काठमाडौं,साउन,२३-मच्छिन्द्र फुटबल क्लब एएफसी कप प्रारम्भिक चरणको छनोटमा जित निकाल्दै भारतीय क्लब मोहन बगानसँगको भेट पक्का गरेको छ। मच्छिन्द्रले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पारो एफसीमाथि ३-२ को जित निकाल्दै दोस्रो चरणमा स्थान बनाएको हो।भुटानको शीर्ष डिभिजन च्याम्पियन पारोले गोल गर्दै अग्रता बनाए पनि जित निकाल्न सकेन।अब मच्छिन्द्रले दोस्रो चरणको खेलमा भारतीय क्लब मोहन बगानसँग अगस्ट […]
ब्यानर न्यूज
सुन तस्करी प्रकरणको अनुसन्धान सिआइबिलाई नै गर्न दिन गृहमन्त्रीको आग्रह
काठमाडौं,साउन,२३-गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान सिआइबिलाई नै गर्न दिन आग्रह गर्नुभएको छ। मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विमानस्थलबाट तस्करी भएको क्विन्टल सुन प्रकरणको अनुसन्धान सिआइबिलाई गर्न दिन आग्रह गर्नुभएको हो।उहाँले संगठित अपराधमा अनुसन्धान गर्न ६० दिन समय हुने र अब सिआइबिले अनुसन्धानका लागि ३५ दिन पाउने उल्लेख गर्दै ३५ दिनमा […]
ललिता निवास प्रकरण : तत्कालिन मन्त्रिपरिषद्का पदाधिकारीमाथि अनुसन्धान गर्न सर्वोच्चको आदेश
काठमाडौं,साउन,२२-सर्वोच्च अदालतले ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउने गरी भएका निर्णयमा संलग्न मन्त्रिपरिषदका पदाधिकारीसमेतलाई अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको छ। न्यायाधीश अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासले आइतबार ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मन्त्रिपरिषदबाट भएका निर्णयमा समेत संलग्नलाई अनुसन्धान गर्न आदेश दिएको हो। सर्वोच्चको यो आदेशसँगै ललिता निवासको सरकारी जग्गा […]
क्यानडा टी-ट्वान्टी लिगमा नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्ट्रियल टाईगर्स च्याम्पियन
काठमाण्डौं,साउन,२२-क्यानडा टी-ट्वान्टी लिगमा नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्ट्रियल टाईगर्स च्याम्पियन बनेको छ। नेपाली स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्सलाई ५ विकेटले हराउदै मोन्ट्रियल टाईगर्स च्याम्पियन भएको हो। टस हारेको सर्रेले पहिला ब्याटिङ गर्दै २० ओभर खेल्दै जितका लागी मोन्ट्रियल टाईगर्स लाई १३१ रनको टार्गेट दिएको थियो। निकै रोमाञ्चक बनेको खेलमा मोन्ट्रियल टाईगर्सलाई २० ओभरको समाप्तीको अन्तिम […]
नेपाली राष्ट्रिय क्रिकेट टिमबाट शुक्रबार मात्र सन्न्यासको घोषणा गरेको भोलीपल्ट ज्ञानेन्द्र मल्ल बेलायत पुगे
काठमाडौं,साउन,२१-नेपाली राष्ट्रिय क्रिकेट टिमबाट शुक्रबार मात्र सन्न्यासको घोषणा गरेका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल शनिबार बेलायत पुगेका छन्।लन्डनमा नेपाली समुदायले आयोजना गर्ने ब्रिटिश नेप्लिज प्रिमियर लिगको दोस्रो संस्करणमा सहभागी हुन ज्ञानेन्द्र बेलायत पुग्नु भएको छ। अगष्ट ६ बाट हुने प्रतियोगिताको मुख्य आयोजक केटिएम ट्राभल एन्ड टुर्सले ज्ञोनन्द्र मल्ललाई लिगको विशेष अतिथिका रुपमा लन्डन लगेको हो।मल्लले यूकेमा रहेका नेपालीहरुबीच हातेमालो […]
माओवादी केन्द्र एकढिक्का भएको छ : अध्यक्ष दाहाल
काठमाडौं,साउन,२१-प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र पार्टी एकढिक्का र भावनात्मक रुपले एकजुट भएको बताउनुभएको छ। आइतबार पार्टीको केन्द्रीय कमिटी बैठकको समापन मन्तव्य राख्दै अध्यक्ष दाहालले यस केन्द्रीय कमिटी बैठकपछि पार्टी एक ढिक्का भएको बताउनुभएको हो।उहाँले नेताहरु भावनात्मक रुपले पनि एकजुट भएको भन्दै माओवादी केन्द्र पुनः जाग्ने बताउनुभयो। अध्यक्ष दाहालले पार्टीले देशको नेतृत्व […]
मधेशी आयोगको अध्यक्ष डा.दत्त भारत जादै
काठमाण्डौं,साउन,२१-मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त सोमबार भारत जाने कार्यक्रम निश्चित भएको छ।सोमबार दिउँसोको नेपाल एयरलाइन्सको विमान द्वारा अध्यक्ष डा.दत्त भारत जान लागेको अध्यक्ष डा.दत्तको सचिवालयले जानकारी दिएको छ। शैक्षिक तथा धार्मिक भ्रमणको लागि भारत जान लागेका दत्तले मंगलबार राष्ट्रिय महिला आयोग, भारतकी अध्यक्ष रेखा शर्मा सहित अन्य उच्चपदस्थ अधिकारीहरु संग भेटघाट गर्ने कार्यक्रम रहेको सचिवालयले […]
माओवादी पदाधिकारीको जिम्मेवारी तोकियो
काठमाडौं,साउन,२१-नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित ४ सय ७ जना केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकेको छ। आइतबार बिहान बसेको पदाधिकारी बैठकले नेताहरू जिम्मेवारी तोकेको हो। कार्यविभाजनसम्बन्धी प्रस्ताव अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समिति बैठकमा पेस गर्ने बताइएको छ। जिम्मेवारी बाँडफाँट अनुसार अध्यक्ष दाहाललाई समग्र पार्टीको जिम्मेवारी दिएको छ।उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसारको जिम्मेवारी दिएको छ। उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी […]
ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास
काठमाडौं,साउन,१९-नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मल्लले सन्यासको घोषणा गर्नु भएको हो। अन्तर्राष्ट्रिय क्रिकेटबाट पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने समेत बताउनुभयो। पारस खड्काले नेपाली राष्ट्रिय टिमको नेतृत्व त्यागेपछि ज्ञानेन्द्र कप्तान बन्नु भएको थियो।२०७६ सालमा उनी राष्ट्रिय टिमको कप्तान बन्नु भएको थियो।
राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेको छ : चित्रबहादुर केसी
काठमाडौं,साउन,१९-राज्य व्यवस्था तथा सुशासन समितिका सभापति चित्रबहादुर केसीले राज्यसत्ता नै लुटपाटमा लागेको बताउनुभएको छ।शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति केसीले राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेको बताउनुभएको हो। उहाँले कुनै पार्टी र व्यक्ति विशेषमात्र नभई सम्पूर्ण राज्यसत्ता नै लुटपाटमा सामेल भएको बताउनुभयो।सभापति केसीले राज्य व्यवस्था तथा सुशासन समितिमा सभापतिको […]

