काठमाडौं,बैशाख,३१-नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लगायत निकायबाट खटिएको टोलीले उनलाई आइतबार साँझ बुढानीलकण्ठको पासीकोटबाट पक्राउ गरेको हो। वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए। अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट फरार थिए। सोही साँझ उनका छोरा […]
मुख्य समाचार
स्थिर सरकार नभएकाले छानबिनमा आशंका छः पूर्वप्रधानमन्त्री भट्टराई
काठमाडौं,बैशाख,३०-नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण निष्पक्ष छानबिन हुने कुरामा आशंका उब्जिएको बताउनुभएको छ। शनिवार काठमाडौंको नक्शालमा शुरु भएको काठमाडौंको नक्शालमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत आन्दोलनमा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो।उहाँले वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा आधारित भइ कुनैपनि दलले बहुमत प्राप्त […]
लगातार तीन बैठकमा अनुपस्थित भए पार्टी कमिटीबाट हटाउने एमालेको निर्णय
काठमाडौं,बैशाख,३०-नेकपा एमालेले पार्टीको तीन बैठकमा लगातार अनुपस्थित भए केन्द्रीय कमिटीबाट हटाउने निर्णय गरेको छ ।शनिवार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकले यस्तो निर्णय गरेको हो। जानकारी पाएर पनि ३ पटकसम्म पार्टीको बैठकमा अनुपस्थित भए पार्टी कमिटीबाट बिदा गर्ने निर्णय एमालेले गरेको हो। सूचना पाएर पनि पार्टीको बैठकमा लगातार ३ पटक अनुपस्थित रहनेहरूलाई कमिटीबाट […]
अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : डा स्वर्णिम वाग्ले
काठमाडौं,बैशाख,२५-सांसद डा स्वर्णिम वाग्लेले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थतन्त्र सुधारका लागि प्रयास गरेको भए पनि त्यो पर्याप्त नभएको बताउनुभएको छ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे प्रतिनिधिसभाको आजको बैठकमा सांसद वाग्लेले अर्थतन्त्र सुधारका लागि गम्भीर सर्जरी नै आवश्यक रहेका बेला सामान्य झारफुकले मात्र यो सम्भव […]
ढाकाकुमार श्रेष्ठको मुद्दामा कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश जारी
काठमाडौं,बैशाख,२५-राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेका सांसद ढाकाकुमार श्रेष्ठले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्चले अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको […]
पाँच सय र हजारका नोटमाथि प्रतिबन्ध लगाउन माग
काठमाडौं,बैशाख,२५-राष्ट्रिय सभा सदस्य कमला पन्तले पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाउन माग गर्नु भएको छ। सोमबार राष्ट्रिय सभाको बैठकमा सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे बोल्दै उहाँले यस्तो माग गर्नु भएको थियो । उहाँले अर्थतन्त्र उकास्नका लागि पाँच सय र हजारका नोटहरू प्रतिबन्ध लगाउनुपर्ने बताउनुभयो।सधैँभर बिरालो बाँधेर श्राद्ध गर्नेतिर […]
सत्तारुढ गठबन्धनको बैठक सुरु
काठमाडौं,बैशाख,२४-सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघिदेखि सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषय, आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री प्रचण्ड र नेकपा(माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङ र नेता शक्तिबहादुर बस्नेत सहभागी हुनुहुन्छ। यस्तै नेपाली […]
भारतमा जातीय दंगामा परी ५४ जनाको मृत्यु, १ सय घाइते
एजेन्सी,बैशाख,२४-भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भड्किएको जातीय दंगा नियन्त्रण गर्न भारत सरकारले अर्धसैनिक बल परिचालन गरेको छ। गत बुधबारदेखि सुरु भएको दंगा नियन्त्रण गर्न राज्य सरकार असफल भएपछि केन्द्र सरकारले अर्धसैनिक बलका थुप्रै टुकडी त्यहाँ तैनाथ गरेको हो।हिंसामा परी मृत्यु हुनेको संख्या ५४ पुगेको छ।राजधानी इम्फालमा मात्रै करिब २० जनाको मृत्यु भएको छ। दंगामा १ सय […]
संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरू
काठमाडौं,बैशाख,२४-संघीय संसद्को बजेट अधिवेशन आज (आइतबार) बाट सुरू हुँदैछ।नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसद्का दुवै सदनको बैठक आइतबार दिउँसो ४ बजे बस्ने गरी बोलाइएको छ। संसद सचिवालयका अनुसार अधिवेशनको पहिलो दिन आइतबार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश हुनेछ।यसैगरी, अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक बर्षको लागि बिनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकताको […]
अमेरिकी डिभीको नतिजा सार्वजनिक
काठमाडौं,बैशाख,२४-अमेरिकन डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको नतिजा शनिबार राति सार्वजनिक भएको छ । अमेरिकाले सन् २०२४ को इडीभी नतिजा शनिबार सार्वजनिक गरिएको हो । www. dvprogram.state.gov मा गएर आफ्नो कन्फरमेसन नम्बर, लास्ट नेम, जन्म मिति राखेर नतिजा हेर्न सकिने ब्यवस्था रहेको छ । कन्फरमेसन नम्बर बिर्सिएको भए फर्गेट कन्फरमेसन नम्बर मार्फत मागेको विवरण भरेर नम्बर लिन […]
