डोटी,ईखडा,असार,२५-डोटीको ईखडा गाँउ लगायत विभिन्न पहाडी भेगमा यतिबेला चिउरीको फल पाकिरहेको छ।यो फल कार्तिक र मंसिर महिनामा फुल्ने र जेठको अन्तिम साता देखी असार र साउन महिना सम्म पाक्ने गर्दछ। यतिबेला डोटीको ईखडा गाँउ वरपर रहेका जंगल र बारीका कान्लामा रहेका चिउरीका बोटमा चिउरी पहेँलै पाकि रहेको छ।तर केहि वर्ष पहिले सम्म उक्त गाँउमा रहेका […]
ब्यानर न्यूज
इमर्जिङ कपका लागि नेपालको टोली घोषणा
काठमाडौं,असार,२३-एसिसी इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले अर्को साता शुक्रबारबाट सुरु हुने एसिया कपका लागि रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो।इमर्जिङ कप जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुँदैछ। नेपालले एसिसी प्रिमियर कपको उपाधि विजेताको रुपमा इमर्जिङ कप खेल्न लागेको हो।उक्त प्रतियोगिताको […]
विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टीम स्वदेश फिर्ता
काठमाडौं,असार,२२-जिम्बावेमा भएको आइसिसी विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टीम आज स्वदेश फर्किएका छन्। प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबे, वेस्टइन्डिज र नेदरल्यान्डसँग पराजित भएको थियो भने नेपालले अमेरिकालाई पराजित गरेको थियो। प्लेअफ खेलमा नेपालले यूएईलाई हराएको थियो।नेपाल आयरल्यान्डसँग पराजित हुँदै आठौं स्थानमा प्रतियोगिता टुङ्ग्याएको थियो। विश्वकप छनोटमा विभिन्न १० टोली सहभागी थिए।नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ […]
प्रधानमन्त्री दाहाल भारत भ्रमणमा भारतीय गुप्तचरकै घरमा बसेको अध्यक्ष ओलीको दाबी
काठमाडौं,असार,२२-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर प्रमुखसँग भेटेर आएको बताउनुभएको छ।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी गर्नुभयो।उहाँले उक्त भेट पनि प्रधानमन्त्रीले लुकाएको आरोप लगाउनुभयो। अध्यक्ष ओलीले भारतीय […]
प्रतिनिधि सभा बैठक आइतबारसम्मका लागि स्थगित
काठमाडौं,असार,२२-संसद बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ। सत्तापक्ष र प्रतिपक्षको अडानले प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो ३ बजे बस्ने गरि स्थगित भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर एमालेसहित विपक्षी दलहरुले सदन अवरोध गर्ने भएपछि स्थगित गरिएको हो । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ । […]
एसईईको परीक्षाफल सर्वजनिक
काठमाडौं,असार,२१-राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।बिहीबार दिउँसो बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो। गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चाल भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए।जसमध्ये २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए अंक ल्याएको परीक्षा नियन्त्रक विष्णुनारायण शर्माले जानकारी दिनुभयो।जुन […]
आयुष सिहं ठकुरीको “सात समुन्द्र”बोलको गित विश्व बजारमा चर्चा
टोकियो,जापान,असार,२२-नेपाली गित संगितको बजारमा एउटा नयाँ गित अहिले निकै मन पराईएको छ।त्यो गित हो “सात समुन्द्र”यो गितको शब्द रचनाकार तथा गायक हुन् आयुष सिंह ठकुरी!! मुलत: नेपाली गित संगितको बजारमा आयुष सिंह ठकुरी विल्कुलै नयाँ नाम रहेको छ। तर अहिले उनको यो गित नेपालमा मात्र नभएर विश्व बजारमा नै चर्चा बटुली रहेको छ,भन्दा तपाईलाई पत्यार लाग्दैन […]
मिटरब्याजीकाविरुद्धको प्रतिस्थापन विधेयक पास गर्न नदिन प्रतिपक्षले संसद अवरोध गरे : प्रधानमन्त्री दाहाल
काठमाडौं,असार,२०-प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याजीका विरुद्धको प्रतिस्थापन विधेयक पास गर्न नदिन प्रतिपक्ष दलले संसद अवरोध गरेको आरोप लगाउनुभएको छ। बुधबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रिय समितिको प्रथम राष्ट्रिय युवा भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले बुधबार संसदमा मिटरब्याजीका विरुद्धको प्रतिस्थापन विधेयक पास गर्ने कार्यसूचि रहेको तर प्रतिपक्ष दलले विधेयक पास हुन […]
प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने गरी कुनै राष्ट्रघात गर्नुभएको छैन : सांसद दाहाल
काठमाडौं,असार,२०-नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्नेगरी कुनै राष्ट्रघाती काम नगरेको बताउनुभएको छ। बुधबारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले प्रधानमन्त्रीको राजीनामा माग गरी संसद अवरोध गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले एमालेले सरकार बाहिर बसेको पीडा अभिव्यक्त गरेको बताउनुभएको हो। सांसद दाहालले सरकार अंक गणितले बन्ने र बहुमत गुमाएको दिन स्वतः […]
रास्वपाले प्रधानमन्त्रीको राजीनामा मागेको छैन : सांसद झा
काठमाडौं,असार,२१-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नमागेको बताउनुभएको छ। बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद झाले आफूहरुले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)सँग लागेर प्रधानमन्त्री दाहालको राजीनामा नमागेको बताउनुभयो। उहाँले प्रधानमन्त्री दाहालको अभिव्यक्ति संसद, लोकतन्त्र र निर्वाचन प्रक्रियालाई अवहेलना गर्नेगरी आएको भन्दै यसप्रति रास्वपाको प्रश्नहरु रहेको र सोही प्रश्नका […]