प्रधानमन्त्री ओलीलाई देउवाको जवाफ : हामी सहयोग गर्न सक्दैनौं

काठमाडौं,बैशाख,२२-नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतमा सहयोग गर्न नसक्ने जवाफ दिएको छ।आज प्रधानमन्त्री ओली पार्टीका नेताहरुसहित कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुग्नु भएको थियो । उहाँले देउवासँग बैशाख २७ गते संसदमा हुन लागेको मतदानमा आफूलाई सहयोग गर्न आग्रह गर्नु भएको थियो ।त्यसको जवाफमा देउवाले अहिले कांग्रेसले सहयोग गर्न सक्ने अवस्था नरहेको बताउनु भएको […]

लुम्बिनी प्रदेशका सांसद डाँगीद्धारा राजीनामा

काठमाण्डौं,बैशाख,२२-लुम्बिनी प्रदेशका एमाले सांसद अमरबहादुर डाँगीले पदबाट राजीनामा दिनुभएको छ । दाङ निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित डाँगीले बुधबार प्रदेशसभा सचिवालयमा राजीनामा पत्र दर्ता गराएको प्रदेशसभाले जनाएको छ । डाँगीले आफु बिरामी भएको र हालको राजनीतिक अवस्थाबाट दिक्क भएर राजीनामा दिएको बताउनुभएको छ । यसअघि एमालेकै कपिलवस्तुबाट निर्वाचित दुर्गनारायण पाण्डेले पनि राजीनामा दिनुभएको […]

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं,वैशाख,२२-प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री ओली सभापति देउवालाई भेट्न बुढानीलकण्ठस्थित उहाँकै निवास जानुभएको हो । राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले एमालेले तय गरेको उम्मेदवार वर्तमान गृहमन्त्री रामबहादुर थापाविरुद्ध गठबन्धन बनाए लगत्तै एमाले अध्यक्ष समेत रहनुभएका ओली देउवालाई भेट्न जानुभएको हो । ओलीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल […]

नेपालमा ८ हजार ६५९ जना कोरोना संक्रमित थपिए, ५८ जनाको मृत्यु

काठमाडौं,बैशाख,२२-कोरोना भाइरसबाट नेपालमा बुधबार अहिलेसम्मकै सबैभन्दा बढी ५८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार कोरोनाबाट ५८ जनाको मृत्यु भएको बताएको हो । यसअघि मंगलबार ५५ जनाको मृत्यु भएको थियो । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ सय ७५ पुगेको छ । त्यसैगरी बुधबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् । बुधबार […]

अण्डाको मूल्य अहिले सम्मकै उच्च

काठमाण्डौं,वैशाख,२१-अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ ।रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो । लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ। नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरण ओलीका अनुसार मंगलवारदेखि फार्ममा ठूलो अण्डा प्रतिक्रेट (३० ओटाको)  ३७० रुपैयाँ र मिडियमको ३४० रुपैयाँ पुगेको छ।यसअघिको मूल्यमा […]

स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न नेपालगन्ज उपमहानगरको निर्देशन

बाँके,बैशाख,२१-नेपालगञ्ज उपमहानगरपालिकाले कोभिड -१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि अग्रभागमा खटिएका स्वास्थ्यकर्मी लगायत अन्य कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको छ। कोभिड रोकथाम र नियन्त्रणका लागि उपमहानगरपालिकाबाट सञ्चालित कार्यक्रमहरूको अनुगमनका लागि गठित समितिको बैठकमा नगर प्रमुख डा. धवल शम्शेर राणाले कोभिड रोकथाम र नियन्त्रणका लागि यहाँका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र अन्य कर्मचारीहरूले खेलेको भूमिकाको […]

घोषणामै सीमित ‌जोखिम भत्ता,पहिलो चरणकै भत्ता नपाएको स्वास्थ्यकर्मीको गुनासो

काठमाडौं,बैशाख,२१-कोरोना संक्रमण महामारीको बेला अग्रमोर्चामा खटिनेहरूलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा कार्यान्वयन हुनेमा शंका गर्न थालिएको छ । कोरोना महामारीको पहिलो लहरका बेला ज्यान हत्केलामा राखेर खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई शतप्रतिशत जोखिम भत्ता दिने सरकारी प्रतिबद्धता कार्यान्वयन हुन नसकेको तीतो यथार्थताले आशंका उब्जाएको हो । कुरा गर्ने, काम नगर्ने […]

राष्ट्रपति असभ्य राजनीतिको मतियार बन्नु दुर्भाग्य : गगन थापा

काठमाडौं,बैशाख,२१-नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी ओलीको असभ्य राजनीतिक चरित्रको मतियार भएको आरोप लगाउनु भएको छ। मंगलबार राष्ट्रपतिले सरकारको सिफरिसमा सात वटा अध्यादेश जारी गरेको प्रसंग उल्लेख गर्दै थापाले विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्रीले संसद छलेर अध्यादेश जारी गर्ने कदमलाई ‘अराजनीतिक र संविधानको मर्म विपरित’ भनेर टिप्पणी गर्नु भएको छ […]

ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

काठमाडौं,बैशाख,२१-नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादीको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो।माओवादीले समर्थन फिर्ता लिएको पत्र भोलि प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने भएको छ।माओवादीको यो निर्णयलाई कतिपयले ‘लगनपछिको पोते’को संज्ञा दिएका छन् । यसैगरी प्रतिनिधिसभाको […]

संसदमा ओलीविरुद्ध मतदान गर्ने कांग्रेसको निर्णय

काठमाडौं,बैशाख,२१-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा मतदान गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठकमा २७ गते ओलीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सह-महामन्त्री डाक्टर प्रकाशशरण महतले ओलीको कदम षड्यन्त्रपूर्ण रहेकाले त्यसलाई असफल पार्ने […]