रास्वपाबाट ३ मन्त्रीको टुंगो लाग्यो, तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री

काठमाडौं,माघ,३-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्री बन्ने व्यक्तिहरुको नाम टुंगो लगाएको छ । पार्टीको मंगलबार बिहान बसेको संसदीय दलको बैठकले मनत्रीहरुको नाम टुंगो लगाएको हो । रास्वपा स्रोतका अनुसार बैठकमा पार्टी सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले डोलप्रसाद अर्याल, शिशिर खनाल र डा.तोसिमा कार्कीलाई मन्त्री बनाउने निर्णय सुनाउनु भएको थियो । जस अनुसार अर्याल श्रम […]

सभामुख चयनको लागि आज उम्मेदवारी दर्ता हुदै

काठमाडौं,माघ,३-प्रतिनिधि सभामा सभामुख चयनका लागि माघ ५ गते हुने निर्वाचनको उम्मेदवारी दर्ता आज मंगलवार हुदैछ। सत्ता साझेदार दल एमालेले राष्ट्रपति पद लिनेछ भने उपराष्ट्रपति माओवादीले पाएको छ।जनता समाजवादी पार्टीले पनि उपराष्ट्रपतिमा दाबी गरेको थियो, तर माओवादीले यो पद छाड्न अस्वीकार गरेको छ। प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने पूर्व सहमति छ। त्यसअनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनिसकेका […]

आज मन्त्रिपरिषद् विस्तार गरिदै

काठमाडौं,माघ,३-आज मंगलवार मन्त्रिपरिषद् विस्तार गरिदैछ।सोमबार बसेको सात दलीय गठबन्धन दलले मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालयको बाँडफाँट टुङ्गयाएको थियो। बैठकमा सहभागी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा टुङ्गिएकोले आज १ बजे मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम रहेको बताउनुभयो। एमालेलाई राष्ट्रपति, उपराष्ट्रपति नपाउँदा जसपा रुष्ट उच्चस्तरीय संयन्त्रको बैठकअघि […]

आजको राशिफल ।। माघ ३ गते मंगलवार

काठमाडौं,माघ,३-आज विक्रम संवत २०७९ साल माघ महिनाको २ गते मंगलवार, (जनवरी १७ तारिख) माघ कृष्ण दशमी तिथी। आज माघ ३ गते मंगलवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।आँटेको र ताकेको कार्य पुरा होला।परिवारलाई समय दिन सकिनेछ र शुभकार्यको चर्चा चल्नेछ। वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका […]

रोबन मगर संग जापानमा हुने फुटबल गतिविधीबारे गरिएको अन्तर्वार्ता

टोकियो,जापान,माघ,२-विश्वकै चर्चित खेल हो फुटबल।यो खेल भन्ने वित्तीकै मन नपर्ने मान्छे विरलै होला।मान्छेका अनेकौं सपनाहरु हुन्छन्,ति सपना पुरा गर्न संघर्ष गरि रहेका हुन्छन्।त्यसैमा हामी नेपालीहरुमा पनि कुनै युरोपियन नागरिक भन्दा कम्ती छैन् फुटबलको मोह !!  आज हामीले आफ्ना अनेकौं सपना पुरा गर्नको निम्ती एशियाकै फुटबलमा शक्तीशाली राष्ट्र जापानमा पुगेर कर्म गर्दै गरेका र नेपालीहरुले आयोजना […]

विमान दुर्घटनाको शोकमा आज सार्वजनीक बिदा,यती एयरलाइन्सका सबै उडान रद्द

काठमाडौं,माघ,२-पोखराको सेती खोंचना आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज सोमबार सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गर्दै विमान दुर्घटनाको शोकमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । […]

आजको राशिफल ।। माघ २ गते सोमवार

काठमाडौं,माघ,२-आज विक्रम संवत २०७९ साल माघ महिनाको २ गते सोमवार, (जनवरी १६ तारिख) माघ कृष्ण नवमी तिथी।आज राष्ट्रिय भुकम्प सुरक्षा दिवस !! आज माघ २ गते सोमवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन पुनर्मिलनको योग रहेको छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ । वृष […]

पोखरा विमान दुर्घटना अपडेट: ६८ जनाको शव फेला,विमानमा रहेका यात्रुहरूको (नामावली सहित)

काठमाडौं,माघ,१-पोखाराको सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ।  सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण क्रेनको प्रयोग गरी उद्धारको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयो।उहाँका अनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगिसकिएको छ । यति एयरलाइन्सको दुर्घटना विमानमा सवार रहेका यात्रुहरुको नामावली !! […]

पोखरा विमान दुर्घटनाको शोकमा भोलि सार्वजनीक बिदा,छानबिन गर्न ५ सदस्यीय आयोग गठन

काठमाडौं,माघ,१-सरकार पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ। आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले छानबिन समिति गठन गरेको हो।  सरकारले विमान दुर्घटनाको शोकमा माघ २ गते सोमबार सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ।त्यस्तै घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल […]

आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन

काठमाडौं,माघ,१-सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ।मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्देशन दिएको हो। बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको हो।यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ । मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता विष्णु पौडेलले विमानको प्राविधिक परीक्षणले आगामी […]