काठमाडौं,असोज,२३- नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक अहिले केहि बेरमा प्रधानमन्त्री निवासमा बस्दैछ । बैठकमा कांग्रेसले सरकार पुनःगठनका विषयमा थप छलफल गर्ने काँग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो । यस्तै बैठकमा दलहरुले मागेका सिट संख्या, तालमेल रणनीति, सरकार पुनःगठनलगायतका सबै विषयमा छलफल हुने नेता लेखकले बताउनुभयो । उहाका अनुसार राप्रपालाई सरकारमा ल्याउने गरि गृहकार्य भइरहेको छ । […]
ब्यानर न्यूज
हाम्रा कुन नेताको पढाइ कति, डबल डिग्री देखि अन्डर एसएलसी सम्मका मन्त्री
काठमाण्डौं,असोज,२३- एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेताहरूको योग्यताबारे प्रश्न गरियो । देउवाले जंगिएर त्यसको जवाफ दिए । त्यो सन्दर्भ त्यतिवेला सामाजिक सञ्जालमा भाइरल नै भयो । यसरी नेता तथा मन्त्रीहरूको शैक्षिक योग्यता आमचासोको विषय हुने गरेको छ । डिग्री गरेका युवा देशमा रोजगारी नभएर खाडी जानुपरेका वेला नपढेको नेताले देश चलाउँदा देश पछि परेको […]
राजपा का सहमहामन्त्री मिश्रद्वारा पार्टी परित्याग
बाँके,असोज,२३- राष्ट्रिय जनता पार्टी (राजपा) का सहमहामन्त्री रहेका बाँकेका पशुपतिदयाल मिश्र पार्टी छोडेर स्वतन्त्र भएको केही दिनमै बाँके क्षेत्र. न २ बाट सुर्य चिह्नमा चुनावी मैदानमा उत्रिने निर्णयमा पुगे । तीनजना बाहलवाला संसादलाई सिफारिस सुचीमा नपारेको एमाले बाँकेले मिश्रलाई भने एकल उम्मेदवाका रुपमा अघि सारेको छ । मिश्रलाई उम्मेदवार बनाउनु एमालेको बाध्यता होला त्यसले भुईचाले […]
ओली प्रधानमन्त्री, दाहाल कार्यकारी राष्ट्रपति
काठमाण्डौं,असोज,२२- दशैं सुरुतिर नै पार्टी एकता प्रक्रिया अगाडि बढाउँदै आगामी चुनावमा तालमेल गर्ने सहमतीमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगिसकेका थिए। एमाले–माओवादी केन्द्रबीच मात्र होइन, वामपन्थी एकतामा नयाँशक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई समेत सामेल गर्ने सहमती अध्यक्ष दाहाल र नयाँशक्तिका संयोजक बाबुराम भट्टराईबीच फूलपाती (११ […]
लोकतान्त्रिक र बाम गठबन्धनका दुबै कार्यदलको कुरो अझै मिलेन
काठमाडौं, असोज २२- लोकतान्त्रिक र बाम गठबन्धनका दुबै कार्यदलले अझै आफ्नो निर्णय दिन सकेका छैनन् ।दुबै कार्यदलले आफू टुंगोमा पुग्न नसकेको विषय शीर्ष नेताको तहमै लैजाने भएका छन् । लोकतान्त्रिक गठबन्धनको कार्यदल बैठकमा नेपाली कांग्रेसले बनाएको क्षेत्र निर्धारणसम्बन्धि प्रस्तावमा छलफल भइरहेको छ ।बैठकमा नेपाली कांग्रेसले पाउने क्षेत्र र अरु दलले पाउने क्षेत्रबारे अवधारणामा छलफल चलिरहेको […]
नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारआज कांग्रेसमा प्रवेश गर्दै
काठमाण्डौ,असोज,२२- नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार आज आईतबार नेपाली कांग्रेसमा प्रवेश गर्नुहुवे भएको छ । पछिल्लो समय पार्टीभित्र वाम गठबन्धनमा सहभागी हुने कि लोकतान्त्रिक मोर्चामा सहभागी हुने भन्नेबारे व्यापक विवाद भैरहेको बेला अध्यक्ष गच्छदारले भने आज नै कांग्रेसमा पार्टीलाई विलय गराउने तयारी गरेको उनी निकट उच्च स्रोतले जानकारी दिएको छ । गच्छदारले स्थानीय तहको […]
भारतमा पक्राउ परेका देवनारायण रिहा
सप्तरी,असोज २१- अपहरण मुद्दामा भारतीय कारागारमा परेका सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ निवासी देवनारायण यादव र उनका छोरा अजय यादव शनिबार रिहा भएका छन् । भारत, विहार राज्यको वीरपुरस्थित न्यायालयका सहायक न्यायाधीश अभिषेक रञ्जनको एकल इजलासले सामान्य तारेखमा उनीहरुलाई रिहा गरेको हो । गत शनिबार सीमा क्षेत्रमा रहेको कुनौलीबजारमा सांस्कृतिक कार्यक्रम हेर्न गएकाबेला देवनारायणका छोरा अजयलाई भारतीय […]
वाम एकताप्रति असन्तुष्टि जनाउँदै एमाले नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
पर्वत,असोज,२१- देशमा बामपन्थी दलहरु चुनावी एकता र पछि पार्टि एकता गर्ने योजनामा रहेका छन् । तर, बामपन्थी गठबन्धनले देशमा अनिष्ट ल्याएको र कार्यकर्ताहरुको भावना माथि खेलवाड गरेको भन्दै बामपन्थी दलका कार्यकर्ताहरु भने, धमाधम नेपाली काँग्रेसमा प्रवेश गर्न थालेका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको कार्यलयमा आएर प्रवेश गर्नेहरुको लहर चलेको छ । मुलुकलाई कम्युनिष्टहरुले […]
कुवेत आएकी गीता ८ बर्षदेखि सम्पर्क बिहिन्
प्रदिप नेपाली/ कुवेत,असोज,२१- रोजगारीको शिलशिलामा ८ बर्ष पहिले कुवेत आएकी गीता श्रेष्ठ सम्पर्क बिहिन बनेकी छन् । साबिकको शिवगंज-५ लालपानी झापा हाल शिवासतासी नगरपालिका- ७ घर भएकी गीता श्रेष्ठ कुवेत आए लगत्तै परिवार देखि सम्पर्क बिहिन बनेकी हुन् । वास्तविक नाम गीता श्रेष्ठ भएपनि उनको बोलाउने नाम अप्सरा रहेको उनको परिवारले बताएका छन् । उनि […]
मापदण्ड र उम्मेदवार बाडफाडको अन्तिम कसरतमा
काठमाडौ,असोज,२१- नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति लगाएतका केहि सानादलहरुको तालमेलबाट बनेको वाम गठबन्धन मापदण्ड र उम्मेदवार बाडफाडको अन्तिम कसरतमा जुटेको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आजसम्म बाँडफाँड टुंग्याउन क्षेत्र बाँडफाँड समितिलाई निर्देशन दिएका छन् । समितिले आज सम्म क्षेत्र बाँडफाँडको काम टुङग्याउने जनाएको छ । अन्य […]










