भोलिको संसद बैठकको कार्यसूची सार्वजनिक

काठमाडौं,चैत,२-संसद सचिवालयले भोलि (मंगलबार) बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गरेको छ।  सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सचिवालयले संभावित कार्यसूची सार्वजनिक गरेको हो। संभावित कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नेछन्।  त्यसपछि शोक प्रस्ताव पारित गरेर बैठक सकिनेछ । सभामुखले संविधानसभा […]

एमालेको नेपाल पक्षले ४ र ५ गतेको कार्यकर्ता भेला नरोक्ने

काठमाडौं,चैत,२-एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले चैत ४ र ५ गतेका लागि डाकेको कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेट वार्तापछि नयाँ बानेश्वरको अर्याल होटलमा बसेको नेपाल पक्षको बैठकले कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको हो । नेपाल पक्षले प्रधानमन्त्री ओलीले मंगलबारका लागि डाकेको चियापान कार्यक्रममा समेत सहभागी नहुने निर्णय […]

अरुको बुई चढेर सत्तामा जान नहुने पौडेलको धारणा

काठमाडौं,चैत,२-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस अरूको बुई चढेर सत्तामा जान नहुने बताउनुभएको छ । पर्वतको कुश्मा बजारमा सोमबार प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानुभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताउनुभयो । पौडेलले अहिलेको अवस्थामा संविधान र संसदमाथि हुने हमलाको सामना गर्नु कांग्रेसको मुख्य दायित्व […]

फागुन २८ को निर्णय रद्द गरे हाम्रा गतिविधि रोक्छौं-भीम रावल

काठमाडौं,चैत,२-नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले ओलीले पक्षले २८ गते गरेको निर्णय रद्द गरेपछि आफ्ना गतिविधिहरू पनि रोक्ने बताउनुभएको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भएको अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच भएको छलफलपछि सञ्चारकर्मीसँग बोल्दै नेपालपक्षीय नेता रावलले २८ गतेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय फिर्ता हुनुपर्ने बताउनुभयो । पार्टीको विधान विपरित, […]

सुदूरपश्चिममा डेढ लाखले लगाएर कोरोनाविरुद्धको खोप

काठमाडौं,चैत,२-सुदूरपश्चिम प्रदेशमा १ लाख ५० हजारले कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोप लगाएका छन्।सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले हालसम्म प्रदेशभरी १ लाख ५० हजार जनालाई खोप लगाइएको जानकारी दिनुभयो। पहिलो चरणको पहिलो र दोस्रो प्राथमिकता तथा दोस्रो चरणको पहिलो प्राथमिकतामा परेका नागरिकलाई खोप लगाइएको हो । सबैभन्दा बढी कैलालीमा ४० हजार ३ सय १ जनालाई खोप […]

एमाले विवाद:ओली-नेपाल समूहकाे वार्ता सकियो

काठमाडौं,चैत,२-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भेटवार्ता सकिएको छ। पार्टी मुख्यालय धुम्बाराहीमा भएको छलफल सकिएको हो। पार्टीभित्रको विवाद चर्किएको चार महिनापछि दुई पक्षबीच भेटवार्ता भएको हो।  छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ सहभागी थिए। नेपाल तर्फबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम […]

नेपालमा थप ५३ संक्रमित, ७७ जना संक्रमणमुक्त

काठमाडौं,चैत,१-नेपालमा पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमित थपिएका छन् ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार २ सय ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा २ हजार ६ सय १५ पीसीआर परिक्षण भएको हो ।पछिल्लो २४ घण्टामा ७७ जना संक्रमित संक्रमणमुक्त भएका छन् । हाल […]

लहान बम विस्फोट:गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौं,चैत,१-सिराहाको लहान मालपोत कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको छ ।विस्फोटमा मालपोत कार्यालयका दुई जना कर्मचारी र ६ जना सेवाग्राही घाइते भएका छन् । घटनामा परी गम्भीर घाइते भएका दिनेशकुमार भण्डारीलाई नेपाली सेनाले हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौं ल्याएको छ ।पिँडुला, पिठ्यूँसहित शरीरका विभिन्न भागमा चोट लागेका भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।धनगढी […]

माओवादी केन्द्रको बैठक सकियो,सोमबार फेरि बैठक बस्ने

काठमाडौं,चैत,१-नेकपा माओवादी केन्द्रले दिएको २४ घण्टे म्यादभित्र नेकपा एमालेमा लागेका कुनै पनि सांसद नफर्किएपछि औपचारिक पत्र पठाउने भएको छ।सोमबार पेरिसडाँडामा बसेको पार्टीको केन्द्रिय कमिटी बैठकले शनिबार सोधेको स्पष्टीकरणको जवाफ नआएपछि कारवाही प्रक्रिया अघि बढाउन औपचारिक पत्र पठाउने निर्णय गरेको हो । सर्वोच्च अदालतले माओवादी केन्द्र ब्युँताएपछि पहिलोपटक केन्द्रीय कमिटि बैठक बोलाइएको हो।सर्वोच्चको फैसलापछि पनि पार्टीमा […]

प्रधानमन्त्री ओलीले गरे २१० स्थानीय तहको केन्द्र जोड्ने सडक शुभारम्भ

काठमाडौं,चैत,१- प्रधानमन्त्री केपी ओलीले स्थानीय तहका केन्द्रसँग जोड्ने २१० वटा सडकको शुभारम्भ गर्नुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको प्रधानमन्त्री ओलीले भर्चुअल रुपमा एकैपटक देशैभरका २१० वटा स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माणको शुभारम्भ गर्नुभएको हो । सरकारले २१० स्थानीय तहसँग केन्द्र जोड्ने सडक निर्माणका लागि चालु आर्थिक […]