काठमाडौं,जेठ,१-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा २५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको बताउनुभएको छ । सह–प्रवक्ता अधिकारीले नेपालमा करिब २५ लाख जनसंख्याले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको र खोप लगाउने क्रम जारी रहेको बताउनुभएको हो । नेपालमा हालसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको पनि उहाँको भनाइ छ । सह–प्रवक्ता अधिकारीले […]
ब्यानर न्यूज
नेपाल सुपर लिगको उपाधीका लागी आज काठमाडौं रेजर्स भर्सेस धनगढी भिडने
काठमाडौं,जेठ,१-नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि आज (शनिबार) काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उपाधि भिडन्त साँझ साढे ५ बजे सुरु हुनेछ।काठमाडौं र धनगढी यस प्रतियोगितामा तेस्रो पटक भिड्न लागेका हुन् । यस अघि लिग चरण र पहिलो प्लेअफमा भिडेका दुई टोली फाइनलमा पनि भिड्न लागेका हुन्।दुबै भेटमा […]
नेपालमा एकैदिन २०३ जनाको मृत्यु, ८ हजार ५२० जनामा संक्रमीत थपिए
काठमाडौं,बैशाख,३१-नेपालमा गएको २४ घण्टामा ८ हजार ५०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार २१ हजार ४७८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन्। आज २०३ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ। जसमा नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेको विवरणसमेत समावेश छ। यो सहित कोरोनाका कारण […]
नेपालमा कोरोना संक्रमणबाट एकैदिन २१४ जनाको मृत्यु,८ हजार ९६० संक्रमित थपिए
काठमाडौं,बैशाख,३०-नेपालमा कोभिडबाट एकैदिन २ सय १४ जनाको मृत्यु भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ४४ सय ६६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ४७४ पीसीआर र ७ सय७१ एन्टिजेन परीक्षणमा […]
एमाले स्थायी कमिटी बैठक बालुवाटारमा सुरु
काठमाडौं,बैशाख,३०-नेकपा एमाले स्थायी कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको स्थायी कमिटी बैठकमा समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गर्न बोलाइएको एमाले नेता सुवास नेम्बाङले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउन दिएको समयसीमा सकिँदै गर्दा एमालेले बैठक बोलाएको हो।
कोरोना संक्रमणबाट बाँकेमा थप ९ जनाको मृत्यु
काठमाडौं,बैशाख,३०-कोरोना संक्रमणका कारण बाँकेमा थप ९ जनाको मृत्यु भएको छ। संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा ३ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ६ जना गरि थप ९ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन्। मृत्यु हुनेहरुमा नेपालगन्ज– १ बाँकेकी ४३ वर्षीय महिला, राजापुर–६ बर्दियाकी […]
उपत्यकामा दुई साता थपिएको निषेधाज्ञा आजबाट शुरु, थप कडाइ गरिने
काठमाडौं,बैशाख,३०-काठमाडौं उपत्यकामा थप दुई साताका लागि जारी निषेधाज्ञा आजबाट शुरु भएको छ । आजबाट भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ । होटल र पार्टी प्यालेसमा हुने विवाहमा पनि रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन पाइने छैन ।अत्यावश्यक बाहेकका निजी तथा सरकारी सवै कार्यालयहरु बन्द गरिएको छ । […]
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आज सकिदै
काठमाडौं,बैशाख,३०-नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिँदैछ । तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि राष्ट्रपतिले समय दिएपछि अहिले विपक्षी दलहरु बहुमत जुटाउन प्रयासरत छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत कांग्रेस–माओवादीलगायत दल नयाँ सरकार गठनको प्रयासमा छन् । तर बहुमत नपुग्दा समस्या देखिएको छ । […]
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गुरुङ पुन: नियुक्त
पोखरा,वैशाख,२९-गण्डकी प्रदेश सभामा नेकपा (एमाले) संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा पुनः नियुक्त हुनुभएको छ। गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले उहाँलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सरकारका मुख्यमन्त्रीमा बुधवार नियुक्त गर्नु भएको हो । यसअघि मुख्यमन्त्रीबाट यही वैशाख २६ गते गुरुङले राजिनामा दिनुभएको थियो ।उहाँको राजिनामापछि प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र बहुमतको […]
अक्सिजन नपाउँदा बुटवलको कोरोना विशेष अस्पतालमा आईसीयूमा उपचाररत पाँच जनाको मृत्यु
बुटवल,बैशाख,२९-रुपन्देहीको बुटवलस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा अक्सिजन नपाउँदा पाँच जनाको मृत्यु भएको छ । आधा घण्टा ढिलो अक्सिजन आपुर्ति हुँदा आईसीयूमा उपचाररत ४ जना पुरुष र एक महिलाको मृत्यु भएको हो । अस्पतालमा माग अनुसार अक्सिजन नभएको र अन्यत्रबाट आउनुपर्ने अक्सिजन ढिला हुँदा अक्सिजन सप्लाई रोकिएर संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । […]






