रोशन घर्ति दाङ,असोज,२४- देउसी रे …………देउसी रे……..भन्दा केटाकेटी रहँदा गाउँमा भाच्चिएको डर्म बजाउदै गाउँमा ५ रुपिया पाईने दाउमा साथीहरुसँग हिडेको सम्झना आयो । किनकी अब त टिन एजमा छु । अब मलाई त्यो पुरानो दिनमा फर्कीएर रमाउन पनि सक्दैन न त आफु भन्दा धेरै ठुलासँग रमाईलो गर्नपनि खासै रमाईलो हुदैन । यसो भन्दै गर्दा महान […]
ब्यानर न्यूज
दाङमा बस र ट्रक ठोकिदा एक जनाको मृत्यु
रोशन घर्ति दाङ,असोज,२४- दाङमा बस र ट्रक ठोकिदा एक जनाको मृत्युभएको छ भने ११ जना घाईते भएका छन् । ना ४ ख ७४५९ नम्वरको बस र लु २ ख २६५ नम्वरको ट्रक लमही नगरपालिका ८ सतवरीयामा ठोकिदा बसमा सवार बर्दिया राजापुर नगरपालिका १० निवासी रामकृष्ण चौधरीको मृत्यु भएको हो । दुर्घटनामा परी घाईते भएका ११ […]
राप्रपा तत्काल सरकारमा सहभागी नहुने
दाङ,असोज,२४- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देउवा सरकारलाई निशर्त समर्थन गरेको बताउँदै तत्कालै सरकारमा सहभागी हुनेबारे नसोचेको बताएका छन् । माओवादी नेता जनार्दन शर्मालाई हटाएर कमल थापा गृहमन्त्री बन्न लागेको चर्चा भइरहेका बेला थापाले मंगलबार बिराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सरकारमा सहभागी हुनेबारे नसोचेको बताएका हुन् । राप्रपा सरकारमा सहभागी हुने कुरालाई उनले बाहिरी […]
बस दुर्घटना हुँदा तीन जनाको मृत्यु
रोशन घर्ति दाङ,असोज,२४- दाङ र बाँकेको सीमानामा पर्ने लौकी खोलामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौंबाट धनगढी जाँदै गरेको ना ४ ख ८२५५ नम्बरको यात्रुबाहक बस दाङ भन्दा केही दूरी अगाडि पुगेपछि सडकबाट १५ मिटर तल खोलामा खसेको हो । दुर्घटनामा १२ जना घाइते भएका छन् । उनीहरुको कोहलपुरमा उपचार भइरहेको […]
म्यादी प्रहरीमा भर्ना खुल्यो
काठमाडौं, असोज २४- सरकारले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावका लागि म्यादी प्रहरीको भर्ना आवेदन खुलाएको छ । मंसिर १० र २१ गते हुने चुनावका लागि सुरक्षा प्रदान गर्न नेपाल प्रहरीको मानव स्रोत विकास विभागले म्यादी प्रहरीको भर्ना खोलेको हो । सरकारले ९८ हजार २६८ जवानका लागि भर्ना खुलाएको हो । इच्छुक र […]
दाङको देउखुरीमा पेट्रोलियम ग्यासको भुगर्भ विभागद्वारा अध्ययन
नरेश खड्का/ दाङ, असोज,२४- दाङको देउखुरीस्थित राप्ती नदीको बगरमा ‘पेट्रोलियम ग्यास’ निस्केको विषयमा खानी तथा भुगर्भ विभागले अध्ययन गरेको छ । केही दिनदेखि ग्यास निस्केको स्थानीयले बताएपछि खानी तथा भू–गर्भ विभागबाट आएका विशेषज्ञले स्थगलत अध्ययन गरेको हो । अवलोलनपछि बगरमा ग्यास निस्केको सत्य भए पनि मिथेन या पेट्रोलियम कुन ग्यास हो थप अध्ययनपछि मात्र थाहा […]
प्रहरीलाई फोन गरी मनोज पुन समूहबाट गौचनको हत्या गरेको दाबी
काठमाण्डौ,असोज,२३- निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले राजधानी बाट तीन जनालाई प्रकाउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले तीन जनालाई पक्राउ गरेको परिसरका प्रमुख एसएसपी रविन्द्र धानुकले बताउनुभयो । पक्राउ पर्नेमा काभ्रेका छिरिङ तामाङ, संजय तामाङ र दिलीप लामा रहेका छन् । प्रहरीले उनीहरुको साथबाट १ थान […]
निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली हानी हत्या
काठमाण्डौं,असोज-२३- निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानेर हत्या भएको छ । काठमाडौंको बानेश्वर खरिबोटमा गौचनमाथि अज्ञात समूहले आज दिउँसो गोली हानेको थियो । उहाँको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । गौचनको पेटमा दुईवटा गोली लागेको छ । बा १३ ४९४८ नम्बरको गाडीमा सवार गौचनलाई गाडीभित्रै गोली लागेको थियो । गाडीको अगाडिको […]
माओवादी केन्द्रलाई सरकारबाट हटाउने बारेमा छलफल सुरु
रोशन घर्ति दाङ,असोज,२३- नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनभित्र माओवादी केन्द्रलाई सरकारबाट हटाउने बारेमा छलफल सुरु भएको छ । गठबन्धनभित्र जारी औपचारिक तथा अनौपचारिक छलफलमा माओवादीलाई सरकारबाट हटाउने बारेमा छलफल भएपनि निर्णय अझै भइनसकेको काँग्रेस नेता रमेश लेखकले बताउनुभयो । उहाँका अनुसार निर्वाचन आयोगले आचारसंहिता लागु गरेको भए पनि विशेष राजनीतिक परिस्थिति निर्माण भएका कारण निर्णय […]
आज विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी मनाइदै
काठमाडौं,असोज,२३- आज विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनी मनाइदैँछ । विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा हुलाकलाई लिइन्छ । विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा र्पुयाउने उद्देश्यले विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको हो । […]










