सबै निर्वाचन भए देशमा राजनीतिक स्थिरता आउँछः सभामुख घर्ती

काठमाण्डौ,भदौ,२०- सभामुख ओनसरी घर्तीले समय तालिकाभित्र सबै निर्वाचन भएपछि देशमा राजनीतिक स्थिरता आउने बताउनुभएको छ । मानव बेचबिखन र ओसारपसारविरुद्धको एघारौँ राष्ट्रिय दिवसका अवसरमा मूलसमारोह समितिले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाँले अब आशा र भरोसाको दिन शुरु भएको बताउनुभयो । उहाँले नेपालको संविधानको धारा २९(१) मा शोषणविरुद्धको हक हुने व्यवस्था गरिए पनि देशमा महिला […]

प्रदेश २ मा हुने चुनावको उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा

काठमाडौं, भदौ,२०- निर्वाचन आयोगले आगामी असोज २ गते हुने प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनका लागि भोली(बुधबार) हुने उम्मेदवार मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।निर्वाचन आयोगले आज राजधानीमा पत्रकार सम्मेलन गरी उम्मेदवार मनोनयन दर्ताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रदेश नम्बर–२ का १ […]

मेलम्चीको पानी आगामी पुससम्म काठमाडौंमा आईपुग्ने : मन्त्री यादव

काठमाडौं, भदौ,२०- खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले आगामी पुससम्म मेलम्चीको खानेपानी आयोजनाको पानी काठमाडौंमा ल्याइने बताउनु भएको छ ।काठमाडौंमा आज गरिएको साक्षात्कारमा मन्त्री यादवले वर्तमान सरकारले नै मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने दाबी गर्नुभयो । यसअघि आगामी दशैंसम्म मेलम्चीको पानी काठमाडौंमा ल्याइसकिने बताइएको भए पनि विभिन्न कारणले काममा केही ढिलाई भएको भन्दै मन्त्री यादवले […]

८८ किलो सुनसहित गाडी चालक पक्राउ

काठमाडौं,भदौं ,१९- केरुङबाट काठमाडौँ ल्याउँदै गरेको ८८ किलो सुन बरामद गरिएको छ । महानगरिय प्रहरी कार्यालयका आयुक्त प्रहरी अतिरिक्त महानिरिक्षक जय बहादुर चन्दका अनुसार क्षेत्रपाटीबाट बरामद गरिएको उक्त सुन अहिलेसम्मकै बढी हो । क्षेत्रपाटीमा पार्किङ गरिएको एक गाडीबाट सुन बरामद भएको अतिरिक्त महानिरिक्षक प्रमुख चन्दले जानकारी दिनुभयो । टाटाको स्ट्रोङ नामक गाडीमा सुना भेटिएको हो […]

प्रतिनिधि र प्रदेशसभासम्बन्धी विधेयक संसदबाट पारित

काठमाडौं, भदौ १९- प्रतिनिधिसभा र प्रदेशसभा सदस्यसम्बन्धी विधेयक व्यवस्थापिका–संसदबाट बहुमतले पारित भएको छ । संविधानको नयाँ व्यवस्थाअनुसार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलपछि आज विधेयक पारित गरिएको हो । यसअघि, राज्य व्यवस्था समितिले विधेयक पारित गरी सोमबारै संसदमा पेस गरेको थियो ।विधेयकअनुसार भ्रष्टाचार र फौजदारी अभियोगमा दन्डित व्यक्तिहरुले आजीवन निर्वाचनमा भाग […]

सविना महर्जन खोजिदिन दिदी बिनाको जापानबासी नेपाली समुदायलाई अपिल

मिलन मगर/ फुकुओक जापान भादौ,१९- सविना महर्जन अध्ययनका लागि सन् २००८ मा जापानको फुकुओका आइन् । सन् २००९ सम्म परिवारको सम्पर्क र नियमीत रुपमा साथिभाइसँग सम्पर्कमा रहेकी सविना एकाएक बेपत्ता भइन् । बिना कुनै खवर बेपत्ता भएपछि आफ्नी छोरिको खोजिमा सविनाका वुवा समेत जापान आउनुभयो । जापान प्रहरी, नेपाली समुदाय, चिनेजानेका, सबिनाका साथि सबै भेटे […]

दाङमा जुवा खेल्ने गिरोह माथी कार्वाही तिब्र

दाङ,भदौ,१८- दाङमा प्रहरीले जुवा खेल्ने गिरोह माथी कार्वाहीलाई तिब्र बनाएको छ । चाडपर्ब आउदै गर्दा रमाईलोका नाममा जुवाको धन्दा नै चलाउनेलाई दाङ प्रहरीले दैनिकजसो पक्राउ गर्दै आएको छ । यसैक्रममा ववई गाउपालीका वडा नम्बर ६ चिसा पानी गाउँबाट २ लाख ७८ हजार ९ सय १५ रुपैया नगद सहित ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ […]

गौराले पार्लर कारोवारमा वृद्धि

इन्द्र कार्की महेन्द्रनगर,भाद्र,१८    सौन्दर्यका रुपमा पुरुष भन्दा महिलाहरु निकै अगाडी रहेका हुन्छन् । समान्य अवस्थामा पनि सरसफाई तथा सौन्दर्यका मामिलामा महिला सचेत रहन्छन । विशेष अवसरमा यसको प्रत्यक्ष प्रभाव देख्न सकिन्छ । सुदूर पश्चिममा हालै सम्पन्न गौरा पर्वको समयमा व्युटि पार्लरहरुमा देखिएको चहल पहल वाट समेत सौन्दय प्रति शहरी तथा ग्रामिण महिला मोह प्रस्ट देख्न […]

सुस्तायो नेपाल–चीन जोड्ने सडक

काठमाडौं,भदौ,१८- सात वर्षअघि निर्माण सुरु भएको दार्चुला–तिंकर सडक निर्माण योजनाको काम कछुवा गतिमा हुँदा दार्चुलावासीको चाँडै नै राष्ट्रिय सडक सञ्जालमा जोडिने आशा हराउँदै गएको छ । सडक बनेपछि तिंकर भन्सार नाका खुल्ने, चीनबाट सहजै आवश्यक वस्तु आयात गर्न सकिने, कैलाश मानसरोवर दुई दिनमै पुगिने र समग्र दार्चुलाले काँचुली फेर्ने जिल्लावासीको सपना थियो । तर सडक […]

पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडक फेरी अवरुद्ध

चितवन, भदौ १८- अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा शनिबार साँझदेखि पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौँ सडकखण्ड र नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पृथ्वी राजमार्गको फिस्लिङ र घोप्टे भिरमा पहिरो खसेको छ । ती ठाउँमा राति १२:३० बजे पहिरो खसेको हो । पहिरो पन्छाउनका लागि गजुरीबाट […]