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड र स्कटल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । समूह ‘डी’ को इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । इंग्ल्यान्ड ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० गोल अन्तरले हराएको थियो […]

क्रिकेटको बन्द प्रशिक्षणमा २० खेलाडी

काठमाडौं,असार,४-नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।  क्यानले शुक्रबार बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई टिममा बोलाएको हो ।क्यानले बोलाएको टिममा शरद भेषवाकर र पृथु बास्कोटा अटाएका छन् । उनीहरुले घरेलु मैदानमा भएको नेदरल्यान्ड्स र मलेसियासँगको त्रिकोणात्मक टी–ट्वान्टी […]

राष्ट्र संघमा शान्ति सेना योगदान गर्नेमा नेपाल तेस्रो (सूची)

काठमाण्डौं,असार,४-संयुक्त राष्ट्र संघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचिमा तेस्रो स्थानमा पुगेको छ।   शान्ति सेनामा कूल ५ हजार ६ सय ८६ फौज पठाएर सो स्थान हासिल गर्न सफल भएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जनाएका छन्।   शान्ति सेनामा ६ हजार ३ सय ३४ सैनिक योगदान गरेर पहिलो स्थानमा छ भने इथियोपिया दोस्रो स्थानमा […]

कोरोना संक्रमणबाट एकैदिन ४४ जनाको मृत्यु पुष्टि, २७६८ जना संक्रमित थपिए

काठमाडौं,असार,४-नेपालमा पछिल्लो २४ घण्टामा देशभर ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ४४ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ६४१ पुगेको छ । मन्त्रालयका अनुसार शुक्रवार ७ हजार ५६९ जनाको कोरोना परीक्षण गरिएकोमा १ […]

पार्टी आधिकारिकता दावी गर्दै जसपा यादव पक्ष निर्वाचन आयोगमा

काठमाडौं,असार,४-जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता दावी गर्न उपेन्द्र यादव पक्ष निर्वाचन आयोग पुगेको छ । आयोग पुग्नेमा अध्यक्ष यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायत हुनुहुन्छ । यादव पक्षको बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारिकता दावी गर्ने निर्णय गरेको […]

चुरे क्षेत्रको ढुंगा,गिट्टी र बालुवा बेच्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं,असार,४-चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेको हो । रिट निवेदनको सुनुवाइका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो नेतृत्वमा न्यायाधीश दीपक कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भर प्रसाद श्रेष्ठ सम्मिलित इजलास गठन गर्नुभएको […]

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

कास्की,असार,४-गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले प्रदेश सभाबाट विश्वासको मत पाउनु भएको छ । शुक्रबार प्रदेश सभामा उहाँले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमा भएको मतदानमा मुख्यमन्त्री पोखरेललाई सभाका बहुमत सांसदले विश्वासको मत दिएका हुन् । सभामा उपस्थित ५८ जना सांसद मध्ये ३१ जनाले पक्षमा तथा २७ जनाले विपक्षमा मत दिएको सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा बैठकमा घोषणा गर्नुभयो […]

पत्रकारहरुलाई प्राथमिकता दिएर कोभिड १९ विरुद्ध खोप उपलब्ध गराउन माग गर्दै सर्बोच्चमा रिट

काठमाण्डौ,असार,४-फन्टलाइनमा कार्यरत सबै पत्रकारलाई कोभिड १९ विरुद्धको खोप लगाउन प्राथमिकता दिन माग गर्दै सर्बोच्च अदालतमा बिहीबार रिट दायर भएको छ । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ धिमिरे र बिष्णु गिरी निश्चलले बिहिबार रिट दायर गरेका हुन् । रिटको सुनुवाई आईतबारको लागि तोकिएकोछ । निशेधाज्ञाका बेलासमेत नागरिकलाई फिल्डमै पुगी समाचार संकलन गरी सूसूचित गराउँदै आएका पत्रकारहरुलाई राज्यले […]

गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं,असार,४-गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा उहाँले विश्वासको मतको प्रस्ताव राख्ने प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री भएको एक साताभित्रै पोखरेलले विश्वासको मत लिन लाग्नुभएको हो । मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेपाली कांग्रेस […]