एसिया कप : आज भारत र पाकिस्तान खेल्दै

काठमाडौं,भदौ,१४-एसिया कपमा आज शनिबार उपाधिका दुई प्रमुख दाबेदार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा हुनेछ। भारतको रोहित शर्मा र पाकिस्तानको बाबर आजमले कप्तानी गर्ने गर्दछन्।पहिलो खेलमा नेपाललाई पराजित गरेकोपाकिस्तान भारतलाई हराउँदै सुपर फोर प्रवेश गर्ने पहिलो टिम बन्न चाहन्छ।  प्रतियोगिताको पहिलो खेल खेल्दै गरेको भारत […]

भारतले प्रक्षेपण गर्‍यो सूर्यतर्फ आदित्य एल–१ नामक यान

एजेन्सी,भदौ,१४-भारतले सूर्यमा आफ्नो पहिलो मिसन आदित्य एल–१ नामक यान प्रक्षेपण गरेको छ। भारतले चन्द्रमाको दक्षिणी ध्रुव नजिकै यान अवतरण गरेको एक हप्ता नपुग्दै सूर्यतर्फ आज अर्काो यान पठाएको हो।आन्ध्र प्रदेशको श्रीहरिकोटको प्रक्षेपण प्याडबाट सूर्यको अध्ययनको लागि यान पठाइएको हो।यो यान पृथ्वीबाट ९३ माइलको दूरीसम्म पुग्ने भारतीय खगोलशास्त्रीहरुको अनुमान छ। उक्त दूरी पार गर्न आदित्य एल […]

विदेश जानेका लागि तीन दिनभित्र ‘स्मार्ट लाइसेन्स’

काठमाडौं,भदौ,१६-सवारी साधनको ईम्बोस्ड नम्बर, ट्रायलदेखि लाइसेन्सका विभिन्न विषयले यातायात क्षेत्रको व्यवस्थापन बाक्लै विवादमा आउने गरेको छ।त्यसमाथि अतिरिक्त आम्दानीको विषयले पनि यो निकाय आरोपक्त हुन सकेको छैन।यद्यपि विदेश जानेका लागि स्मार्ट लाइसेन्स सहज बनाइएको, यथेष्ट मौज्दात लाइसेन्स रहेको मात्र हैन, ट्रायलमा पारदर्शिता अपनाएर सुधार प्रयास गरिएको दावी सरकारी अधिकारीको छ। ९ महिनादेखि लाइसेन्सको पर्खाइमा रहेका लाक्पा […]

माओवादीको विशेष रुपान्तरण अभियान शनिबारदेखि सुरु, २५ लाख मतदातासँग भेट्ने

काठमाडौं,भदौ,१५-नेकपा(माओवादी केन्द्र)ले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शनिबारदेखि सुरु गर्ने भएको छ। माओवादीले गत साउन १७ गतेदेखि २१ गतेसम्म बसेको केन्द्रिय कमिटी बैठकको निर्णय अनुरुपको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान देशभरका सबै वडामा शनिवार एकैसाथ सुरु गर्ने भएको हो। शुक्रबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाँमा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले शनिबार बिहान ९ […]

शैक्षिक सुधारका लागि तीनै तहका सरकार जिम्मेवार बन्नु पर्छ।

काठमाडौ,भदौ,१४-देशको समग्र शैक्षिक अवस्थाको गुणात्मक सुधारका लागि तीन वटै तहका सरकार जिम्मेवार हुनु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छ।ट्याक्सएड एलाइन्स नेपालमा आबद्ध संस्थाहरुले विहिबार सामूहिक रुपमा काठमाडौँमा आयोजना गरेको “शिक्षक व्यवस्थापन र शिक्षामा लगानी” विषयक अन्तक्रियात्मक संवाद कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सो कुरा बताएका हुन्। काठमाडौँ विश्वविद्यालय शिक्षा संकायका डीन प्राध्यापक डाक्टर बालचन्द्र लुइँटेलले […]

नेपाली क्रिकेट टोली भारतसँग खेल्न श्रीलंकातिर लाग्यो

काठमाडौं,भदौ,१४-एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेल खेल्न नेपाली राष्ट्रिय टोली श्रीलंका प्रस्थान गरेको छ। एसिया कपमा पाकिस्तानविरुद्ध बुधबार खेलेको नेपाली टोली चार्टर फ्लाइटमा आज बिहान श्रीलंकातर्फ लागेको नेपाल क्रिकेट संघ (क्यान) स्रोतले जनाएको छ। बुधबार समूह ’ए’ को आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग २३८ रनको भारी अन्तरले पराजित भएको […]

एमसीसी आयोजना आजदेखि कार्यान्वयनमा जाँदै

काठमाडौं,भदौ,१३-अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको आयोजना नेपालमा आजदेखि औपचारिक कार्यान्वयनमा जाने भएको छ। एमसीसी सहयोग अन्तर्गत निर्माण हुने प्रसारण लाइन र सडक निर्माण आयोजनाको औपचारिक उद्घाटन गर्ने तयारी छ। परियोजनाको शुभराम्भ गर्न एमसीसी उपाध्यक्ष क्यामरन एलफोर्ड हिजै नेपाल आईसक्नु भएको छ।अर्थमन्त्री प्रकाशशरण महत र एल्फोर्डले आज दिउँसो सिंहदरबारबाट संयुक्त रुपमा परियोजनाको उद्घाटन गर्ने तयारी […]

एमालेको ध्यान सत्तातिर छैन : अध्यक्ष ओली

काठमाडौं,भदौ,९-प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले सत्तातिर ध्यान नदिएको बताउनुभएको छ। शुक्रबार विराटनगर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो। देशको इज्जतका लागि, मुलुकको अर्थतन्त्रको उन्नतिका लागि आफ्नो पार्टीले सुन तस्करी प्रकरण नियन्त्रणका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठनका लागि पहल गरेकाले यसलाई […]

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त

काठमाडौं,भाद्र,४-प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त हुनुभएको छ। राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा (२) बमोजिम कामु प्रधानन्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। सोमबार नै संसदीय सुनुवाइ समितिले श्रेष्ठलाई प्रधानन्यायाधीश पदका लागि अनुमोदित गरेको थियो।

मेस्सीको कप्तानीमा इन्टर मायमी पहिलो पटक च्याम्पियन

टोकियो,जापान,भाद्र,३-इन्टर मायमी क्लव लिग्स कप २०२३ को च्याम्पियन बनेको छ । अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको शनिबार सम्पन्न फाइनलमा नाशभिल एफसीलाई सडन डेथमा पराजित गर्दै इन्टर मायमीले इतिहासकै पहिलो उपाधि जितेको हो।निकै प्रतिस्प्रर्धा भएको खेलमा निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा नाशभिलका लागि रान्दाल लिएलले गरेको दोस्रो प्रहार गोलरक्षक […]