सर्वोच्चले थप अन्योल सिर्जना गर्‍यो, हाम्रो पार्टी सत्ताको खेलमा छैन: बाबुराम

काठमाण्डौं,फाल्गुन,२३-जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले थप अन्योल सिर्जना गरेको बताउनुभयो। सरकारले बहुमत गुमाएको भन्दै उनले नयाँ सरकार गठन प्रक्रिया स्वतः बढ्नुपर्ने जिकिर गर्नुभयो। साथै भट्टराईले आफ्नो पाटीले सरकारको दाबी नगर्ने र सत्ताको खेलमा नरहेको बताउनुभयो।

सरकार अल्पमतमा पर्‍यो, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : कमल थापा

काठमाडौं,फागुन,२३-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको पछिल्लो फैसलासँग प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको बताउनु भएको छ। सर्वोच्च अदालतले ऋषि कट्टेलको नेकपालाई मान्यता दिने निर्णय गरेसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई ब्युँताइदिएपछि थापाले यस्तो प्रतिक्रिया दिनुभएको हो। उहाँले प्रधानमन्त्रीसँग विश्वासको मत लिने वा राजीनामा दिने विकल्प रहेको बताउनुभयो।उहाँले यस्तो अवस्थामा […]

वैधता नभएको सरकारले आफैँ प्रस्ताव राख्न मिल्दैन: भिम रावल

काठमाडौं,फाल्गुन,२३-नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य भीम रावलले सरकार अवैध भएको बताउनु भएको छ।आइतबारको संसद् बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘सर्वोच्चको अदालतको निर्णयपछि प्रधानमन्त्रीको पार्टी कुन हो भन्ने प्रश्न उठिसकेको छ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार वैधता नभएको उहाँले आरोप लगाउनुभयो। ‘सरकार र प्रधानमन्त्रीको स्थिति स्पष्ट हुनुपर्छ। आफैँले हत्या गरेको संसद्‍मा आफैँले प्रस्ताव गर्न मिल्दैन। […]

सर्वोच्चको फैसला मान्छौँ,कार्यान्वयन गर्छौँ: प्रधानमन्त्री ओली

काठमाडौं,फाल्गुन,२३-प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला मान्ने बताउनु भएको छ। संसद् भवन परिसरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, ‘हामी सर्वोच्च अदालतको निर्णय मान्छौँ, त्यसलाई कार्यान्वयन गछौँ।त्यसबारे अदालतको निर्णय अध्ययन गरेर बोल्ने बताउनुभयो। नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गर्नु भएको हो।न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेललाई […]

प्रतिनिधि सभा बैठक बुधबार सम्मका लागि स्थगित

काठमाडौं,फागुन,२३-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपाका सांसदहरुको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।बैठक यही फागुन २६ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो।   प्रतिनिधि सभा पुनस्र्थापनापछि आइतबार बसेको संसदको बैठकमा पेश भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोधमा कांग्रेसले बैठक अवरुद्ध गरेपछि संसद बैठक स्थगित गरिएको हो।

नेकपा दाहाल-नेपाल पक्षद्वारा संसद बैठक बहिष्कार

काठमाडौं,फागनु,२३-नेकपाको दाहाल-नेपाल समूहले प्रतिनधि सभाको बैठक बहिष्कार गरेको छ । पुनस्र्थापित प्रतिनधि सभा बैठकको पहिलो बैठकमा राष्ट्रपतिबाट प्राप्त पत्र र अध्यादेशहरु पेश गर्ने कार्यसूची रहेकामा त्यसप्रति आपत्ति जनाउँदै उक्त खेमाले बैठक छाडेर हिंडेको हो । बैठकबाट बाहिरिनुपूर्व उक्त समूहका सांसद भीम रावलले सभामुखले सहमति विपरित सदन चलाउन खोजेको भन्दै त्यस्तो भए बैठक बहिष्कार गर्ने जनाउनुभएको […]

सर्वोच्च अदालतको फैसला स्वागत योग्य: सुवास नेम्वाङ

काठमाडौं,फागुन,२३-नेकपाको केपी शर्मा ओली पक्षले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । सो पक्षको संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरुले सर्वोच्चको यो फैसलालाई पनि आफूहरुले मान्ने भन्दै सूर्य चिन्हसहित नेकपा एमाले र हसिया हथौडासहित माओबादी केन्द्र २०७५ साल जेठ ३ गते अघिको अवस्थामा पुगेको बताउनुभयो । उहाँले प्रतिनिधिसभा पुनस्थापना गर्ने सर्वोच्चको फैसला पनि आफूहरुले मानेको […]

सर्वोच्चको फैसला अपेक्षा गरेभन्दा फरक आयो : पुष्पकमल दाहाल

काठमाडौं,फागुन,२३-नेकपा अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतको फैसला आफूहरुले अपेक्षा गरेभन्दा फरक आएको प्रतिक्रिया जनाउनुभएको छ । सर्वोच्चले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरिदिएको सम्बन्धमा प्रतिक्रिया व्यक्त गर्नुभएको हो । दाहालले भने सर्वोच्चको फैसला अध्ययन नगरी टिप्पणी गर्ने बेला भएको छैन ।फैसला हामीले अपेक्षा गरेभन्दा […]

ओली र प्रचण्ड पार्टी विहिन,एमाले र माओवादी केन्द्र पनि अर्कैको नाममा दर्ता

काठमाडौं,फाल्गुन,२३-सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेललाई नेकपाको आधिकारिकता दिने निर्णय गरेको हो।  केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष भएको नेकपा अदालतको निर्णयपछि खारेज भएको छ। अदालतको निर्णयपछि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग-अलग […]

सर्वोच्चको फैसला: नेकपा पार्टी ऋषि कट्टेलको पक्षमा

काठमाडौं,फागुन,२३-सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेलाई दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता कट्टेलाई दिएको हो । यो फैसलासँगै अब केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।