डम्मर थापा मगर/ बाँके, पुस ९- पुर्वपश्चिम राजमार्गको राप्तीसोनारी १ गाभरमा ट्रकको ठक्करबाट एक पै्रदलयात्रीको मृत्यु भएको छ । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ४ ख १६४५ नम्बरको ट्रकको ठक्करबाट गएराती ८ बजे मानबहादुर डाङ्गीको मृत्यु भएको हो । राजमार्गमा हिडिरहेका डाङ्गीलाई ट्रकले ठक्कर दिँदा घटनास्थलमा उनको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको […]
मुख्य समाचार
राष्ट्रपतिविरुद्ध सडकमा उत्रियो नेविसंघ
काठमाडौं,पुस,९- नेपाली कांग्रेससम्बद्ध नेवि संघले राष्ट्रियसभा गठनसम्वन्धी अध्यादेशलाई लिएर राष्ट्रपतिविरुद्ध सडकमा उत्रिएको छ । नेवि संघले आज काठमाण्डौंको प्रदर्शनीमार्गबाट रत्नपार्कको शान्तिबाटिकासम्म प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले ‘राष्ट्रपति ज्यू, लोकतन्त्र नजिता मात्र होइन, प्रक्रिया पनि हो, संविधानको रक्षा गर जस्ता नारा लगाएका थिए । राष्ट्रिय सभा गठन अध्यादेश रोकेर राष्ट्रपतिले संवेधानिक गतिरोध सृजना गर्न खोजेको […]
फोक्सिङटारमा अस्थायी बेलिब्रिज संचालन
सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,९- खोटाङ र पूर्वी शहर जोड्ने सुनकोशीको फोक्सिङटारमा अस्थायी बेलिब्रिज आईतबार देखी संचालन गरिएको छ । खोटाङको दिप्रुङ गाउँपालिकाको लिच्कीराम्चे र उदयपुरको आँपटार जोड्न फोक्सिङटारमा पक्की पुलको अभावमा अस्थायी बेलिब्रिज जडान गरिएको हो । आर्थिक वर्ष २०५१ र ०५२ मा निर्माण सुरु गरिएको १ सय ३१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा […]
दाङ राजधानी बनाएर फेरि विजय हुन्छु : महरा
घोराही,पुस,९- नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महराले पाँच नम्बर प्रदेशको राजधानी कुनै पनि हालतमा दाङ हुने बताउनुभएको छ । दाङ क्षेत्रनम्बर २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित महराले आज बिहान मतदाता भेटघाट कार्यक्रममा सो कुरा बताउनु भएको हो । भौगोलिक, पर्याप्त पूर्वाधार, प्रशस्त जमिन, सुरक्षा र भौगोलिक समदुरीका हिसाबले दाङ पाँच नम्बर प्रदेशको राजधानी हुन उपयुक्त भएको […]
सडकपेटीमा राखेका सामान नगरपालिकाको नियन्त्रणमा
सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,८- खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले सडकपेटीमा राखेका सामान नियन्त्रणमा लिएको छ । नगरको स्वच्छताका लागि पुस ५ गतेदेखि सरसफाई सप्ताह थालेको नगरपालिकाले दिक्तेलबजारका सडकपेटीमा राखिएका एक ट्याक्टर सामान नियन्त्रणमा लिएको हो । नगरपालिकाको आग्रह बेवास्ता गर्दै सडक पेटीबाट बिक्रीका सामान नहटाउने व्यवसायीको सामान प्रहरीको सहयोगमा पहिलोपल्ट उठाइएको मेयर दिपनारायण रिजालले बताउनुभयो । सडक […]
सुनकोशी नदिमा राखिएको बेलिब्रिज आईतबार देखी संचालन गरिने
सिर्जना बर्देवा/ ओखलढुंगा पौष ८- खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीको नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज आईतबार देखी सञ्चालन गरिने भएको छ । वर्षाका कारण बर्षमा ५ महिना संचालन हुने बेलिब्रिज सञ्चालन गरिने भएको हो । खोटाङ्गको खोटेहाङ्ग गाउपालिका स्थित लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउपालिका रौतागडी ३ फोक्सिङटारमा मंसिरको पहिलो हप्ता बाट सुरु गरिएको उक्त […]
नेपालको कुटनीतिक सम्बन्ध अब राष्ट्रसंघका ८० प्रतिसत मुलुकसँग
काठमाण्डौं,पौष,८- संयुक्त राष्ट्रसंघका ८० प्रतिसत सदस्य राष्ट्रसँग नेपालले आफ्नो कुटनीतिक सम्बन्ध बिस्तार गर्न सफल भएको छ। पछिल्लो पटक शनिवबार (८ पुष २०७४ तदनुसार २२ डिसेम्बर २०७४) पश्चिमी युरोपको लिच्टेन्स्टाइनसँग कुटनीतिक सम्बन्ध स्थापना गरेसँगै राष्ट्रसंघका सदस्यमध्ये नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएका मुलुकको संख्या ८० प्रतिसत पुगेको हो। र, यो प्रतिसतसँगै नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएका मुलुकको […]
विराटनगर वारियर्सको इपीएल क्रिकेटमा लगातार चौथो जित, भैरहवा पराजित
काठमाडौं, पुस,८- एभरेष्ट प्रिमियर लिग इपीएल क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा बिराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्सलाई ३४ रनले पराजित गरेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पारस खड्का नेतृत्वको बिराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४९ रनको योगफल तयार ग¥यो । बिराटनगरका लागी हङकङ राष्ट्रिय टोलीका खेलाडी […]
बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा मृत अवस्थामा फेला
डम्मर थापा मगर/ बाँके, पुस ७- बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा मृत अवस्थामा फेला परेको छ । बर्दियास्थित असारेगौँडी उपभोक्ता समिति धौनिया प्रसेनीघाट नजिक एउँटा गैँडा मृत अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ । पहिलो पटक रेडियो कलर जडान गरिएको गैँडा बुढो भएर प्राकृतिक रुपमा मरेको हुन सक्ने निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रिबिनोल दाहालले बताउनुभयो । […]
प्रदेशसभातर्फ समानुपातिकको सिट बाँडफाँट
काठमाडौं, पुस, ७- निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको मतपरिणाम र दलहरुले पाएको सिट संख्या सार्वजनिक गरेको छ । आज बसेको निर्वाचन आयोगको बैठकले सिट संख्या बाँडफाँटको अन्तिम टुंगो लगाएको हो । ‘सेन्टलक’ विधिअनुसार प्रदेशसभाका २२० समानुपातिक सिटमध्ये नेकपा एमालेले सबैभन्दा बढी ७५ सिट पाएको छ भने नेपाली कांग्रेसले ७२ सिट पाएको छ । यस्तै, माओवादी केन्द्रले ३५, संघीय […]









