बाँके बागेश्वरी कलेजले गर्यो आठौँ सेमेस्टरका बिद्यार्थीलाई विदाई

नेपालगन्ज, चैत्र,०५- मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा उत्कृष्ट नतिजा दिन सफल अाई टी सम्वन्धी पढाइ गर्ने बाके बागेश्वरी कलेज( बिएसि सिएस आइटि) नेपालगन्जले अाज एक कार्यक्रम गरि अाठौं सेमेष्टरका बिद्यार्थीहरुलाई विदाई गरेको छ । उक्त कलेजका सातौँ सेमेस्टरमा अध्यनरत बिद्यार्थीद्वारा आयोजित गरिएको बिदाई कार्यक्रम नेपालगन्जमा रहेको अाई पि कम्पेल्क्स होटलमा सम्पन्न भएको थियो। त्यसै कलेजका […]

होलिको अवसरमा पत्रकार र स्थानिय युवा समुहबिच मैत्रीपुर्ण फुट्बल प्रतियोगिता हुँदै

नेपालगन्ज,चैत्र,०५- होलिको अवसर पारेर आदर्श युवा वचत समूह खजुराको आयोजनामा चैत्र ७ गते बिहिवार बाँकेको खजुरामा पत्रकार र स्थानिय युवा समुहबिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने भएको छ। पाँच हजार रासि रहेको उक्त प्रतियोगिता पत्रकार र स्थानिय युवा वचत समुहबिच मात्रै हुनेछ। प्रतियोगिताको लागि बाँकि तयारि भैरहेको आदर्श युवा वचत समुहका सचिव सुवास निरौलाले जानकारी दिए। […]

विज्ञापन नियमन गर्ने विधेयकमाथि छलफल जारी

काठमाडौँ,चैत,५- विज्ञापन व्यवसायलाई मापदण्ड बनाई नियमन गर्ने र विज्ञापनको स्पष्ट नीति बनाई करको दायरामा ल्याउने उद्देश्यले बनाइएको विधेयकमाथि दफाबार छलफल जारी छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा सो ‘विज्ञापन (नियमन गर्ने)े विधेयक–२०७५’ माथि छलफल जारी छ । बिहीबारदेखि सो विधेयकमा दफाबार छलफल शुरु भएको थियो । विधेयकमा होर्डिङ बोर्डबाट विज्ञापन गर्न अनुमति लिनुपर्ने, विज्ञापनरहित प्रकाशन […]

प्रचण्ड विरुद्ध अमेरिकामा उजुरी,पक्राउ गर्न माग (उजुरीपत्रसहित)

काठमाडौं,चैत,५- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध अमेरिकामा उजुरी परेको छ ।पत्नी सीता दाहालको उचारका लागि भन्दै अमेरिका पुगेका दाहाललाई पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी हालिएको हो । अमेरिकाको केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत् तिलकबहादुर श्रेष्ठले बाल्टीमोरस्थित संघीय ब्यूरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै तत्कालीन माओवादीका अध्यक्षसमेत रहेका ‘प्रचण्ड’विरुद्ध […]

बाँकेमा होलीको चहलपहल शुरु

नेपालगन्ज, चैत्र,०४- असत्य माथि सत्यको विजय उत्सबका रुपमा मनाउने होलि पर्व अाउन दुई दिन बाकी रहदै बाँकेको नेपालगन्जमा चहलपहल शुरु भएको छ । नेपालगन्जको त्रिभुवन चोक नजिकै बिच सडकमा होलिको अविर, माला राखेर फुटपाथे पसलहरु सञ्चालन गरिएको छ भने अन्य ठाउँ ठाउँमा पनि अविर लगायतका सामान बिक्री वितरणका लागि राखिएको पाईन्छ । त्यसै गरी विभिन्न […]

चैत्र भित्रै आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै

नेपालगन्ज,चैत्र,०४- राष्ट्रिय खेलकुद परिषद्ले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता कुनै पनि हालतमा चैतभित्रै हुने जनाएको छ । नेपालगञ्ज रंगशाला परिसरमा आज मिडिया सेन्टरको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब कुमार विष्टले चैतको २५ देखि ३० गतेसम्ममा प्रतियोगिताको औपचारिक उद्घाटन हुने बताउनुभयो । प्रतियोगिताको उद्घाटन ढिलोमा अन्तिम साता गरिएपनि प्रतियोगिताका विभिन्न खेलहरु भने २० गतेदेखि […]

चैत्र १ र २ गते देवकोटा हेल्थकेयर नेपालगन्जमा डा.कविता अधिकारी आउँदै

नेपालगन्ज,चैत्र,०१- नेपालगन्जको पासङ्ल्हामु मार्ग स्थित देवकोटा हेल्थकेयर सेन्टर एवं निर्मल फार्मेसिमा आज(शुक्रबार ) र भोलि(शनिबार) वरिष्ठ स्त्री प्रसुती तथा नि:सन्तान रोग विशेषज्ञ डा. कविता अधिकारी आउँने हुनुभएको छ। डा. अधिकारी लामो समय देखि काठमाडौ स्थित थापाथली प्रसुती गृहमा कार्यरत हुनुहुन्छ। डा.द्वारा शुक्रबार र शनिबार देवकोटा हेल्थकेयर सेन्टरमा बिरामिहरुले निम्नलिखित सेवाहरु लिन सक्नेछन: >नि: सन्तान दम्पती(बाँझोपन) […]

नाम मात्र को दैलेख महोत्सव ? पर्यटनको नाममा व्यापार ?

दैलेख,चैत्र,१- महोत्सव भनेपछि केहि नयाँ पन दिनु आयोजकको दायित्व हो तर दैलेखमा यसको ठिक उल्टो भएको छ । दैलेख जिल्ला एक ऐतिहासीक तथा पर्यटकीय जिल्ला हो तर दैलेख महोत्सवमा यसको कुनै कुरा झल्किएको छैन् । विगतका वर्ष झै यसपटक पनि कुनै नयाँ पन देखिएन । स्टलहरुमा त्यहि कपडा,भाडाकुडा, होटल हरुका स्टल मात्र रहेका छन् । […]

एक थान भरुवा बन्दुक सहित सुर्खेतमा एक जना पक्राउ

सुर्खेत,फाल्गुन,३०– एक थान भरुवा बन्दुक सहित बिहीबार एक जनालाई इलाका प्रहरी कार्यालय छिन्चुले सुर्खेतको भेरिगङ्गा नगपालिका ६ झिग्निबाट नियन्त्रण मा लिएको छ । फाल्गुन २९ गते बुधबार सन्ते सुनार भनेर चिनिने ब्यक्तिको घरमा लुकाइ छिपाइ अबैद रुपमा भरुवा बन्दुक छ भन्ने सुचनाका आधारमा घर खान तलास गर्दा १ थान भरुवा बन्दुक,बन्दुकमा प्रयोग गरिने बारुद,गन्धक र […]

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्वन्धी जनचेतना अभिबृद्दि कार्यक्रम सम्पन्न

नेपालगन्ज,फाल्गुन,३०- श्रम तथा रोजगार कार्यालय नेपालगन्ज बाँकेको अायोजनामा अाज नेपालगन्जको न्यु ईन्द्रेणी होटल न्यु रोडमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्वन्धी स्थानीय स्तरमा जनचेतना अभिबृद्दि कार्यक्रम सम्पन्न भएको छ । श्रम तथा रोजगार कार्यालय बाँके नेपालगन्जका कारखाना प्रमुख हरिशरण चौलागाईंको अध्यक्षता , अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नं ५ का संयोजक दान बहादुर वलीको बिशिस्ट […]