सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,१७- ओखलढुंगामा लैङ्गिक हिंसाका घटना बढेको प्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज सिद्धिचरण नगरपालिकामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् । पछिल्ला वर्षहरुमा हिंसा सहनु हुँदैन भन्ने चेतना बढेको र सञ्चारमाध्यमले पनि हिंसाका घटनालाई बाहिर ल्याउन प्राथमिकता दिने गरेकाले संख्या बढेको देखिएको […]
मुख्य समाचार
मनसँगै मत फेर्ने तयारीमा मतदाताहरु
नेपालगन्ज,मंसिर,१७- बाँकेमा विवेकशील साझा पार्टीप्रती परिवर्तन चाहाने मतदाताहरुको सङ्ख्या बढ्दै गएको छ । मुलुकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक परिवर्तन नहुनुको कारण राम्रोसँग बुझेका मतदाताहरुले विवेकशील साझा पार्टीले सम्बृद्धि र विकासका लागि मतदातामाझ पेश गरेको एजेण्डाले धेरै मतदाताहरुको मनसँगै मत पनि फेरिने सम्भावनालाई बलियो बनाएको हो । चुनावी घरदैलोका क्रममा पनि मतदाताहरु सकारात्मक बन्दै गएको […]
काँग्रेसका समानुपातिक उम्मेदवार मञ्जु खाँडमाथि बम प्रहार
नेपालगञ्ज मंसीर,१७- नेपाली काँग्रेसका तर्फबाट समानुपातिक उम्मेदवार मञ्जु खाँडमाथि लक्षित गरेर बम विस्फोट गराइएको छ । धनगढीबाट सिराहा तर्फ जाँदै गरेको बा७ च १९५८ न को गाडीमा सवार खाँडलाई लक्षित गरेर कपीलवस्तुको चन्द्रोटा निजीकै विस्फोट गराइएको हो । विस्फोट विप्लव समूहले गराएको हुन सक्ने आशंका गरिएको छ । हिजो राती ९.३० को समयमा ठुलो आवाजसहितको […]
कोहलीको छैठौं दोहोरो शतक, नयाँ बिश्वकिर्तिमान
काठमाण्डौ,मंसिर,१७- भारत र श्रीलंकाबीच जारि तेस्रो टेस्ट क्रिकेटको दोश्रो दिन भारतीय कप्तान विराट कोहलीले आफ्नो करियरको छैठौं दोहोरो शतक प्रहार गरेका छन् । फिरोजशाह कोट्ला मैदानमा भईरहेको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको भारतले विराट कोहलीको अविजित २११ रनको मद्दतमा ११३ ओभरको समाप्तीमा ४ विकेट गुमाउदै ४७१ रन बनाएर खेलिरहेको छ । ( यो समाचार तयार पार्दा सम्म) […]
चर्चित मोडल थापा र शाही खाडी मुलुकमा अलपत्र
सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,१७- चर्चित मोडल बुद्धबिर थापा र सगुन शाही खाडी मुलुक पुगेर अलपत्र परेका छन् । धन कमाउने सपना बोकेर खाडी मुलुक पसेका मोडल थापा र शाही एकै साथ अलपत्र परेका हुन् । पछिल्लो समय एकै दिनमा हजारौं गीतसंगीतहरु निरन्तर बजारमा आईरहेका छन् । यसै क्रममा प्रदेशीएका नेपालीहरुको पिडालाई समेटिएको नयाँ म्युजिक भिडियो सार्बजनिक […]
कैलाली क्षेत्र नं २ मा चुनावी गतिबिधि तिब्र
पवन मुडभरी/ बौनीयाँ,मंसीर १६- आगामी मङसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको मिति नजिकिदै गर्दा कैलाली क्षेत्र नं २ मा चुनावी गतिबिधि तिब्र पारिएको छ । क्षेत्र नं २ मा सबै दलका उमेद्वारहरु स्थानियहरुको मतलाई आफ्नो पक्षमा पार्न घरदैलो अभियान तथा बडा भेलालाई तिब्र पारिरहेका छन् । यस्तै कैलालीको बर्दगोरिया गाउपालीका १ कट्टीपुरमा वाम […]
ओखलढुंगामा मौसमी रुघाखोकीको समस्या बढ्यो
सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर,१६- चिसो बढेसंगै ओखलढुंगामा मौसमी रुघाखोकीको समस्या पनि बढेको छ । सामुदायिक अस्पतालका डा एरीक बोलरका अनुसार मौसमी रुघाखोकीको समस्या लिएर दैनिक सरदर १५ जना बिरामी अस्पताल आउने गरेका छन् । चिसो मौसम शुरु भएसंगै रुघाखोकी, ज्वरो, घाँटी दुख्ने लगाएतका समस्या लिएर अस्पताल आउने बिरामी बढेको अस्पतालले जनाएको छ । चिकित्सकका अनुसार […]
लोकतान्त्रिक उम्मेद्वारहरु उत्साही
नेपालगञ्ज,मंसीर,१६- प्रतिनीधी र प्रदेश सभाको निर्वाचन नजिकिदैँ जाँदा लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरु उत्साही बनेका छन् । प्रचारप्रसारको तिव्रतासँगै मतदाताहरुलाई आफ्नो पक्षमा तान्न उम्मेदवारहरुले अन्तिम कसरत स्वरुप घरदैलो, कोण सभालाई बढाएका छन् । लोकतान्त्रिक गठबन्धनका बाँके क्षेत्र न २ का प्रतिनीधी सभा सदस्य उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभा सदस्य उम्मेदवार सुरेन्द्र हमाल, निरन्जन सिजापति लगायतका उम्मेदवार जनतालाई […]
शीर्ष नेता जिताउन वाम गठबन्धन ओखलढुंगाका नेता राजधानीमा
सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,१६- ओखलढुंगामा मंसिर १० गते निर्वाचन सम्पन्न भएपछि यहाँका वाम गठबन्धनका नेताहरु विभिन्न जिल्लामा शीर्ष नेता जिताउने अभियानमा खटिएका छन् । गठबन्धनका एमाले र माओवादी केन्द्रका नेताहरु विभिन्न जिल्लामा खटिएका हुन् । एमालेका नेताहरु एमाले महासचिव ईश्वर पोखरेल र वरिष्ठ नेता माधवकुमार नेपाल तथा राजन भट्टराईलाई जिताउने अभियानमा खटिएका हुन् । एमाले केन्द्रिय […]
वृद्धाश्राममा निःशुल्क स्वास्थ चेकजाच गर्दै डाक्टर कर्ण
नेपालगन्ज,मंसिर,१६- बाँके क्षेत्र नम्बर २ ख मा विवेकशिल साझ पार्टीको तर्फबाट प्रदेश सभाका उम्मेदवार रहेका डाक्टर विनोद कर्णले नेपालगन्जको निलसागर बृद्धाश्राममा रहेका विरामीहरुलाई निःशुल्क चेकजाँच गर्नुभएको छ । क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जका सम्योजक समेत रहेका डाक्टर कर्ण सहितको टोलीले आज नेपालगन्ज उपमहानगरपालिकास्थित आँखा अस्पताल रोड र निलसागर बृद्धाश्रामको सरसफाई गरी वृद्ध वृद्धालाई फलफुल समेत वितरण […]






