काठमाडौं,माघ,१५-नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा आज शनिबार अफ्रिकी राष्ट्र मरिसससँग प्रतिस्पर्धा गर्दैछ । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिससको सामना गर्नेछ । नेपाल र मरिससबीचको खेल ४:४५ बजे सुरु हुनेछ । नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो । नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मंगलबार खेल्नेछ । नेपाली राष्ट्रिय टिमका मुख्य […]
मुख्य समाचार
१७ जलविद्युत कम्पनीको अनुमति पत्र खारेज
काठमाडौं,माघ,१४-विद्युत विकास विभागले १७ जलविद्युत कम्पनीको सर्वेक्षण अनुमति पत्र खारेज गरेको जनाएको छ । सर्वेक्षणको अनुमती पाएका जलविद्युत कम्पनीको अनुमती पत्र नविकरणका लागि विभागले सूचना जारी गरेको थियो । विभागले तोकेको समयमा नविकरण नगर्ने विभिन्न १७ जलविद्युत आयोजनाको अनुमति पत्र रद्ध गरेको जनाएको छ । कोरोनाका कारण प्रभावित आयोजनालाई यसको प्रभाव कम हुँदै गएपछि दस्तुरसहित […]
भारतदेखि सीमा नाका गड्डाचौकीबाट हुने आवतजावतमा रोक
कञ्चनपुर,माघ,१३-कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेसँगै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारतबाट हुने आवतजावतको कार्य बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयको संयोजकत्वमा आइतवार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले सोही दिन राति १२ बजेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि अत्यावश्यक कार्यबाहेक सीमा नाकामा भारततर्फबाट हुने आवतजावत (साइकलमार्फत हुने क्यारिङ समेत) नगर्ने/नगराउने […]
कारबाहीको निर्णय भएपछि बतासले बुझायो पशुपति धर्मशालाको एक करोड भाडा
काठमाडौं,माघ,१३-सरकारले सम्झौता खारेजीको प्रक्रिया अगाडि बढाएसँगै पशुपति धर्मशालामा होटेल सञ्चालन गरिरहेको होटेल आनन्द प्रालि (बतास समूह)ले झन्डै एक करोड भाडा बुझाएको छ । पर्यटन मन्त्रालयले गठन गरेको छानबिन समितिले होटेलले करिब एक वर्षको ९९ लाख ८४ हजार ६ सय ६६ रुपैयाँ भाडा असुलउपर गर्न बाँकी रहेको औँल्याएको थियो । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा […]
६ महिनामा चार अर्ब राजस्व संकलन
विराटनगर,माघ,१३-आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको ६ महिनामा चार अर्ब १६ करोड ६७ लाख ६४ हजार राजस्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले चार अर्ब ३८ करोड ७३ लाख ८७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । निर्धारित लक्ष्यभन्दा २२ करोड ६ लाख २२ हजार कम राजस्व कम संकलन भएको हो । […]
राष्ट्रियसभा निर्वाचनमा १९ मध्ये १८ पदमा गठबन्धनका उम्मेदवार विजयी
काठमाडौं,माघ,१३-राष्ट्रिय सभामा रिक्त हुने १९ पदका लागि भएको निर्वाचनको नतिजा गठबन्धनको पोल्टामा परेको छ । सार्वजनिक नतिजा अनुसार लुम्बिनी, सदूरपश्चिम, बागमती र गण्डकी, र कर्णालीमा गठबन्धनको प्यानल विजयी भएको छ । प्रदेश १ मा भने एक सिट प्रमुख प्रतिपक्षी नेकपा एमालेले हत्याउन सफल भएको छ । लुम्बिनीको राष्ट्रियसभा सदस्यको तीन रिक्त पदमा एमालेका उम्मेदवारलाई हराउँदै […]
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०
काठमाण्डौं,माघ,१२-नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ।बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड पुगेको जनाएको हो । यसपटक जनसंख्या वृद्धिदर भने घटेको विभागले जनाएको छ । अघिल्लो जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा यसपटक भने ०.९३ प्रतिशत पुगेको छ । दस वर्षमा नेपालको […]
राष्ट्रियसभा निर्वाचनको मतदान सुरु
काठमाडौं,माघ,१२-राष्ट्रियसभामा रिक्त हुने २० मध्ये १९ सदस्य पदका लागि मतदान सुरु भएको छ। मुलुकका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा अहिले बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । आज ३ बजे मतदान सकिएलगत्तै मतगणना सुरु हुने र आजै नतिजा सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा […]
पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द
काठमाडौं,माघ,१२-सरकारले नेपाल-भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेको छ । बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले बताउनु भएको छ । मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फार्म बतास समूहसँग सम्झौता रद्द भएको उहाँले बताउनुभयो । पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष […]
नेपालविरुद्ध खेल्न मरिससको फुटबल टोली आइपुग्यो
काठमाडौं,माघ,१०-नेपाली राष्ट्रिय फुटबल टिमसँग दुई मैंत्रीपूर्ण खेल खेल्नका लागि अप्रिकी राष्ट्र मरिससको टोली सोमबार काठमाडौं आइपुगेको छ । पहिलो पटक नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । पहिलो पटक अफ्रिकी देशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली टिम अहिले बन्द प्रशिक्षणमा रहेको छ । […]