काठमाडौं,माघ,२५-सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते सम्पन्न गर्नेगरी चुनावको मिति घोषणा गरेको छ ।मिती घोषणा भएकै दिन निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा आवश्यक पर्ने भवन, यातायातका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनको प्रक्रिया सुरु गरेको छ । आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत आवश्यक भवन, सवारी साधन तथा फर्निचरसहितका […]
मुख्य समाचार
कोरोनाबाट थप ९ जनाको मृत्यु, १७ सय १४ संक्रमित
काठमाडौं,माध,२२-नेपालमा थप ९ जनााको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।योसँगै अहिलेसम्म कोरोनाबाट ११ हजार ८ सय ३ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार सोही समयमा ८ हजार ५ सय १३ जनामा भएको परीक्षणमा १ हजार ७ सय १४ जनामा कोरोना […]
डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिनुहोस्,जोडीएको भए तत्काल छोड्नुहोस् : अर्थ मन्त्री शर्मा
काठमाडौं,माघ,२१-अर्थमन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई आग्रह गर्नु भएको छ।बिहीवार माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभयो । डिजिटल नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश पलायन भइरहेकोले यस्तो गैरकानूनी गतिविधि नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न मन्त्री शर्माले आग्रह गर्नुभयो। कतै कोही व्यक्ति यस […]
१४ जिल्लाका सीडीओलाई बिहानै गृहमन्त्री खाँणको फोन
काठमाण्डौं,माघ,२०-गृहमन्त्री बालकृष्ण खाँणले बिहीबार बिहान १४ जना प्रमुख जिल्ला अधिकारीलाई फोन गरी ७ वटा विषयमा छलफल गर्नु भएको छ।गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गर्नु भएको हो । गृहमन्त्री खाँणले प्रमुख जिल्ला अधिकारीहरू इन्द्रदेव यादव (सुनसरी), काशीराज दाहाल (मोरङ), छविलाल रिजाल (झापा), कृष्णबहादुर कटवाल (बारा), ध्रमेन्द्र मिश्र […]
नेपाल संग मरिसस दोस्रो खेलमा पनि १-० गोलले पराजीत
काठमाडौं,माघ,१८-नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई हराएको छ । मंगलबार भएको खेलमा मरिससमाथि नेपालले १-० गोल अन्तरले हराएको हो।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सुजल श्रेष्ठले गरेको गोल नै निर्णायक बन्न पुग्यो । खेलमा नेपाल १० खेलाडीमा र मरिसस पनि ९ खेलाडीमा सीमित बनेको थियो । खेलको दशौँ मिनेटमा सुजलले […]
आज नेपाल र अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल हुने
काठमाडौं,माध,१८-नेपालले आज(मंगलबार) दशरथ रंगशालामा अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। दोस्रो मैत्रीपुर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ।नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा गर्नु भएको हो । प्रशिक्षक अब्दुल्लाहले यस अघि घोषणा गरेको टिमबाट डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी बाहिरिएका छन् ।किरण चेम्जोङको कप्तानीमा […]
आयल निगमको कार्यकारी निर्देशक पदमा १७ जनाको दरखास्त
काठमाडौं,माघ,१७-नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि १७ जनाको दरखास्त परेको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार सूचना जारी गर्दै उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो । दरखास्त निवेदन पेश गर्नेहरूमा जीवनप्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, लक्ष्मण पौडेल, लोकबहादुर खड्का, लोकराज पाठक, कृष्णप्रसाद यादव रहेका छन् । यस्तै, तारानाथ पौडेल, चित्तरञ्जन दास, रामदेव […]
एमसीसीको विषयले सत्ता गठबन्धनमा बढ्यौं खटपट
काठमाडौं,माघ,१७-अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने विषयले सत्ता गठबन्धनमा हलचल मच्चिएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा तत्काल एमसीसी पास गर्ने पक्षमा उभिनुभएको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ र एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल यसको विपक्षमा देखिनु भएको छ । सार्वजनिक रुपमा एमसीसीको विरोध गर्ने गरेपनि प्रचण्ड र नेपालले पनि भित्रभित्रै एमसीसी […]
थपिए ३५४० संक्रमित, ६३५९ संक्रमणमुक्त, ३२ जनाको मृत्यु
काठमाडौं,माघ,१६ –देशभर पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५४० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १४५ परीक्षण हुँदा ३ हजार ५४० जना संक्रमित थपिएका हुन् । आइतबार ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् ।कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । […]
मोरिसससँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी, विमलको निर्णायक गोल
काठमाण्डौं,माघ,१५-विमल घर्तीमगरको एकमात्र निर्णायक गोलमा नेपालले मोरिससलाई पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ ।घरेलु मैदानमा नेपालले मोरिससलाई १-० ले पराजित गर्यो । नेपालको जितमा विमलले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । प्रतिबन्ध र चोटबाट फर्किएर राष्ट्रिय टोलीमा पूनरागमन गरेको पहिलो खेलमै विमलले गोल गर्न सफल भए । उनले सन् २०१८ मा भएको […]