काठमाण्डौं,चैत,८- नेपालगञ्जको कोइराला परिवारलाई शोक परेको छ । नेपाली काँगे्रसका पुर्व सभापती एवं पुर्व प्रधानमन्त्री स्व सुशिल कोइरालाका कान्छा भाई विजय कोइरालाको आज विहान निधन भएको छ । नेपालगञ्ज– १० निवासी ७४ वर्षिय कोईरालाका आज विहान भैसेपाटी मेडीसिटी अष्पतालमा उपचारकै क्रममा निधन भएको हो । उहाँ दुई हप्तादेखि निमोनीयाबाट ग्रस्तु हुनुहुन्थ्यो । साविकको वडा न […]
ब्यानर न्यूज
फेसबुकका मालिक मार्क जुकरबर्गले गल्ती स्वीकार्दै भनेः ‘विश्वासघात भयो’
काठमाडौं,चैत,८- सामाजिक सञ्जाल फेसबुकले करोडौं प्रयोगकर्ताको डाटा चोरी भएकोमा गल्ती स्वीकार गरेको छ । क्याम्ब्रिज एनालिटिका स्क्यान्डल सार्वजनिक भएपछि फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो कम्पनीको गल्ती भएको स्वीकार गरेका हुन् । उहाँले फेसबुक प्रयोगकर्ताका सामग्री तेस्रो पक्षले जानकारी लिन नसकिने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले एप्स बनाउने अलेक्जेन्डर कोगन, क्याम्ब्रिज एनालिटिका र फेसबुकका […]
आज विश्व पानी दिवस
काठमाडाैँ,चैत,८- आज विश्व पानी दिवस विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइँदै छ । पानीको उपयोग तथा स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ पानी दिवस मनाउन लागिएको हो । विश्वभर पानीका स्रोत क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९३ देखि मार्च २२ का दिन […]
माध्यमिक शिक्षा परीक्षा एसईई आजबाट सुरु
काठमाडौं, चैत,८- माध्यमिक शिक्षा परीक्षा एसईई आजबाट देशभर एकै साथ शुरु हुँदै छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ७७ वटै जिल्लाका ४ लाख ८५ हजार ५ सय ८६ जना परीक्षार्थी सहभागी हुँदै छन् । जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ छन् । परीक्षा नियन्त्रण कार्यालयले १ हजार […]
पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आठौं स्मृति दिवस मनाईंदै
काठमाडौं, चैत,७- पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको आठौं स्मृति दिवस आज मनाईदै छ । नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं पछिल्लो शान्ति र संविधान निर्माण प्रक्रियाका सूत्रधार कोइरालाको २०६६ साल चैत्र ७ गतेका दिन ८७ वर्षको उमेरमा निधन भएको थियो । नेपाली राजनीतिमा सबैभन्दा बढी ताली, गाली खाँदै अन्त्यमा नायकको उपाधि पाउनु भएका […]
तीन वर्षभित्र नेपाल कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्छ : मन्त्री खनाल
काठमाडौं, चैत,६- कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले तीन वर्षभित्र नेपाललाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने दाबी गरेका छन् । आज राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कारमा मन्त्री खनालले नेपाललाई पाँच वर्षभित्र अग्र्यानिक कृषि उत्दानको निर्यातकर्ता देश बनाउने बताउनुभयो । कृषि क्षेत्रको उत्पादकत्व बढाएर भारतबाट हुने आयातलाई प्रतिस्थापन गरिने उनको भनाइ थियो । मन्त्री खनालले कृषिजन्य […]
विमान दुर्घटनामा ज्यान गुमाएका २३ बंगलादेशी नागरिकको शव ढाका लगियो
काठमाडौं, चैत,५- युएस–बंगला एअरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका २३ जना बंगलादेशी नागरिकको शव आज बंगलादेश लगिएको छ । उनीहरुको शव बंगलादेश एअरफोर्सकोमार्फत् ढाका लगिएको हो । विमान दुर्घटनामा २६ जना बंगलादेशी नागरिकको मृत्यु भएको थियो । तीमध्ये तीनजनाको शव अझै पहिचान भएको छैन । शवहरुलाई बंगलादेशको सैनिक रंगशालामा राखिने र प्रधानमन्त्री शेख हसिनाले श्रद्धाञ्जलि […]
पाँच वर्षभित्र मुलुकको कायापलट गर्ने प्रधानमन्त्री ओलीको उद्घोष
काठमाडौं, चैत,५- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू हात बाँधेर बस्नको लागि प्रधानमन्त्री नभएको बताउनु भएको छ ।राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान भवनको आज काठमाडौंको मातातीर्थमा उद्घाटन गर्दे उनले आफूले काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।अरुको प्रगति सुनेर बस्ने र कुरा गर्ने दिन अब नभएको भन्दै प्रधानमन्त्री ओलीले आगामी पाँच वर्षभित्र नेपालको कायापलट गर्ने […]
चौधरीलाई शपथ खुवाउने सरकारको कुनै तयारी छैनः मन्त्री तामाङ
काठमाण्डौँ,चैत,५- कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले सांसद रेशम चौधरीलाई शपथ खुवाउने सरकारको कुनै तयारी नभएको स्पष्ट पार्नु भएको छ । आज मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले चौधरीको अभियोग प्रमाणित नभए पनि उहाँको शपथबारे सरकारले निर्णय लिई नसकेको जानकारी दिनु भयो । अभियोग प्रमाणित भए कानुनबमोजिम कारबाही हुने पनि उहाँको भनाई थियो । टीकापुर घटना […]
रेशम चौधरीलाई जेलभित्रै शपथ गराउने तयारी
काठमाडौं, चैत,५- साढे दुई वर्षअगाडिको ‘टीकापुर घटना’ का मुख्य आरोपी रेशम चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी भएको छ।सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूसँग छलफल थालेको छ। राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ र निर्वाचन जितेको प्रमाणपत्र उपलब्ध गराउने तयारी गरेको गृह मन्त्रालय स्रोतले बतायो। राजपा नेताहरूले चौधरीको […]










