कसरी सफल बन्ने ?

इन्द्र कार्की , महेन्द्रनगर, असोज,२१      जीवन सधै एकनासले अगाडी बढदैन । जीवनमा उतारचढाव आइरहन्छ । जसको दिमाग स्वस्थ हुन्छ, उसले यस्ता उतारचढावलाई सहजै स्वीकार्छ । दिमागलाई स्वस्थ राख्नका लागि आफूसँग रहेका सामान्य अस्वस्थ व्यवहार पन्छाउनुपर्छ । आफ्नो व्यवहार, भावना र विचार नियन्त्रण गर्न सकियो भने सफलता नजिकिँदै जान्छ । जीवनमा सफल बन्नका लागि केहि तथ्यहरुलाई […]

गायक प्रताप दासको “सम्झि मलाई”बोलको गित सार्वजनिक

रोशन घर्ति दाङ,असोज,२१- नेपाल आईडलका उत्कृष्ट तृतिय बन्न सफल गायक प्रताप दासको “सम्झि मलाई” बोलको गितको अडियो सार्वजनिक भएको छ । प्रदेशी युवाकोहरुको मन छुने गितमा आवाज दिनुभएको छ । सानै उमेरबाट गायीकीमा खुबै रुची भएका प्रताप दास यस अघि नेपाली तारा सिजन ३ को उत्कृष्ट चार बन्न सफल हुनुहुन्छ । नेपाल आईडलबाट गायक प्रदाप […]

अब सच्चा वामपन्थीको ध्रुवीरकरण हुन्छ : गजुरेल

म्याग्दी,असोज,२०- नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले मुलुकको राजनीतिमा अब सच्चा कम्युनिष्ट र वामपन्थीको ध्रुवीरकरण हुने बताउनु भएको छ । सदरमुकाम बेनीमा पत्रकारसँग कुरा गर्दै नेता गजुरेलले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टीबीचको चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति दक्षिणपन्थीको गठबन्धन भएको आरोप लगाउनुभयो । उहाँले तीन दलबीच हुने एकताले […]

ऋषि धमला कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस

धादिङ,असोज,२०- आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले धादिङबाट दुई पत्रकारको नाम उम्मेदवारको रुपमा सिफारिस गरेको छ। धादिङ कांग्रेसले रिपोर्टस क्लवका अध्यक्ष ऋषि धमला कांग्रेसको क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यको लागि समानुपातिक तर्फ सिफारिस गरेको छ ,भने घटना र विचार साप्ताहिकका प्रधानसम्पादक देवप्रकाश त्रिपाठी धादिङ क्षेत्र नं १ को […]

वाम गठबन्धनप्रति महरा र पुन असन्तुष्ट

काठमाडौं,असोज,२०- उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र अर्का नेता वर्षमान पुनले वाम गठबन्धनप्रति असन्तुष्ट देखिएका छन् ।वाम गठबन्धन बनाउन महरा र पुन दुवै असहयोगी हुने संकेत देखेपछि दाहालले ती दुवै नेतालाई छाडेर गृहमन्त्रीसमेत रहेका जनार्दन शर्मालाई सक्रिय बनाएका थिए । एमालेसँग तत्कालका लागि चुनावी तालमेल गर्ने र निर्वाचनपछि एकीकरण प्रक्रियामा […]

एकै ठाउबाट नेपालका पन्ध्र जिल्ला देख्न सकिने सल्यानको कुमाख

नरेश खड्का/ दाङ,असोज,२०- सल्यान जिल्ला धार्मिक तथा पर्यटकिय हिसाबले महत्वपूर्ण जिल्ला हो । यस जिल्लाको पहिचान झल्काउन यहाँका लेखबेशी, पाखापखेरा, तालतलैया, मठमन्दिर, जडीबुडी आदीले महत्वपूर्ण भूमिका खेलेका छन् । यहाँ रहेको कुमाख सल्यानीको पहिचान संग जोडिएको छ । समुन्द्री सतह बाट २ हजार ५ सय ३७ मिटर उचाइमा रहेको कुमाख बाट नेपालका १५ वटा जिल्ला […]

माओवादीको सरकारमा बस्ने नैतिक आधार समाप्त भएको कांग्रेसको निष्कर्ष

काठमाडौं, असोज १९- नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठकले लोकतान्त्रिक गठबन्धनलाई अगाडि बढाउन पार्टीबाट पठाउने व्यक्तिको नाम टुंगो लगाउन सकेन । कार्यसम्पादन समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा लोकतान्त्रिक गठबन्धनलाई अगाडि बढाउन पार्टीबाट पठाउने दुई व्यक्तिकाबारेमा छलफल भएपनि नाम सिफारिस गर्न सकेन । नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबाहेकका पार्टीलाई समेटेर बनेको […]

घोराहीको तुलसीपुर चोकमा घोराही उपमहानगरको फ्रि वाईफाई

दाङ,असोज,१९- उपमहानगरपालिकाले घोराहीको तुलसीपुर चोकमा वाईफाई सेवा प्रारम्भ गरेको छ । उपमहानगरले निति तथा कार्यक्रममा समाबेश गरेको फ्रि वाईफाई सेवालाई बुधबार देखी कार्वान्वयनमा ल्याएको हो । तुलसीपुर चोकमा जडान गरिएको फ्रि वाईफाई सेवा सबैले लिन सक्ने छन् । उच्च पावर रहेको वाईफाईले २ सय मिटर आसपास सम्म काम गर्न सक्ने गरी तुलसीपुर चोकमा वाईफाई जडान […]

आज देखि महेन्द्रनगरमा रामलिला मञ्चन हुने

इन्द्र कार्की महेन्द्रनगर,असोज,१९     आज देखि महेन्द्रनगरको खुला मञ्चमा रामलिला मञ्चन हुने भएको छ । रामलिला समिती कञ्चनपुरको आयोजनामा रामलिला मञ्चन हुन लागेको हो । रामलिला मञ्चनको लागि सवै तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । रामलिला समितिका महासचिव शमरजंग वहादुर चन्दले रामलिलाको तयारी अन्तिम चरणमा पुगेको वताए । उनका अनुसार रामलिलाका कलाकारहरुको तीन […]

लोकतान्त्रिक गठबन्धनका लागि कांग्रेसको आह्वान

काठमाडौं ,असोज,१८- नेपाली कांग्रेसले बृहत लोकतान्त्रिक गठबन्धन बनाउन औपचारिक पहल गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा जाने र त्यसका लागि कांग्रेसले पहल गर्ने निर्णय गरेको छ। काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यसहित कार्यसम्पादन समितिको बैठकले लोकतान्त्रिक दलहरुलार्इ गठबन्धनका लागि आव्हान समेत गरेको कांग्रेसका नेता बिमलेन्द्र निधिले बताउनुभयो । उहाँका […]