टीकापुर अस्पताललाई बेलायतबाट स्वास्थ्य सामग्री प्रदान

कैलाली,जेठ,१७-कैलालीको टीकापुर अस्पताललाई बेलायतमा बस्दै आएका तीन युवा व्यवसायीले स्वास्थ्य सामग्री प्रदान गरेका छन् । झापा बाह्रदशी गाउँपालिका राजगढ स्थायी घर भई बेलायतमा एक दशकभन्दा बढी बस्दै आएका टंक भट्टराई र काठमाडौं घर भएका आशिष महर्जन र जेनिस गिरीको संयुक्त प्रयासबाट पाँच ओटा अक्सिजन कन्सन्ट्रेटर अस्पताललाई आइतवार हस्तान्तरण गरिएको हो । स्वास्थ्य क्षेत्रमा काम गरिरहेका […]

कांग्रेसले क्रियाशील सदस्यताका लागि फेरि समय थप्यो

काठमाडौं,जेठ,१७-नेपाली कांग्रेसले क्रियाशील सदस्यताका लागि फेरि समय थप गरेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले जेठ २५ गते राति १२ बजेसम्मलाई समय थप गरेको हो । पार्टी सचिव केशव रिजालका अनुसार तोकिएको समयमा क्रियाशीलको विवरण अपडेट गरिसक्न र कुनै त्रुटि भए सच्याउन निर्देशन दिइएको हो । रिजालका अनुसार ७७ जिल्लका २०७ स्थानमध्ये १०१ स्थानबाट […]

संवैधानिक इजलास फेरि विवादमा

काठमाडौं,जेठ,१४-प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गठन गरेको संवैधानिक इजलास यो पटक पनि विवादित बनेको छ । प्रधानन्यायाधीश राणाले आफूसहित गठन गरेको संवैधानिक इजलासको सदस्यमा दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमबहादुर श्रेष्ठ छन् । संवैधानिक इजलासमा शुक्रबारदेखि सुरु सुनुवाइको क्रममा अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश बम कुमार श्रेष्ठको निष्पक्ष्तामाथि प्रश्न उठाउँदै उहाँलाई इजलासमा […]

भीम रावलले दिए सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्रीलाई बधाई!

कैलाली,जेठ,१४-पूर्व उपप्रधानमन्त्री भीम रावलले शुक्रबार नियुक्त भएका सुदूरपश्चिम सरकारका मन्त्रीहरुलाई बधाई दिनुभएको छ। नेता रावलले ट्वीट गरी मन्त्री तथा राज्यमन्त्रीलाई बधाई दिनुभएको हो।रावलले लेख्नु भएको छ, ‘सुदूरपश्चिम प्रदेश सरकारका सबै नवनियुक्त माननीय मन्त्री र राज्यमन्त्रीजीहरूलाई हार्दिक बधाई दिँदै कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु।’ शुक्रबार सुदूरपश्चिमका दुई मन्त्रीले राजीनामा दिएसँगै मुख्यमन्त्री त्रिलोचन भट्टले चार मन्त्री […]

इराक र नेपालबीचको खेल शनिबार राति १०:१५ बजे सुरु हुने

काठमाडौं,जेठ,१४-नेपालले घरेलु टिम इराकविरुद्धको भोलि (शनिबार) मैत्रीपूर्ण खेल खेल्दैछ । बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग खेल्नेछ । नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।   नेपाल र इराकबीचको खेल बन्द रंगशालामा हुने भएको छ । कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै खेलमा दर्शकलाई प्रवेश नगराईने भएको हो । […]

सुदूरपश्चिममा मन्त्रिमण्डल पुनर्गठन, यी ५ मन्त्रीले लिए सपथ

काठमाडौं,जेठ,१४-सुदूरपश्चिम प्रदेशमा मन्त्रिमण्डल पुनर्गठन भएको छ । मुख्यमन्त्री पोखरेलले पाँच जनालाई मन्त्री बनाउने निर्णय गरेसँगै मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले मन्त्रीमा नियुक्त गर्नुभएको छ । नियुक्त भएलगत्तै सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, उद्योग पर्यटन वन तथा वातावरणमा मानबहादुर धामी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, […]

राष्ट्रपतिद्वारा ४ सय ३० कैदीलाई माफी

काठमाडौं,जेठ,१४-राष्ट्रपति विद्यादेवी भण्डारीले ४ सय ३० कैदीहरूलाई माफी दिनुभएको छ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले ४ सय ३० जना कैदीहरूलाई माफी दिनुभएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा उनीहरूलाई माफी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । विशेष अवसरमा राष्ट्रपतिले कैदीबन्दीहरूलाई माफ दिने गरेकी छन् ।

प्रधानमन्त्रीद्वारा २०७८/७९ को आधारभूत नीतिहरू सार्वजनिक

काठमाडौं,जेठ,१४-प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा संबोधन गर्दै आगामी आर्थिक वर्ष २०७८/७९मा सरकारले गर्ने कामहरूको लागि आधारभूत नीतिहरू सार्वजनिक गर्नुभएको छ । संविधानअनुसार राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्नुपर्ने थियो । तर, संसद विघटन गरिएपछि कामचलाउ भएको सरकारले अध्यादेशमार्फत बजेट ल्याउन तयारी गरिरहेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशबाट […]

नेपालले इराकविरुद्ध खेल्नु ठुलो अवसर हो:कप्तान किरण चेम्जोङ

इराक,जेठ,१४-राष्ट्रिय फुटबल टिम कप्तान किरण चेम्जोङले इराकविरुद्धको मैत्रीपूर्ण खेल नेपालका लागि ठुलो अवसर रहेको बताउनु भएको छ । बिहिबार साँझ इराकी सञ्चार माध्यमसंग कप्तान चेम्जोङले मैत्रीपूर्ण खेलका लागि आफुहरुले राम्रो अभ्यास गरेको बताउनुभयो ।   ‘यो हाम्रो लागि ठुलो अवसर हो ।यसका लागि राम्रो अभ्यास गरेका छौं ।’ उहाँले सञ्चारकर्मी समक्ष बताउनुभयो । मैत्रीपूर्ण खेलका […]

सगरमाथामा बिहानदेखि भारी हिमपात,सतर्क रहन आग्रह

काठमाडौं,जेठ,१३-सगरमाथामा बिहीबार बिहानदेखि भारी हिमपात भइरहेको छ ।बुधबारदेखि सुरु भएको हिमपातका कारण आरोहण समेत प्रभावित भएको छ भने आरोहण गरेर फर्किएका आरोहीहरु पनि दोश्रो शिविरमै रोकिएका छन् । बंगालको खाडी बनेको शक्तिशाली चक्रवातको प्रभावले नेपालमा केही दिनदेखि वर्षा र हिमपात जारी छ। आरोहण गरिसकेका आरोहण कम्पनीका कामदारहरले दोस्रो शिविरदेखि सामान लिएर फर्किन नसकेको सम्पर्क अधिकृत […]