काठमाडौं,चैत्र,२०-चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला स्वामित्व ग्रहण गरेर निर्माण अघि बढाउने निर्णय सरकारले गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले धुर्मुस-सुन्तली फाउन्डेसले निर्माणका क्रममा खर्च अभावमा अधुरो छोडेको रंगशाला बनाउने निर्णय लिएको हो। एकजना मन्त्रीका अनुसार अब रंगशालाको सबै स्वामित्व ग्रहण गरेर सरकारले आवश्यक बजेट व्यवस्थापछि निर्माण अघि बढाउने भएको हो। नेपाली क्रिकेट टोलीले विश्वकप क्रिकेट […]
मुख्य समाचार
बुटवल-तानसेन सडकखण्ड आजदेखि दैनिक ९ घण्टा बन्द हुने
काठमाडौं,चैत्र,२०-सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड सोमबारदेखी दैनिक ९ घण्टा बन्द हुने भएको छ। सिद्धबाबामा सुरुङ मार्ग निर्माणको काम सुरु गर्न सडक बन्द गर्न लागिएको हो।सोमबारदेखी बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म दुई सिफ्टमा आवतजावत रोकिने भएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आइतबार […]
नेपाल प्रधानमन्त्री थ्री नेसन कपको च्याम्पियन
काठमाडौं,चैत्र,१७-नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ ।शुक्रबार दशरथ रंगशालामा भएको खेलमा लाओसलाई २-१ गोलले पराजित गर्दै नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको हो। खेलको पहिलो हाफसम्म नेपाल र लाओसले १-१ गोलको बराबरी खेलेका थिए।तर खेलको अन्त्यतिर मनिष डाँगीले गोल थप्दै नेपललाई उपाधि दिलाएका हुन्। पहिलो हाफमा लाओसका फोउचाङभोङ साङ्भिले पहिलो गोल गरेका […]
आजदेखि एसईई परीक्षा सुरु
काठमाडौं,चैत्र,१७-आजदेखी माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म चल्ने छ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको छ । ६ वटा अनिवार्य विषयका प्रश्नपत्र प्रदेशअनुसार फरक–फरक तयार पारिएको छ । उत्तरपुस्तिकाको व्यवस्थापन प्रदेश निर्देशनालयले गरेका छन् । परीक्षालाई मर्यादित बनाउन परीक्षा केन्द्र र त्यस वरपरको सुरक्षा […]
थ्रि नेशन्स कप फुटबल : उपाधिका लागि आज नेपाल र लाओस भिड्दै
काठमाडौं,चैत्र,१७-प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलको उपाधिका लागि शुक्रबार नेपाल र लाओस भिड्दैछन् ।फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साँढे ५:३० बजे हुनेछ । नेपाल लाओसलाई हराएर उपाधि उचाल्न चाहन्छ । लाओस भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० ले हराएको थियो । शुक्रबारको खेलमा पनि नेपाल त्यहिँ […]
भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा,लाओससँग फाईनल खेल्ने
काठमाडौं,चैत्र,१४-नेपाल र भुटान बिचको खेल बराबरीमा सकिएको छ।प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत भुटानसँग नेपाल बराबरीमा रोकिएको हो।नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो।यसअघि खेलेका सबै १२ खेल नेपालले जितेको थियो । नेपाल १-० ले पछि परेको स्थितिमा नियमित समयको अन्तिम ८९ औं मिनेटमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीको […]
प्रधानमन्त्री थ्री नेसन्स कप: आज नेपाल र भुटान भिड्ने
काठमाडौं,चैत्र,१४-नेपाल र भुटान आज भिड्ने भएको छ।प्रधानमन्त्री थ्री नेसन्स कपको दोस्रो खेलमा नेपालले आज मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भुटानको सामना गर्नेछ।नेपाल र भुटानबीचको खेल साँझ ६ बजे सुरु हुनेछ। भुटान नेपालको नौलो प्रतिद्वन्दी हैन।नेपालले चिरपरिचित प्रतिद्वन्दी भुटानविरुद्ध १२ पटक खेलिसकेको छ।नेपालले हालसम्म हार व्यहोर्नु नपरेको प्रतिद्वन्दी हो भुटान।नेपालले भुटानविरुद्ध १२ खेलमा १२ […]
विद्यार्थीले सर्टमा लेखेको ‘खाडीमा भेटौंला सन्देश’ संसदमा पनि उठ्यौ
काठमाडौं,चैत्र,१३-भक्तपुरको बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का विद्यार्थीले आफ्नो साथीको सर्टमा लेखेको ‘खाडीमा भेटौंला सन्देश’ को आवाज आइतबार संघीय संसदमा समेत उठेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आइतबारको संसद्मा कसरी नेपाली युवा विदेश पलायन हुँदैछन् भन्ने उदाहरणमा बागेश्वरीका विद्यार्थीले लेखेको उक्त सन्देश उल्लेख गरेका हुन्। ‘भक्तपुरको बागेश्वरीमा पढ्दै गरेका १२ कक्षाका […]
कीर्तिपुर मैदानमा फ्लडलाइट जडानका लागि १० करोड विनियोजन
काठमाडौं,चैत्र,१३-कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रात्रिकालीन समयमा पनि खेल सञ्चालन गर्न मिल्ने गरी फ्लडलाइट जडानका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले लागत मूल्यांकन सुरु गरेको छ । सरकारले आर्थिक वर्ष २०७९–०८० को बजेटमा कीर्तिपुर मैदानमा फ्लडलाइट जडानका लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ ।राखेपका प्रशासन प्रमुख मधुसुदन बस्नेतले फ्लडलाइट जडानका लागि यही आर्थिक वर्षभित्र टेण्डर आह्वान […]
रक्सी पिउने मानिस एमालेको कार्यकर्ता होईन : केपी ओली
काठमाडौ,चैत्र,१३-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने (रक्सी पिउने) मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताउनुभएको छ । नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले होइन भनेर जाने हुन्छ, एमाले नेता […]



