तडकभडक गर्नेको उम्मेद्वारी रद्द हुने प्रमुख निर्वाचन आयुक्तको चेतावनी

काठमाडौं,२९ भदौ      २ नम्बर प्रदेशको निर्वाचनमा भोज भतेर गरेर तडकभडक गर्ने उम्मेद्धवारको उम्मेद्वारी नै रद्द गर्ने चेतावनी प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दिएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले उम्मेद्धवारहरुले भोजभतेर गरेर चुनावी प्रचारप्रसारमा तडकभडक गरेको प्रमाण फेला परे उम्मेद्धवारी नै रद्द गरिदिने चेतावनी दिएका हुन्।‘चुनावमा उम्मेद्धवारहरुले […]

कांग्रेस र राजपाबीच प्रतिष्ठाको लडाईं

जनकपुरधाम,२९ भदौ      कांग्रेस नेता विमलेन्द्र निधि डेरा जमाएरै बसेका छन्, गृहनगरमा । उनलाई साथ दिँदै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि बुधबार भोट माग्न पुगे । निधिजस्तै सक्रिय छन्, राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो पनि । जनकपुरका लथालिंग अवस्थाका भित्री सडकमा महतोको ‘साइकल सवारी’ यतिबेला चर्चामा छ, मतदातामाझ । […]

दसैंको अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडौं, भदौ २७- सरकार र यातायात व्यवसायीबीच सहमति भएसँगै आज देखि खुलेको दसैंको अग्रिम टिकट बुकिङ गर्न पुग्ने सर्वसाधारणको निकै ठूलो घुइँचो लागेको छ । हिन्दूको महान् पर्व वडादसैं सुरु भएसँगै राजधानीबाट ठूलो संख्यामा सर्वसाधारण बाहिरिने गर्छन् । त्यसैका लागि सरकारले बसको अग्रिम टिकट बुकिङको व्यवस्था मिलाएको हो । काठमाडौको नयाँ बसपार्क, गौशाला, कोटेश्वर, कलंकी, […]

नेपालगंजमा पुर्ण खोप वार्ड घोषणाका लागि खोप समन्वय समिती गठन

बाँके,भदौ,२६- नेपालगंजमा पुर्ण खोप वार्ड घोषणाका लागि खोप समन्वय समिती गठन गरिएको छ । यहि २०७४ साल पौष १५ सम्म पुर्ण खोप वार्ड घोषणा गर्ने उद्देश्यले आज नेपालगंज १६ मा खोप समन्वय समिती गठन गरिएको हो । वार्ड आध्यक्ष हनिफ जोलहाको अध्यक्षतामा समिती गठन गरिएको छ । ११ सदस्यीय समन्वय समितिमा वार्ड पदाधिकारी ५ जना र […]

कमेरो खन्दा ढिस्कोले पुरीएर ओखलढुंगामा एक जनाको मृत्यु

सिर्जना बर्देवा/ ओखलढुंगा,भाद्र,२६- कमेरो खन्दा ढिस्कोले पुरीएर ओखलढुंगामा एक जनाको ज्यान गएको छ । घर पोत्न सेतो माटो कमरो ख्रन्ने क्रममा ढिस्कोले पुरीएर चम्पादेवी गाउँपालीका ५ की अन्दाजी २० वर्षकी कोपिला कटुवालको ज्यान गएको प्रहरीले जनाएको छ । कटुवाल संगै कमेरो खन्न गएका सोहि स्थानिकी मनमाया घिसिंग घाईते हुनुभएको छ । घिसिंगको स्थानिय मेडिकलमा उपचार […]

बागेश्वरी मन्दिरका पुजारीलाई नारियल फोड्ने मेसिन हस्तान्तरण

रन्जीता ढकाल थापा/ बाँके,भदौं,२६- PEAN Nepalgunj Unit ले बागेश्वरी मन्दिरका पुजारीलाई आज नारियल फोड्ने मेसिन हस्तान्तरण गरेको छ । मध्य तथा सुदुरपश्चिमको प्रमुख ब्यापारीक नाका नेपालगञ्ज स्थित पवित्र धार्मिक स्थल श्री बागेश्वरी मन्दिरमा दर्शनार्थीको सहजताका लागी “नारियल फोड्ने मेसिन” राख्ने निर्णय अनुसार उक्त मसिन हस्तान्तरण गरेको हो ।  बागेश्वरी मन्दिरमा संधैजसो श्रध्दालुहरूको भिड लाग्ने गरेको छ । बिशेष […]

धनगढीमा चलिरहेको भोट बराबरको बोट अभियान ३१ गते समापन हुँदै

केपि खनाल/ कैलाली,भदौ,२६- सुन्दर सुदूर पश्चिमलाई प्रकृतीजस्तै सफा सुग्गर अनि हराभरा तुल्याउने उदेश्य राखी धनगढी उपमहानगर पालिका क्षेत्र वरपर बृहतरुपमा बृक्षारोपण कार्य अधिबढ्दै । यसैगरी यस बृक्षारोपण कार्यक्रम धनगढीको खाली भएको ठाँउमा हजारौ बोट रोपेको जानकारी युवा नेत्रित्व गर्दै रहेका ने.बि.संघ जिल्ला सदस्य हरि ओझा ले बिहानी अनलाइन लाई जानकारी दिनुभयो । कुनै बेला स्थानीय […]

लैगीक हिंसाका घटना सहमतीमा मिलाउन नहुने प्रमुख जिल्ला अधिकारी पन्तको भनाई

सिर्जना बर्देवा/ ओखलढुंगा,भाद्र २५- लैगीक हिंसाका घटना संम्झौता सहमतीमा मिलाउन नहुने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभएको छ । ओखलढुंगामा आयोजीत लैगिंक हिंसा विरुद्धको सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पन्तले यस्तो बताउनुभएको हो । जिल्लामा अधिकांश लैगिंक हिंसाका घटनाहरु सम्झौतामा मिलाउने गरेको पाईएकाले यस प्रती सबैको ध्यान जान आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी […]

रोहिंग्या मुसलमानहरु माथि भई रहेको नरसंहारको बिरोधमा बाँकेमा प्रर्दशन

बाँके,भाद्र,२५- बाँकेको नेपालगंजमा आर्ईतबार ठूलो संख्यामा मानिसहरुले विरोध प्रदर्शन गरेका छान् । बर्मामा रोहिंग्या मुसलमानहरु माथि भई रहेको नरसंहार को विरोध मा बाँके का नागरिकहरुले प्रर्दशन गरेको हुन् । स्थानीय जामा मस्जिद र इस्लामी संघ भेरी जोनको नेतृत्वमा भएको विरोध प्रदर्शन बिपी चौक देखि सुरु भई जिल्ला प्रशासन कार्यालयमा पुगी सम्पन्न भएको थियो । कार्यक्रमलाई […]

छैंठौ पटक मन्त्रीपरिषद विस्तारको तयारी

काठमाडौं,भदौं,२५- राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक दीपक बोहोराको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले छैठौंपटक मन्त्रिपरिषद विस्तार गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट विभाजित भएर बनेको राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सहभागी गराउन लाग्नुभएको हो । मन्त्रालयमा कुरा मिले आज नै राप्रपा प्रजातान्त्रिक सरकारमा सहभागी हुनेछ ।राप्रपा प्रजातान्त्रिक राप्रपाबाट विभाजित भएको एक महिना पुगेको […]