नेपालगन्ज,चैत्र,१९- नेपाल आइडल सिजन १ का सेकेन्ड रनरअप तथा पछिल्लो समयमा चलचित्रका चर्चित पार्श्व गायक प्रताप दासको नयाँ गीत “मलाई किन” सार्वजनिक भएको छ। आफ्नो प्रेमी-प्रेमिकाको वियोगान्त कथा समेटिएको गीतमा तिर्थ विश्वको शब्द तथा सङ्गीत रहेको छ भने प्रताप दासको आवाज रहेको छ। हेर्दा निकै नै आकर्षक लाग्ने गीतको भिडियोमा उदयमान मोडल प्रशान्त केसी,नवीन खड्का […]
ब्यानर न्यूज
कङ्के देउराली नि.मा.वी को २०७५ सालको नतिजा प्रकाशित
गुल्मी ,चैत्र,१९- श्री कङ्के देउराली निम्न माध्यमिक विद्यालय मदाने गाउँपालिका-६, पुर्कोट दह गुल्मीमा हिजो एक विशेष कार्यक्रमका साथ शैक्षिकसत्र २०७५ को बार्षिक परिक्षाको नतिजा सोमबार प्रकाशित भएको छ। उक्त बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्री भोजबहादुर कुँवरको सभापतित्वमा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि मदाने गाउँकार्यपालिका उपाध्यक्ष सरिता खड्काले गर्नु भएको थियो । कार्यक्रमको विशेष अतिथिहरुमा मदाने […]
आठौँ राष्ट्रिय खेलकुदको लागि खजुरामा वृहत छलफल
नेपालगन्ज,चैत्र,१८- आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भब्य र सभ्य बनाउन जनप्रतिनिधि, विभिन्न संघसंस्था, राजनीतिक दल, पूर्व खेलाडी, नागरिक समाजका अगुवा, संचारकर्मी लगायतसँगको छलफललाई तीव्र पारेका छन् । ५ बैशाख, २०७६ मा उद्घाटन र ११ बैशाखमा समापन विभिन्न निकायगर्ने मिति तय भएपछि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले विभिन्न निकायसँगको छलफललाई तीव्र पारेका हुन् । […]
प्रधानमन्त्री ओली हावाहुरीबाट प्रभावित जिल्ला जाँदै
काठमाण्डौं,चैत्र,१८- प्रधानमन्त्री केपी शर्मा ओली बारा जान लाग्नु भएको छ । बारा र पर्सामा आइतबार राति आएको हावाहुरीले प्रभावित पारे पछि प्रधानमन्त्रीले आफ्नो गृह जिल्ला झापामा हुने सबै कार्यक्रम स्थगित गरेर प्रदेश २ को हुरी प्रभावित जिल्ला जान लाग्नु भएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीका अनुसार उहाँले झापाका सबै कार्यक्रमहरु स्थगित गरेर हुरी प्रभावित जिल्ला जान […]
हावाहुरीबाट ज्यान गुमाएका परिवारलाई तीन लाख दिने प्रदेश सरकारको निर्णय
काठमाण्डौं,चैत्र,१८- प्रदेश २ को मन्त्रिपरिषद् बैठकले बारा र पर्सामा आइतबार राति भएको हावाहुरीबाट ज्यान गुमाएका परिवारलाई तत्काल ३ लाख रुपैया उपलब्ध गराउने र घाइतेको निःशुल्क उपचार गरिदिने भएको छ। आइतबार राति भएको हावाहुरीको वितण्डाले मृत्यु हुनेको संख्या ३१ पुगेको छ भने चार सय भन्दा बढी घाइते भएका छन्। सोमबार विहान प्रदेश सरकाकारको आकस्मिक बैठकले घटनाप्रति गहिरो शोक प्रकट गर्दै […]
उद्धारमा खटिन कांग्रेस कार्यकर्तालाई सभापती देउवाको निर्देशन
काठमाडौं,चैत,१८- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बारा, पर्सालगायत तराईका विभिन्न जिल्लामा उद्धार तथा राहतमा खटिन पार्टीका कार्यकर्तालाई निर्देशन दिनुभएको छ । गएराति बारा, पर्सालगायतका जिल्लामा भीषण हावाहुरीका कारण जनधनको क्षति भएकोमा दुःख व्यक्त गर्दै उहाँले ती क्षेत्रमा राहत तथा उद्धारमा परिचालन हुन आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभएको हो । आजबिहान बिहान ट्वीट गर्दै देउवाले […]
आजदेखी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने
काठमाण्डौं,चैत्र,१८- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महिना दैनिक १० घण्टा बन्द हुने भएको हो । धावनमार्गको पिच परिवर्तन गर्दा विमानस्थलको सञ्चालन अवधि १४ घण्टाको हुनेछ । मर्मतको अवधि अर्थात ९१अप्रिल २०१९ देखि जुन ३०० […]
बारा-पर्सामा हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३१ पुग्यो : ४०० भन्दा बढी घाइते
बिरगंज,चैत्र,१८- अपडेट :……✍🏻 बारा जिल्लामा मात्र हावा हुरीका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ। आइतबार साँझ आएको हावा हुरीले २७ जनाको मृत्यु भएको हो ।घटना राती भएको हुँदा ठूलो संख्यामा मानवीय क्षति भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी हेम शाहीले जानकारी दिनुभएको छ ।’जिल्लाभरी सुरक्षाकर्मी परिचालन भएको छ। राति साढे १० बजेसम्म २४ […]
जातिय भेदभाव विरुद्ध बृहत छलफल कार्यक्रम नरैनापुरमा सम्पन्न
नेपालगञ्ज,चैत्र,१७- अन्तराष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवसको अवसरमा जातिय भेदभाव उन्मुलन सम्बन्धिको बृहत छलफल कार्यक्रम सम्पन्न गरिएको छ । दलित संजाल मंच बाँके को आयोजना र नरैनापुर गाँउपालिकाको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा दलित अधिकार, परिवर्तित सन्दर्भमा जातिय विभेदका आयामहरु र अवस्थाहरु, वर्तमान कानुन र कानुनको पालनको अवस्था, सरोकारवाला र स्थानिय सरकारको जातिय भेदभाव तथा छुवाछुतको अन्त्यकालागि […]
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत बक्सिङ प्रतियोगिताको लागि रिङ्ग निर्माण पूरा
नेपालगन्ज,चैत्र,१७- नेपालगन्जमा सम्पन्न हुने आठौं राष्ट्रिय खेलकुदको समुद्घाटन बैशाख ५ गते हुने भएता पनि यहि चैत्र २९ गते हुने बक्सिङ खेलको लागि बक्सिङ्ग रिङ्गको तयारी पूरा भएको छ। बक्सिङ्ग खेलको लागि बाँकेको खजुरामा अबस्थित ज्ञानोदय नमुना माध्यामिक बिद्यालयको प्राङ्गणमा बक्सिङ रिङ्ग तयार पारिएको प्रचारप्रसार उपसमितिका संयोजक रोहित दाहालले जानकारी दिनु भयो। चैत्र २९ देखि सन्चालन […]




