काठमाडौं, कात्तिक ९- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तोकिएको समयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नभएमा व्यवस्थापिका–संसद स्वतः पुनःस्थापना हुने बताउनु भएको छ । लक्ष्मण पन्तले लेखेको ‘आधुनिक नेपालको इतिहास (वि.सं. १७४३–१९५५)’ पुस्तक आज राजधानीमा विमोचन गर्दै अध्यक्ष दाहालले संविधानतः संसदको अवधि आगामी माघ ७ गतेसम्म भएपनि निर्वाचनको मनोनयन प्रक्रिया सुरु भएकाले संसद विघटन भएको […]
मुख्य समाचार
निर्वाचन अघि प्रदेशको राजधानी तोकिदैन: प्रधानमन्त्री
काठमाडौं, कात्तिक ९- प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन अघि प्रदेशको राजधानी तोक्न नसकिने बताउनु भएको छ । धनकुटालाई प्रदेशको राजधानी तोक्न माग गर्दै प्रधानमन्त्री निवास वालुवाटार पुगेको प्रतिनिधि मण्डलसँग देउवाले निर्वाचनअघि प्रदेशको राजधानी नतोकिने बताउनु भएको हो । सरकारले लामो समयसम्म पनि प्रदेशको अस्थायी राजधानी तोक्न सकेको छैन । खासगरी निर्वाचन नजिक आइसकेको कारण पनि सरकारले तत्काल प्रदेशको […]
मतपत्र छपाईमा किन विवाद , के भन्यो सर्वोच्चले
काठमाडौं,कात्तिक,९- “ मतपत्र परिवर्तन गरी अलगअलग छाप्दा निर्धारित निर्वाचन नहुने र संवैधानिक संकट आउने विश्लेषण भइरहेको छ तर एक महिनापछि हुने निर्वाचनका लागि मतपत्र छाप्न सुरु नै भएको छैन, जस्तो आकारमा पनि छाप्न समय छ र पहिलो चरणका ३७ सिटका लागि सुरुमा र बाँकी सिटका लागि पछि छाप्ने विकल्प पनि छ । “ मतपत्रमा के हो […]
आज छठ पर्व मनाइँदै
काठमाडौं, कात्तिक ९- मिथिलाञ्चलको महान पर्व छठको मुख्य दिन आज काठमाडौंसहित तराईका विभिन्न जिल्लामा धुमधामका साथ मनाईंदै छ ।छठको तेस्रो तथा मुख्य दिन आज अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अघ्र्य दिने गरिन्छ । छठका लागि तराईका विभिन्न जिल्लाका नदी तथा तलाउका किनारा झकिझकाउ पारिएको छ । दुलही झैं सिंगारिएका तलाऊहरुमा हजारौं भक्तजन बिहानैदेखि भेला […]
राष्ट्रपतीद्वारा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
काठमाडौँ, कात्तिक,८- राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित […]
३७ क्षेत्रका लागि २६६ उम्मेदवारको नामावली आयोगद्वारा सार्वजनिक (हेर्नुस् अन्तिम सूची )
काठमाडौँ,कार्त्तीक,८- मंसिर १० गते पहिलो चरणको प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगले सार्वजनिक गरेको छ। आज उम्मेदवारी फिर्ता लिएपछि बाँकी रहेका उम्मेदवारको अन्तिम सूची आयोगले सार्वजनिक गरेको हो। पहिलो चरणमा प्रत्यक्षतर्फ ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा २६६ उम्मेदवार छन्। (हेर्नुस् अन्तिम सूची ) ताप्लेजुंग १ आईतराज मावोहाङ लिम्बु पुरुष राष्ट्रिय जनमुक्ति पार्टी […]
मुस्ताङबाट ५३ करोडको स्याउ बाहिरियो
मुस्ताङ,कार्त्तीक,८- यस वर्ष मुस्ताङबाट ५३ करोड रुपैयाँको स्याउ बाहिरिएको छ । कृषि विकास कार्यालयले यहाँको ५३ सय टन स्याउ बिक्रीका लागि मुस्ताङ बाहिर पठाइसकिएको जनाएको छ । सरकारले कृषि सामग्री अनुदान र उत्पादनका कार्यक्रम ल्याएपछि यस वर्ष १० प्रतिशतले स्याउ उत्पादन बढेको हो । पछिल्लो १० वर्षको अवधिको तथ्यांकअनुसार यो वर्ष स्याउ उत्पादन बढेको कार्यालयले […]
म्याग्दीमा १९ जाना उम्मेद्वारी दिएका मध्य ६ जनाले फिर्ता लिए
म्याग्दी,कार्त्तक,८ मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागी लागि म्याग्दीमा उम्मेद्वारी दिएका १९ जना मध्ये ६ जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । प्रतिनिधिसभामा एक, प्रदेश क्षेत्र नम्बर १ मा ४ जना र प्रदेश क्षेत्र नम्बर २ मा १ जनाले गरि ६ जनाले उम्मेद्वारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत राजु ढुंगानाले जानकारी दिनुभयो । […]
कन्चनपुरमा बस पल्टिदा २२ जना यात्रु घाईते
कञ्चनपुर, कात्तिक ८ – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा बस पल्टिएको छ । डडेल्धुराको जोगबुडाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ४ ख ८०३९ नम्बरको बस आज दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् । घाइतेहरुको झलारीमा रहेको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि एम्बुलेन्समार्फत कैलालीको अत्तरियातर्फ लगिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक लालमणि जोशीले जानकारी […]
विदेश जान लागेका शर्मा पत्रकारिता जमेर दशक यात्रा पुरा गरे
खड्ग शर्मा करिब एक दशक अघिदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । शर्मा नेपाल पत्रकार महासंघ दाङको साधारण सदस्य एवम रेडियो स्वर्गद्वारीमा कार्यरत हुनुहुन्छ । उहाँसँग गरीएको कुराकानी किन पत्रकारिता क्षेत्रमा आबद्व हुनुभयो ? म पत्रकारीता क्षेत्रमा लाग्छु भन्ने सोचेको पनि थिएन तर रहर भने निकै थियो । कहीले काही रहर पनी यथार्त हुदो रहेछ । […]










