काठमाडौं,चैत,१- प्रधानमन्त्री केपी ओलीले स्थानीय तहका केन्द्रसँग जोड्ने २१० वटा सडकको शुभारम्भ गर्नुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको प्रधानमन्त्री ओलीले भर्चुअल रुपमा एकैपटक देशैभरका २१० वटा स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माणको शुभारम्भ गर्नुभएको हो । सरकारले २१० स्थानीय तहसँग केन्द्र जोड्ने सडक निर्माणका लागि चालु आर्थिक […]
ब्यानर न्यूज
लहानमा बम विस्फोट:७ जना घाइते, २ को अवस्था गम्भीर
काठमाडौं,चैत,१-सिराहाको लहान मालपोत कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको छ ।विस्फोटमा मालपोत कार्यालयका कर्मचारी शिवकुमार यादवसहित सात जना सेवाग्राही घाइते भएका छन् । घाइते हुनेहरुमा सेवाग्राही धनगढीमाइ १३ का भोलाबहादुर पाछे मगर, धनगढीमाइ ४ दिनेशकुमार भण्डारीको अवस्था चिन्ताजनक रहेको छ । घटनास्थलमा भूमिगत तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ ।सरकारले आफ्ना मागहरु […]
निर्वाचनका लागि सडक संघर्षमा जान कार्यकर्तालाई कमल थापाको निर्देशन
काठमाडौं,फागुन,२९-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले ताजा जनादेशको लागि दबाव दिन सडक संघर्षमा जान कार्यकर्तालाई निर्देशन दिनुभएको छ । शनिबार हेडौंडामा भएको कार्यक्रममा थापाले मुलुक राजनीतिक भूमरीमा फस्दै गएकाले यसको निकासका लागि पनि निर्वाचनमा जानुको विकल्प नभएको बताउनुभयो । अध्यक्ष थापाले प्रजातन्त्रको लागि पटक–पटक लडेको कांग्रेस प्रजातान्त्रिक मूल्य मान्यता बिर्सेर कम्युनिष्टहरूसँग अपवित्र गठबन्धन गर्ने […]
प्रधामन्त्रीबाट हटाएर देखाउन फेरि ओलीको चुनौती
काठमाडौं,फागुन,२९-प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधामन्त्रीबाट हटाएर देखाउन फेरि चुनौती दिनुभएको छ।शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै उहाँले मोर्चा कसेर आफूलाई प्रधामन्त्रीबाट हटाए पनि २० महिनापछि दुई तिहाइ बहुमतका साथ सिंहदरबार प्रवेश गर्ने उद्घोष गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रतिपक्षमा रहन कुनै गाह्रो छैन भन्दै प्रतिपक्षमा बस्न पनि तयार रहेको बताउनुभयो।उहाँले दुईतिहाइको […]
आइपर्यो भने जिम्मेवारीबाट भाग्दिनँ :देउवा
काठमाडौं,फागुन,२९-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीविरुद्धमा लड्नुपर्ने बेला भएको बताउनु भएको छ ।शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिस्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउनका लागि कम्युनिस्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला आएको बताउनुभयो। कम्युनिस्टहरु प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले […]
नेपालले विश्वकप छनोटका बाँकी खेल कुवेतमा खेल्ने
काठमाडौं,फाल्गुन,२८-सन् २०२२ को विश्वकप फुटबल र २०२३ को एसियन कपको संयुक्त छनोट अन्तर्गत नेपालले खेल्न बाँकी ३ खेल कुवेतमा सञ्चालन हुने भएको छ । यसअघि घरेलु मैदानमा खेल्ने तय भएका चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसंगको खेल कुवेतमा सञ्चालन हुने गरी एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले सूचना जारी गरेको छ । एएफसीले शुक्रबार विश्वकप छनोट अन्तर्गत आठवटै समूहको बाँकी […]
‘कम्युनिष्ट आन्दोलन विघटन गर्न दिइन्न,ओलीजीलाई असफल पारिनेछ’:घनश्याम भूसाल
काठमाडौं,फाल्गुन,२८-नेकपा एमालेका निर्वाचित उपमहासचिव घनश्याम भूसालले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलन विघटन गर्न खोजेको आरोप लगाउनुभयो । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भूसालले पछिल्लो निर्णयबाट ओलीले यसलाई थप पुष्टि गरेको बताउनुभयो । ‘केही बर्षदेखि मैले ओलीजीको सामर्थ्यले भ्याएसम्म उहाँको एक मात्र उद्देश्य कम्युनिस्ट आन्दोलनलाई विघटन गर्नु हो भन्दै आएको थिएँ । उहाँले त्यही गर्दै […]
कोरोना खोप अभियान:८ लाखभन्दा धेरै जेष्ठ नागरिकले खोप लगाए
काठमाडौं,फाल्गुन,२८-दोस्रो चरणको कोरोना खोप अभियानमा अहिलेसम्म ८ लाखभन्दा धेरै जेष्ठ नागरिकले खोप लगाएका छन् । गएको २३ गतेबाट सुरु भएको अभियानमा ६५ वर्षभन्दामाथिका ८ लाख २७ हजार ९ सय १७ जना जेष्ठ नागरिकले खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या ६५ वर्षमाथिका कुल जेष्ठ नागरिकको संख्याको ४६ प्रतिशत हो । दोस्रो प्राथमिकताको पहिलो चरणमा […]
शशांक र गगनको एउटै माग:ओलीलाई हटाएर जसरी पनि कांग्रेस सरकार
काठमाडौं,फाल्गुन,२८-नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसको मुख्य ध्येय ओली सरकार हटाएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनु पर्ने बताउनुभयो । शुक्रबार नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले ओली सरकारलाई हटाएर नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्नु आफूहरुको मुख्य ध्येय रहेको बताउनुभयो । यसका निम्ति मधेसवादी दलहरुसँग छलफल चलिरहेको पनि उहाँले […]
नेपालमा ४८ जना कोरोना संक्रमित थपिए
काठमाडौं,फागुन २८-नेपालमा पछिल्लो २४ घण्टामा ४८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५१२ जनाको पीसीआर परीक्षण गर्दा ४८ जनाको नतिजा पोजेटिभ आएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ११८ पुगेको छ ।गत २४ घण्टामा ६१ जना संक्रमणमुक्त भएका छन् […]




