काठमाडौंको बल्खुमा भीषण आगलागी, ४० घर जले

काठमाडौं, असोज १५– बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा शनिबार राति ११ बजेतिर शुरु भएको भीषण आगलागीमा हालसम्म कम्ती ४० घर नष्ट भएका छन् । मानबहादुर विकको घरबाट दियो बाल्दाबाल्दै शुरु भएको आगलागीमा करिब १५ वटा ग्यास सिलिण्डर पनि पड्केका थिए । डेरामा बस्ने तीनजनालगायत सबैका खाद्यान्न, लत्ताकपडा सबै जलेको स्थानीयवासी श्यामदास पाण्डेले बताउनुभयो […]

आज बडादशैं : मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरिदैं

काठमाडौं, आसोज १४- आज नेपालीहरुको महान् चाड बडादशैं मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदैछ । आजको दिन घरघरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दूर्गालाई चढाएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनहरूबाट नवदूर्गा भवानीको प्रसाद, टीका र जमरा लगाउने प्रचलन छ । आजको दिन परिवारमा आफूभन्दा ठूलाबडा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदूर्गा भवानीको […]

चिकित्सक संघको आन्दोलन फिर्ता

काठमाण्डौ,असोज,१३- सरकारले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि नेपाल चिकित्सक संघले आन्दोलन स्थगित गरेको छ । आज बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी कार्यालयमा भएको वार्तामा प्रधानमन्त्री शेर बहादुर देउवाले संघले उठाएको माग सम्बोधन गर्दै चिकित्सकलाई सुरक्षाको पुर्ण प्रत्याभुति दिलाउने प्रतिवद्धता जनाएपछि संघले तत्काललाई आन्दोलन स्थगित गरेको हो । चिकित्सकहरुमाथि हातपात भईरहेको र सुरक्षाको महसुस नभईरहेका बेला सरकारले […]

बडादसैंको टीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा उत्तम

काठमाडौं, असोज १३- हिन्दुहरुको महान पर्व बडादसैंको टीकामा साइत खोज्नेहरुका लागि शनिबार (भोलि) बिहान ११ बजेर ५५ मिनेट उत्तम रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिले दुर्गाभवानीको प्रसाद लगाउनका लागि साइतको जरुरी नपर्ने तर साइत नै खोज्नेहरुका लागि भने ११ बजेर ५५ मिनेटको समय उत्तम रहेको जनाएको हो । दसैंमा मान्यजनहरुबाट टीका–जमरा थापेर आशिर्वाद लिने […]

आज विश्व मुटु दिवस

काठमाडौं,असोज १३- आज विश्व मुटु दिवस देशभर विभिन्न कार्यक्रम गरेर मनाईंदैछ । यसवर्षको विश्व मुटु दिवसको नारा ‘एक विश्व, एक घर, एक मुटु’ तय गरिएको छ ।विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन २००० देखि सेप्टेम्बरको अन्तिम आईतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि यसवर्षदेखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउन लागिएको […]

वडादशैंको नवौं दिन आज महानवमी पर्व मनाईदै

काठमाण्डौं,असोज,१३- आश्विन शुक्ल महानवमीका दिनमा आज नवरात्रीको नवौं दिन नेपालीले वडादशैँका रुपमा आज नव दुर्गा माताको नवौं शक्त्ती स्वरुपा माता सिद्विधात्रीको विशेष पूजाआराधना गरी भव्यरुपमा मनाउँदै छन्। साथै वडादसैँको नवौं दिन आज धनधान्यकि देवि माता  महालक्ष्मी देविको पूजा अर्चना गरि मनाईदैछ । आजको दिन शक्त्ती स्वरुपा माता सिद्विधात्रीको विशेष पूजाआराधना गर्नाले सम्पुर्ण संसारै जित्न सक्ने सिद्वता हासिल […]

लोकप्रिय गायक तथा रेडियो प्रस्तोता वासुदेव मुनालको निधन

काठमाण्डौं,असोज,१२- गायक वासुदेव मुनालको निधन भएको छ। रेडियो प्रस्तुतिमा पनि बेग्लै पहिचान बनाएका मुनालको घाँटीको क्यान्सरका कारण बिहीबार भक्तपुरको क्यान्सर अस्पतालमा निधन भएको हो। उनी ६८ वर्षका थिए। झण्डै चार दशक रेडियोमा बिताएका उनको रेडियो नेपालमा बज्ने बाल कार्यक्रम निकै लोकप्रिय थियो। ‘पानी खाने निउँले’, ‘लालुपाते फूलेर’ ‘बाँसुरीको धुनमा’, ‘तिम्रो घर चाँचरी’ लगायतका चर्चित गीत […]

‘छक्का पञ्जा २’ ले तोड्यो भारतीय सिनेमा बाहुबलीको रेकर्ड

काठमाडौं, असोज १२ – दशैंको अवसर पारी बुधबार फूलपातीको दिन देशभर प्रदर्शनमा आएको सिनेमा ‘छक्का पञ्जा २’ को शुरुवाती दिनको कारोबार नै आक्रामक रहेको छ । शुरुवाती दिनमा दर्शकको उपस्थिति र टिकटहरु बिक्री भएको ‘छक्का पञ्जा २’ ले नेपाली सिनेमाको बजारमा भारतीय सिनेमा ‘बाहुबली’ले राखेको रेकर्डसमेत तोडेको छ । देशभरका सय भन्दा धेरै हलहरुबाट एकसाथ […]

भारतलाई हराएर च्याम्पियन बनेको नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं, असोज १२- साफ यु–१८ फुटबल च्याम्पियनसिप विजेता नेपाली टोली  आज स्वदेश फर्किएको छ ।भुटानको थिम्पुमा बुधबार सम्पन्न १८ वर्षमुनिको सो प्रतियोगिता जित्दै नेपाली टोली आज दिउँसो १ बजे काठमाडौं आइपुगेको हो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी एवं फुटबलप्रेमी समर्थकहरुले स्वागत गरेका थिए ।भुटानमा भएको प्रतियोगिताको अन्तिम दिन बुधबार […]

जापानी प्रधानमन्त्री आबेद्वारा संसद विघटन

जापान,असोज,१२- जापनका प्रधानमन्त्री सिन्जो आबेले एक वर्ष अवधि बाँकी छँदै संसदको तल्लो सदन विघटन गर्नु भएको छ । चाँडो चुनाव गराउँदा आफ्नो पार्टीलाई फाइदा हुने देखेर प्रधानमन्त्री आबेले संसद भंग गरेको बताइएको छ । निर्वाचनको मिति आगामी अक्टोबर २२ लाई तोकिएको छ ।उत्तर कोरियासँग भएको पछिल्लो तनावमा राष्ट्रका पक्षमा बलियो अडान राखेको भन्दै आबेप्रति जनलहर केही सुदृढ भएको […]