काभ्रे,चैत,११-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओली परिवर्तन नचाहने शक्तिको ‘दलाल’ र ‘मोहरा’ बनेको आरोप लगाउनुभएको छ । धुलिखेलमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको भेलामा दाहालले २०६२/०६३ पछिको परिवर्तन नरुचाउनेहरुले ओलीलाई प्रयोग गरेको दाबी गर्नुभयो । संविधानसभाको निर्वाचन हुन नदिन, संविधानसभाबाट संविधान जारी हुन नदिन, कम्युनिष्ट पार्टीहरूबीच एकता हुन नदिन अनेक प्रयास गर्नेहरुले […]
ब्यानर न्यूज
उपत्यकामा ६३ सहित १४५ जना संक्रमित थपिए
काठमाडौं,चैत,११-नेपालमा पछिल्लो २४ घण्टामा १४५ जना कोरोना संक्रमित थपिएका छन् ।यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार १ सय ८२ जना सक्रिय संक्रमित छन् ।पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ६३ जनाको पिसिआर परीक्षण गर्दा १४५ जनामा कोरोना […]
घरमै होली पर्व मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं,चैत,११-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अनुरोध गरेको छ ।कोरोना संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको छ । बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भन्नुभयो, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ । जोखिम पनि बढेको छ । त्यसैले होली […]
कैलाली अपडेट:प्रहरीको गोली लागी घाइते प्याकुरेललाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो
काठमाडौं,चैत,१०-लम्कीमा प्रर्दशनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवकलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । गोली लागेर गम्भीर घाइते भएका स्थानीय ३० वर्षीय कृष्ण प्याकुरेललाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो । पेटमा गोली लागेका प्याकुरेललाई कोहलपुर मेडिकल कलेजमा उपचार सम्भव नभएपछि काठमाडौँ पठाइएको हो । यस्तै […]
एक वर्षमा ७ सय ४५ क्षयरोगका बिरामी भेटिए
काठमाडौं,चैत,१०-राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले गत आर्थिक वर्ष २०७६÷७७ मा २७ हजार ७ सय ४५ नयाँ क्षयरोगी भेटिएको जनाएको छ । विश्व क्षयरोग दिवसको अवसरमा केन्द्रले मंगलबार गरेको पत्रकार सम्मेलनमा १ लाख ५५ हजार ३ सय ७१ सम्भावित क्षयरोगीहरूको परीक्षणमा झन्डै २८ हजारमा क्षयरोग देखिएको जनाएको हो । ०७५÷७६ मा भएको प्रिभ्यालेन्स सर्वेक्षणका अनुसार नेपालमा प्रत्येक […]
असली एमाले आफूहरु भएको माधव नेपालको दावी, ओलीलाई बिमाले सिमालेको संज्ञा
काठमाडौं,चैत,१०-नेकपा एमालेका नेता माधवकुमार नेपालले असली नेकपा एमाले आफूहरु भएको जिकीर गर्दै पार्टी अध्यक्ष केपी ओलीलाई बिमाले, सिमालेको संज्ञा दिनुभएको छ । मंगलबार आफ्नो समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलामा नेता नेपालले अध्यक्ष ओलीलाई पार्टी छाडेर गए हुने भन्दै भन्नुभयो, ‘नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन ।’ केपी ओलीले जालझेल गरेर पार्टी कब्जा गरे भने […]
कांग्रेसको सरकार आएपछि प्रहरीलाई ठेगान लगाउने देउवाको चेतावनी
काठमाडौं,चैत,१०-नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रहरीले कांग्रेस कार्यकर्ताहरूलाई अनावश्यक दुःख दिन थालेको आरोप लगाउनुभएको छ । मंगलबार सुनसरीको धरानमा नेपाल दलित संघले आयोजना गरेको ५६औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै देउवाले देशभर नेपाल प्रहरीको भूमिका राम्रो नभएको भन्दै खुलेरै विरोध गर्नुभयो । देशभरका जनता कांग्रेस हुने क्रम दैनिक बढिरहेको अवस्थामा […]
दुई दिने भ्रमण सकेर राष्ट्रपति स्वदेश फिर्ता
काठमाडौं,चैत,१०-दुईदिने राजकीय भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किनुभएको छ । राष्ट्रपति भण्डारी मंगलबार अपरान्ह स्वदेश फर्कनुभएको हो । राष्ट्रपति भण्डारी सहितको नेपाली प्रतिनिधिमण्डललाई बंगलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायतले बिदाइ गर्नुभएको थियो । भण्डारीले त्यहाँ रहँदा राष्ट्रपति मोहम्मद अब्दुल हमिद, प्रधानमन्त्री शेख हसिना लगायतका उच्चस्तरीय भेटघाटमा व्यस्त […]
प्रधानमन्त्री ओलीले संसद्को अपमान गरे : गगन थापा
काठमाडौं,चैत,१०-नेपाली काँग्रेसका सांसद गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को अपमान गरेको आरोप लगाउनुभयो । मंगलबार संघीय प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका उहाँले प्रधानमन्त्रीले आफूमाथि वर्षिने प्रश्न छल्न खोजेको आरोप लगाउनु भएको हो । प्रधानमन्त्री ओलीले काम गर्न दिएन भनेर हल्लामात्रै मच्चाएको उहाँको भनाइ छ।उहाँले भन्नुभयो, ‘जति दिन यो […]
कैलालीको लम्कीमा प्रहरीको गोली लागेर दुई घाइते
काठमाडौं,चैत,१०-कैलालीको लम्कीमा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन्। मंगलबार बिहान बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि स्थानीयले शव सडकमा राखेर गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाएको हो। गोली लागेर २५ वर्षीय कृष्ण प्याकुरेल र १८ वर्षीय दीपक सञ्जेल घाइते भएका हुन्।उनीहरुलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्ज पठाइएको कैलालीका प्रहरी निरीक्षक हिक्मत […]



