प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मीलाई, एपीएफ ३३ रनले पराजित

काठमाडौं,माघ,१७-चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले फाइनलमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भएको हो । कीर्तिपुर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आर्मीले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएकोे एपीएफ ४१ ओभर ३ बलमा अलआउट हुँदै १ […]

प्रधानमन्त्री ओलीद्वारा सिटीहलको शिलान्यास

काठमाडौं,माघ,१७-प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको भरतपुरमा निर्माण गर्न लागिएको भरतपुर सिटीहलको शिलान्यास गर्नु भएको छ।भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडक नजिक सिटीहलको प्रधानमनत्री ओलीले शनिबार दिउँसो शिलान्यास गर्नु भएको हो । शिलान्यास समारोहमा शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले आयोजनाका बारेमा जानकारी गराउनु भएको थियो। देशको मध्यभागमा रहेर पनि ठूलो सभा समारोह आयोजना गर्न हलको […]

ओलीको पार्टी ‘डुप्लिकेट’हो,सडकमा पनि एक तिहाइ मात्र छ: प्रचण्ड-माधबको टिप्पणी

काठमाडौं,माघ,१७-प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित विरोध सभामा केपी शर्मा ओली पार्टीमा मात्रै नभएर सडकमा पनि एक तिहाइमात्रै भएको बताउनु भएको छ । सुदूपश्चिममा सभा गरेपछि फुर्कंदै/घमण्ड गर्दै हिँडे पनि आजको सभाले ओलीको घमण्डलाई चकनाचुर बनाइदिएको उहांको भनाइ थियो। उहाले ओली पार्टीमा मात्रै होइन सडकमा पनि एक तिहाइमात्रै हो भन्ने आजको […]

आज नेकपाका दुवै पक्षसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं,माघ,१६-आफूलाई आधिकारिक पार्टी दाबी गरिरहेका नेकपाका दुवै पक्षसँग निर्वाचन आयोगले आज (शुक्रबार) छलफल गर्ने भएको छ। नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र पठाएको आयोगले आज दुवै पक्षसँग छलफल गर्ने भएको हो। आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले निर्वाचनको प्रयोजनका लागि नेकपाका दुवै समूह अध्यक्ष वा अध्यक्षले […]

आज सहिद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं,माघ,१६-देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ।सहिद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो । सहिद धर्मभक्त माथेमालाई सिफलमा […]

प्रचण्ड-नेपाल समूहले माघ २८ को प्रदर्शनलाई अहिलेसम्मकै विशाल बनाउने

काठमाडौं,माघ,१५-प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा विघटनविरुद्ध अहिलेसम्मकै विशाल प्रदर्शन गर्ने भएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समितिको सचिवालय बैठकले माघ २८ गतेको विरोध प्रदर्शनलाई अहिलेसम्मकै विशाल बनाउने निर्णय गरेको नेता विष्णु रिजालले जानकारी दिनुभयो । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समेत सहभागी रहेको बैठकले २८ गतेको […]

दाहाल-नेपाल समूहको बुटवलमा विरोध सभा, २० हजार कार्यकर्ता उतार्ने दावी

काठमाडौं,माघ,१५-नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले आज (बिहीबार) बुटवलमा विरोध सभा गर्दै छ।नेकपा संघर्ष समितिअन्तर्गत लुम्बिनी प्रदेश कमिटीले दिउँसो १ बजे विरोध सभा आयोजना गर्न लागेको हो । प्रादेशिक अस्पतालको उत्तरतर्फ खाली जग्गामा हुने सभालाई नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ। संघर्ष समितिका संयोजक ठाकुर गैरेका अनुसार सभाअघि बुटवलका […]

स्वस्थानी व्रत आजबाट सुरु,शालीनदीमा मेला

काठमाडौं,माघ,१५-हिन्दुहरुको धार्मिक आस्था बोकेको स्वस्थानी व्रत आजबाट सुरु भएको छ । पौस शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म चल्ने स्वास्थानी व्रत बस्दा सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याध पनि नष्ट हुने विश्वास गरिन्छ । व्रत अवधिभर भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानी […]

प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्धका मुद्दाको सुनुवाइ एकै बेन्चमा आज

काठमाडौं,माघ,१५-अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्ध परेका मुद्दाको सुनुवाइ आज हुने भएको छ। अदालतमा विचाराधीन मुद्दा (प्रतिनिधि सभा विघटन) लाई प्रभावित बनाउने अभिव्यक्ति दिएको भन्दै परेका रिटको आज एउटै बेन्चमा सुनुवाइ तोकिएको छ। यी सबै मुद्दा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाइ हुने भएका हुन्।प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा […]

आईपीएल अक्सन फागुन ६ गते हुने

एजेन्सी,माघ,१४-सन २०२१ को इन्डियन प्रिमियर लिग आईपीएल ट्वेन्टी-ट्वेन्टी क्रिकेटको अक्सन (बोलकबोल) फेब्रुअरी १८ मा (फागुन ६ गते) हुने भएको छ । आईपीएलले १४ औं संस्करणको लागि अक्सन फेब्रुअरी १८ मा चेन्नईमा गरिने भारतीय क्रिकेट कन्ट्रोद बोर्ड (बीसीसीआई)ले जनाएको छ । आईपीएलमा सहभागी टिमले खेलाडी रिलिज र रिटेन गरिसकेका छन्।जसअनुसार नेपाली क्रिकेटर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट […]