मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक,राष्ट्रपतिमाथि फेरि प्रश्न ?

काठमाडौं,जेठ,२२-प्रतिनिधिसभा विघटन गरेर आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि चुनावको मिति तोकिसकेको अवस्थामा कामचलाउ सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । आफ्नो सत्ता टिकाउन सहयोग गरेको जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई ८ जना मन्त्री र २ जना राज्यमन्त्री दिनुका साथै केही सदस्य […]

नागरिकता अध्यादेशबिरुद्धको रिट हेर्दाहेर्दैमा, अर्को सुनुवाई जेठ २७ हुने

काठमाडौं,जेठ,२१-सरकारले ल्याएको नागरिकता अध्यादेशबिरुद्ध परेका रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलाशमा शुक्रवारबाट शुरु भएको रिटमाथिको बहस टुंग्गिएको छैन र हेर्दाहेर्दैमा राखिएको हो । आउँदो बिहीबार जेठ २७ मा फेरि सुनुवाई गर्ने गरी मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश भएको हो । अध्यादेशबिरुद्ध परेका ६ वटा रिटमा शुक्रवार तीन जना निवेदकका तर्फबाट मात्र बहस […]

विश्वकप छनोट : चाइनिज ताइपेविरुद्ध नेपालको सानदार जित

कुवेत,जेठ,२०-फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले दोस्रो जित निकालेको छ । कुवेतमा बिहीबार भएको खेलमा चाईनिज ताईपेलाई २-० गोल अन्तरले पराजित गर्दै नेपालले छनोटमा दोस्रो जित निकालेको हो । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपाललाई जित दिलाउन अन्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरे । खेलको […]

विश्वकप छनोट:आज राति ९:४५ बजे नेपाल र चाईनिज ताईपे भिड्ने

काठमाडौं,जेठ,२०-सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले बिहिबार आज चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतमा हुने समूह बीको छनोट खेलमा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेईले प्रतिस्पर्धा गर्नेछन् ।कुवेतको राजधानी कुवेत सिटीमा नेपालले चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्न लागेको हो।ताईपेविरुद्ध मैदान उत्रदा नेपाल स्पस्ट जितको खोजीमा हुनेछ ।खेल नेपाली समय […]

कोरोना संक्रमणबाट एकैदिन १०१ जनाको मृत्यु,५३१६ जना संक्रमित थपिए

काठमाडौं,जेठ,१९-नेपालमा पछिल्लो २४ घण्टामा देशभर १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १०१ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ५४६ पुगेको छ ।मन्त्रालयका अनुसार  ५ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य […]

जसपाका दुवै अध्यक्षको पत्र निर्वाचन आयोगद्वारा खारेज

काठमाडौं,जेठ,१९-निर्वाचन आयोगले जनता समाजवादी पार्टीका दुवै अध्यक्षको पत्र खारेज गरेको छ । मंगलबार अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर दुवै पक्षले एक अर्कालाई पार्टीबाट निष्काशन गरेको भन्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोग बैठकले दुवै पत्र खारेज गर्ने निर्णय गरेको हो । पत्रमा दलहरुले राजनीतिक दलसम्बन्धी ऐन २०७४ […]

कुवेतको मौसमा खेल्न कठिन छ:प्रशिक्षक अलमुताईरी

काठमाडौं,जेठ,१९-सन् २०२२ को फिफा विश्वकप र सन् २०२३ को एसिया कपको लागि दोस्रो चरणको छनोट अन्तर्गत नेपालले भोलि (बिहीबार) चाईनिज ताईपेविरुद्ध खेल्दैछ । अरेबियन मुलुक कुवेतको राजधानी कुवेत सिटीमा नेपालले ताईपेसँग प्रतिस्पर्धा गर्ने छन् । नेपाल र ताइपेबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । ताइपेविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । तर, […]

ढुंगा, गिट्टी, बालुवा निकासीको निर्णय ‘घर पोलेर खरानीको व्यापार’:देउवा

काठमाडौं,जेठ,१९-नेपाली कांग्रेसले ढुंगा, गिट्टी,बालुवा निकासी गर्ने निर्णय फिर्ता लिन माग गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार विज्ञप्ति प्रकाशित गरी सरकारले हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै राष्ट्रका लागि दूरगामी घातको कार्यक्रम ल्याएको बताउनु भएको छ । अनेक जनविरोधी कार्य गर्दै आएको वर्तमान सरकारले संसद विघटनको असंवैधानिक कदम चालेको समयमा बजेट वक्तव्य मार्फत चुरे दोहनलाई […]

विवेकशील साझाका नेता उज्ज्वल थापाको निधन

काठमाडौं,जेठ,१८-विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका उहाँको उपचारका क्रममा मेडिसिटी अस्पताल ललितपुरमा मंगलबार ४ बजेर २५ मिनेटमा निधन भएको परिवारले पुष्टि गरेको हो । कोरोना रिपोर्ट नेगेटिभ आएपनि स्वास्थ्य गम्भीर भएपछि उहाँको भेन्टिलेटरमा उपचार भइरहेको थियो । परिवारको तर्फबाट जारी विज्ञप्ति हाम्रा छोरा, श्रीमान्, दाइ, भान्जा, […]

विश्वकप छनोट खेल्न नेपाली राष्ट्रिय फुटबल टोली कुवेत पुग्यो

काठमाडौं,जेठ,१७-इराकसँग मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली कुवेत पुगेको छ। सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि नेपाली टिम आइतबार राति कुवेत पुगेको हो।  नेपाली टिम इराकबाट स्थलमार्ग हुँदै कुवेत गएका हुन्। उनीहरुको कुवेत पुगे लगत्तै नेपाली टिम कोरोना भाईरसको पीसीआर टेष्ट गरिएको छ। कुवेतमा […]