कोरोना प्रभावित उद्यम उद्धारमा ध्यान देऊ:विवेकशील साझा पार्टी

काठमाण्डौं,असार,३-सङ्घीय सरकारको बजेट तथा प्रदेश सरकारहरूले बजेटमा  कोरोना महामारीबाट प्रभावित उद्यमीहरूको उत्थान र उद्धारका लागि कुनै कदम नचालिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।   सङ्घीय सरकारको बजेटमा परेका उद्यमी केन्द्रित कार्यक्रमको यथाशीघ्र कार्यान्वयनसँगै, प्रदेश सरकार र स्थानीय सरकारहरूलाई पनि उद्यमीहरूको स्थिति अध्ययन गर्न र तत्अनुरूपका कार्यक्रम ल्याउन अनुरोध गर्दछौँ।    बन्दाबन्दीको समयमा सम्पूर्ण साना-मझौला उद्योग […]

महाधिवेशनको `मोडालिटी` तय गर्न काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं,असार,३-नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ ।आज २ बजे डाकिएको बैठकमा पार्टीको १४ औं महाधिवेशन कहिले र कसरी गर्ने भन्नेमा केन्द्रित रहने नेताहरूले बताएका छन् । यस अघिको बैठकले भदौ १६ देखि अधिवेशन गर्ने गरी प्रस्ताव प्रस्तावबारे अन्तिम निर्णय गर्नका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको हो । पार्टी कार्यालय सानेपामा आज दिउँसो […]

थप २८२८ जनामा कोरोना संक्रमण पुष्टि,५२ जनाको मृत्यु

काठमाडौं,असार,२-विगत २४ घण्टामा थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको  जानकारी अनुसार उक्त अवधिमा कुल १३ हजार २२ जनाको परीक्षण गर्दा २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी उक्त अवधिमा थप ५२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट ८ […]

नेपाल एसिया कप छनोटको तेस्रो चरणमा प्रवेश, प्लेअफ खेल्नुनपर्ने

काठमाडौं,असार,२-नेपाल चीनमा आयोजना हुने एसियन कप -२०२३ कप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । एसियन फुटबल फेडेरेसन (एएफसी) ले परिमार्जन गर्दै बुधबार सार्वजनिक गरेको नयाँ ढाँचा अनुसार नेपालले तेस्रो चरणमा स्थान बनाएको छ । एएफसीले बनाएको नयाँ ढाँचासँगै अब नेपालले प्ले अफ खेल्न नपर्ने भएको छ । विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल […]

वर्षा र बाढीको वितण्डा:देशका विभिन्न १५ ठाउँमा पहिरो,आधा दर्जन बढी जिल्लामा बाढी

काठमाडौं,असार,२-लगातारको वर्षा र बाढीले देशका विभिन्न ठाउँमा वितण्डा मच्चाएको छ । मनसुन प्रवेश भएको १ हप्ताको अवधिमै देशका विभिन्न १५ ठाउँमा पहिरो गएको छ भने आधा दर्जन बढी जिल्लामा बाढी आएको छ । अविरल वर्षासँगैको बाढीका कारण नारायणी र कोसीको सहायक नदी बलेफीमा पानीको सतहले खतराको सूचक पार गरिसकेको छ । नारायणी नदीमा पानीको सतह […]

मनाङमा बाढीको प्रभाव:तीन सय विस्थापित,सडक अवरुद्ध

काठमाडौं,असार,१-तीन दिन देखि परिरहेको अविरल वर्षासँगै मनाङमा बाढी आएको छ। बाढी आएपछि चामेका करिव ३ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ। चामेका ३ सय जनालाई नवनिर्मित कारागार भवनमा सारिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । वर्षाका कारण मर्स्याङ्दी नदीमा लगातार वहाव बढेको लामिछानेले बताउनुभयो ।चामे बजार हुँदै बग्ने दुई ठाडो खोला घट्टो र स्याक्लुमा […]

सात वटै प्रदेशले आज बजेट ल्याउँदै

काठमाडौं,जेठ,१-मुलुकका सात वटै प्रदेशहरुले आज बजेट ल्याउदैछ । असार १ गते प्रदेशको बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताको कारण कोरोना महामारी र राजनीतिक उथलपुथलका बिच पनि प्रदेश सरकारले बजेट निर्माणको काम सकाएका छन् । धेरैजसो प्रदेशले चालु वर्ष विनियोजन गरिएकै योजनामा खर्च बढाउन सकेका छैनन् । आन्तरिक स्रोत सुदृढ पार्न नसकेका प्रदेश सरकारहरू यो वर्ष बजेट बढाउन […]

म्यानमारकी नेतृ आङसाङ सुकीको सुनुवाइ आजदेखि

काठमाडौं,असार,१-म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई हिरासतमा राखिएको चार महिनाभन्दा बढी समयपछि अदालतमा सुनुवाइका लागि लगिएको छ। सुकीलाई लगाइएका आरोपहरुमाथि सोमवारदेखि सुनुवाई सुरु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। निर्वाचित सरकारलाई अपदस्त गरेको म्यानमारको सेनाले ७५ बर्षिया नेतृ सुकीलाई अनियमितता गरेको लगायतका विभिन्न आरोपहरु लगाएको छ। सुकीसँगै अन्य नेता तथा उच्च अधिकारीहरूलाई पनि सैन्य सरकारले विभिन्न […]

१२ वर्षपछि इजरायलको सत्ताबाट बाहिरिए नेतान्याहु

काठमाडौं,जेठ,३१-इजरायलमा १२ वर्षदेखि निरन्तर सत्तामा रहेका प्रधानमन्त्री बेन्यामिन नेतन्याहु पदबाट हटाइएका छन्। आइतबार इजरायलको संसद कुनेसटमा भएको मतदानमा विपक्षी गठबन्धनका नेता नाफ्ताली बेनेटले बहुमत पाएपछि उनी सत्ताबाट बाहिरिएका हुन्। योसँगै बेनेट इजरायलको नयाँ प्रधानमन्त्री बनेका छन्। संसदमा भएको मतदानमा बेनेटका पक्षमा ६० र नेतन्याहुका पक्षमा ५९ मत परेका थिए।तर ७१ वर्षीय नेतन्याहुले आफू छिट्टै सत्तामा […]

एसइईको नतिजा साउन १५ भित्र सार्वजनिक गर्ने तयारी

काठमाण्डौ,जेठ,३१-यस वर्ष कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी साउन १५ भित्र आउने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण काम साउन १५ भित्र पूरा गर्ने जानकारी दिएको हो। गत वर्ष जस्तै यस वर्ष पनि बोर्डले एसइईका विद्यार्थीको नतिजा आन्तरिक मूल्यांकनको आधारमा तयार गर्दैछ। विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला […]