काठमाडौं,बैशाख,२१-कोरोनाबाट एकैदिन अहिलेसम्मकै धेरै ५५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको हो । यसअघि एकदिनमा सबैभन्दा धेरै ३७ जनाको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा […]
ब्यानर न्यूज
एनआरएनए जापान क्युस्यु क्षेत्रीय कार्यसमितीको ७ औं अधिबेशन जेठमा
फुकुओका,जापान,बैशाख,२१-आसन्न एन आर एन ए जापान क्युस्यु क्षेत्रीय कार्यसमितिको ७ औं अधिबेशन जेठ महिनामा हुने भएको छ। अधिवेशनको तयारी तिब्र रुपमा भैईरहेको संघले जनाएको छ। ७ औं अधिवेशनको अन्तिम मिती यहि जेठ २२ गते शनिबार सम्म तोकिएको छ । निर्वाचन भने जेठ २५ गते अर्थात (जुन ८ तारिख)का दिन योसिजुका स्टेसन नजिकै रहेको फुकुओका केन चियु सो किगो सिन्को सेन्टर […]
उपत्यकामा मात्रै सेनाद्वारा १७ सय ६४ कोरोना संक्रमितको शव व्यवस्थापन
काठमाडौं,बैशाख,२०-नेपाली सेनाले उपत्यकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु भएका १ हजार ७ सय ६४ जनाको शव व्यवस्थापन गरेको छ। सैनीक प्रवक्ता सन्तोष वल्लभ पौडेलका अनुसार गतवर्ष जेठदेखि वैशाख २० गतेसम्ममा सो संख्यामा शव व्यवस्थापन गरेको हो। सुरुमा विद्युतीय शवदाह गृहमा मात्रै शव व्यवस्थापन गर्दै आएको सेनाले पछिल्ला समय मृतकको संख्या बढ्दै गएपछि वागमती किनारमा चिता बनाएर […]
सोमबार मध्यरातिदेखि आन्तरिक, बुधबारदेखि अन्तर्राष्ट्रिय उडान बन्द हुने
काठमाडौं,बैशाख,१९-सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार रातिदेखि आन्तरिक र बुधबार मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो। सबै खालका उडान हाललाई वैशाख मसान्तसम्म बन्द हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो। यसबीचमा पनि आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि भने अनुमति दिने निर्णय गरेको छ। यसअघि आइतबार […]
नेपालमा एकैदिन ५ हजार ७६३ जना कोरोना संक्रमित , १९ जनाको मृत्यु
काठमाडौं,बैशाख,१८-नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७६३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ ।योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २४९५ जना संक्रमित थपिएका छन् ।जसमध्य […]
गृह मन्त्रालयको अपिल : अति आवश्यक नपरी घरबाट ननिस्कनू
काठमाडौं,बैशाख,१७-गृह मन्त्रालयले निषेधाज्ञा जारी भएका जिल्लाका नागरिकलाई अति आवश्यक नपरी घरबाट ननिस्कन अनुरोध गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गरी निषेध आदेश जारी भएका स्थानमा अत्यावश्यकबाहेकका आवागमनमा रोक लगाइएकाले निषेधाज्ञा अवधिभर अति जरुरी नपरी घरबाट ननिस्कन तथा यात्रा नगर्न सम्बन्धित सबैमा अपिल गरेको हो। मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘कोभिड–१९ को दोस्रो लहरको […]
कलंकीलाई केन्द्रबिन्दु बनाएर काठमाडौंमा भूकम्प
काठमाडौं,बैशाख,१५-काठमाडौंमा भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरका अनुसार कलंकीलाई केन्द्रबिन्दु बनाएर मंगलबार मध्यराति भूकम्प गएको हो। मंगलबार राति १ बजेर ५९ मिनेटमा ३.५ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ। यो २०७२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जानकारी दियो ।
नेपालमा एकैदिन १८ जनाको मृत्यु, थप ४५ सय २४ जनामा कोरोना संक्रमण
काठमाडौं,बैशाख,१४-नेपालमा कोरोनाबाट एकैदिन १८ जनाको मृत्यु भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको हो । यो मृत्युसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ । सोही अवधिमा १४ हजार ६ सय ७२ जनामा गरिएको पीसीआर परीक्षणमा ४३ […]
कैलाली र कञ्चनपुरमा एक साताका लागि निषेधाज्ञा जारी
कैलाली,बैशाख,१४-कोरोना संक्रमण तीब्र रुपमा फैलिँदै गएपछि कञ्चनपुर र कैलालीमा बिहीबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दुवै जिल्ला प्रशासन कार्यालयले बिहीवारदेखि एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेका हुन्। कोरोना संक्रमण र त्यसका कारण मृत्यु बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी भएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी […]
नेपाल सुपर लिग:धनगढी एफसीसंग काठमाडौं रेजर्स ३-० ले पराजित
काठमाडौं,बैशाख,१४-फरवार्ड ओलावाले ओलाडिफो आफिज एक्लैले दुई गोल गरेपछि धनगढी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित हासिल गरेको छ। काठमाडौको दशरथ रगंशालामा भएको खेलमा धनगढीले काठमाडौं रेजर्सलाई ३-० ले पराजित गरेको हो।धनगढी पहिलो खेलमा विरानगर सिटी एफसीसँग ३-० ले पराजित भएको थियो । खेलको १९औं मिनेटमा गोलरक्षक तथा कप्तान विकेश कुथुबाट आत्मघाति गोल […]






