राष्ट्रिय महिला लिग:विराटनगरको पहिलो जितमा कुसुमको ह्याट्रिक

काठमाडौं,माघ,१४-विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित हासिल गरेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै विराटनगरले पहिलो जित निकालेको हो । कुसुम खड्काले ह्याट्रिक गरेको खेलमा अनु राई र सरिता शेर्पाले एक एक गोल गरिन् । यो जितसँगै विराटनगरले ३ खेलमा ४ […]

सशस्त्र प्रहरी प्रधानमन्त्री कप क्रिकेटको फाइनल प्रवेश

काठमाडौं,माघ,१४-सशस्त्र प्रहरीको एपीएफ प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको फाइनलमा पुगेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै सशस्त्र फाइनलमा पुगेको हो । कीर्तिपुर मैदानमा भएको खेलमा पहिले ब्याटिङ्ग गरेको सशस्त्रले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनायो । शंकर रानाले ४४ तथा भुवन कार्कीले […]

चार पूर्वप्रधानन्यायाधीश विरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट

काठमाडौं,माघ,१४-प्रतिनिसिभा विघटनलाई असंवैधानिक भनेर विज्ञप्ति निकाल्ने चारजना पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता धनजित बस्नेतले उहाँहरूमाथि अदालतको अवहेलना गरेको भन्दै रिट निवेदन दर्ता गरिएको छ । अदालतमा विचाराधीन मुद्दामा न्यायीक निरोपणको कार्यलाई प्रभाव पार्ने र अदालत प्रति जनताको विश्वास […]

बेलायतमा कोरोनाका कारण एकैदिन १६ सय ३१ जनाको मृत्यु

काठमाडौं,माघ,१४-बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार एकै दिनमा एक हजार ६ सय ३१ जना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या एक लाख नाघेको हो । बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख १६२ पुगेको बीबीसीले जनाएको छ । युरोपियन मुलुकमा मृतक संख्या एक लाख बढी हुनेमा बेलायत […]

आज देखि देशभर कोरोनाविरुद्ध खोप लगाउने अभियान सुरु

काठमाडौं,माघ,१४-आज (बुधबार) एकैसाथ देशभर कोरोनाविरुद्ध खोप लगाउने अभियान सुरु गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कार्यक्रममार्फत बालुवाटारस्थित सरकारी निवासबाटै खोप अभियान उद्घाटन गर्नुभएको हो । कोरोनाविरुद्ध खोप लगाउने अभियानको सुरु अहिले उद्घाटन समारोह चलिरहेको छ।

सुदुरपश्चिममा माघ १५ देखि नियमीत प्याराग्लाईडिङ्ग संचालन हुदै

बुडर डोटी,माघ,११-प्रदेश नं.७ सुदुरपश्चिममा यहि माघ १५ गते (बिहिबार) देखि प्याराग्लाइडिङ पुनह:नियमीत रुपमा सञ्चालन हुने भएको छ। छतिवन पर्यटन प्रबर्द्धन संरक्षण समिती र स्काईलाई प्रा.लि को संयुक्त सहकार्यमा निरन्तर प्याराग्लाईडिङ्ग संचालन हुने भएको हो ।  प्याराग्लाईडिङ्ग निरन्तर संचालन हुने भएपछि टिकट बुकिङ खुल्ला गरिएको छतिवन पर्यटन प्रबर्द्धन संरक्षण समितिका अध्यक्ष भरत कुवंरले बिहानी अनलाईनलाई जानकारी दिनुभयो […]

‘औपचारिक रुपमा नेकपा अझै एउटै’छ : निर्वाचन आयोग

काठमाडौं,माघ,११-नेकपाका दुई पक्षले अलग-अलग ढंगले पार्टीमा गरेको फेरबदललाई निर्वाचन आयोगले पुनः अस्वीकार गर्ने भएको छ । दलको विधानलाई आधार मानेर सोधिएका सवालमा दुवै पक्षले दिएको जवाफप्रति आयोग सन्तुष्ट हुन नसकेको हो । आयोग स्रोतका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले लिएका निर्णय दलको विधानसम्मत छैनन् । […]

आज सातै प्रदेशमा कोरोना खोप पुर्‍याइँदै,१८ गतेसम्ममा लगाउन थालिने

काठमाडौं,माघ,११-भारतले दिएको कोरोना खोप आज (आइतबार) काठमाडौंबाट देशका सातै प्रदेशमा पुर्‍याइँदै छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज कोरोना खोप लिएर गाडी सातै प्रदेशमा जाने जानकारी दिनुभयो । ‘आज सातै प्रदेशमा कोरोना खोप पुर्‍याइनेछ,’ प्रवक्ता डा. गौतमले भन्नुभयो, ‘यही १८ गतेसम्ममा लगाउन थालिनेछ।’ भारतले नेपाललाई अनुदानस्वरूप १० लाख डोज खोप दिने घोषणा गरेकोमा […]

आज प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक बस्दै

काठमाण्डौं,माघ,११-आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आज (आइतबार) बस्दै छ। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी कमिटी बैठक आज दिउँसो साढे १२ बजे पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ। यसअघि हिजो शनिबार पनि केन्द्रीय कार्यालयमा उपलब्ध स्थायी कमिटी सदस्यको अनौपचारिक बैठक बसेको थियो। बैठकमा गत शुक्रबार (माघ ९ गते) काठमाडौंमा […]

कोभिड-१९ विरुद्धको खोप आजदेखि सातओटै प्रदेशमा पठाईदै

काठमाडौं,माघ,१०-कोभिड-१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ शनिवारदेखि सातओटै प्रदेशमा पठाउन थालिएको छ।भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातओटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो । भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ । उहाका अनुसार प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण […]