भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

काठमाडौं,असोज,१७- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् । भारतीय कम्पनी सतलजको लगानीमा बन्न लागेको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्न मोदी नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा उक्त आयोजना शिलान्यास गर्ने कार्यक्रम छ । त्यसका लागि मोदी असोज अन्तिम साता वा कात्तिक पहिलो साता नेपाल आउने […]

हामी बोल्सेभिक, एमाले मेन्सेभिकः प्रचण्ड

 काठमाडौं,असोज,१७- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारको पार्टी सचिवालय बैठकमा एमालेसँगको एकता प्रस्तावलाई अनौठो तर्कद्वारा स्थापित गर्ने प्रयत्न गरे । उनले रुसमा कम्युनिस्ट पार्टी विभाजन भएर दुई धार बनेका बोल्सेभिक र मेन्सेभिकबीच पुनः एकताको प्रसंग कोट्याए । उनले माओवादीलाई बोल्सेभिक र एमालेलाई मेन्सेभिकका रुपमा अथ्र्याए । रुसी भाषामा बोल्सेभिकको अर्थ बहुमत र मेन्सेभिकको अर्थ […]

एकीकरण र तालमेलको फगत हल्ला

हरिविनोद अधिकारी’ काठमाण्डौं,असोज,१७- नेकपा एमाले र नेकपा माओबादी केन्द्रका बिचमा आगामी निर्वाचनहरुका लागि उम्मेदवार तालमेलको कुरासँगै दुबै दलहरुको एकीकरणसम्मको कुरा बाहिर आएको छ । फुट्नु भन्दा जुट्नु अत्यन्त राम्रो हो र झन एउटै बिचारका आधारमा खोलिएका दलहरु मिल्नु त समय, श्रम र सिपको समेत संचय गर्नु हो । अनि नेपाली सञ्चार माध्यमहरु र राजनीतिक वृत्तमा […]

देवनारायणका बाबुछोरालाई रिहाइको पहल गर्न सीडीओलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं,असोज,१६- भारतीय प्रहरीद्वारा पक्राउ परेका सीमा बचाऊ अभियानकर्ता देव नारायण यादव र उहाँका छोरालाई छुटाउन गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले सप्तरीका  प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनु भएको छ । सप्तरी तिलाठीका देव नारायण यादव र उनको छोरा अजयलाई भारतीय प्रहरीको नियन्त्रणबाट रिहाईको पहल थाल्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनु भएको हो । उहाँले सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ […]

मूर्ति सेलाउने विषयमा गुलरियामा विवाद चर्कियो

बर्दिया,असोज,१६- बर्दियाको गुलरिया नगरपालिकाको लालपुर क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश गरेको छ ।आज बिहानैदेखि स्थानीय दुई पक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले लालपुरदेखि ५०० सय मिटर पू्र्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर कर्फ्यु जारी गरेको हो । बर्दियाको गुलरिया नगरपालिका–११ मा आइतबार दिउँसो दुर्गाको मूर्ति र मोहर्रमको ताजिया सेलाउने क्रममा दुई पक्षबीच झडप भएको […]

दुर्घटनामा परी साउदी अरेबियामा नेपालीको मृत्यु

कञ्चनपुर, असोज १६- दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ । साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो । राना एक वर्षअघि देखि साउदी अरेबियामा सवारी चालकका रुपमा काम गर्दै आएको नगरपालिका–१२ का वडाध्यक्ष […]

देव नारायण यादवलाई छुटाउन प्रचण्ड र गृहमन्त्री शर्माको पहल

काठमाडौं,असोज,१६- भारतीय प्रहरीद्वारा पक्राउ परेका सीमा बचाऊ अभियानकर्ता देव नारायण यादवलाई छुटाउन आवश्यक पहल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहल शुरु गर्नु भएको छ । यादवलाई शनिवार भारतीय बजारमा लागेको दशेरा मेला हेर्न गएको बेला भारतीय प्रहरीले यादव र उनका छोरासहित तीनजनालाई नियन्त्रणमा लिएको थियो । त्यतिखेर यादव र अन्य एकजनालाई रिहाई गरेपनि उनका […]

आज २७ औं ज्येष्ठ नागरिक दिवस बिभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं,असोज,१५- २७ औं अन्तर्रा्ष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज बिभिन्न कार्यक्रम गरी मनाइदैँ छ । हरेक बर्षको अक्टोबर १ तारिखमा बिश्व ज्येष्ठ नागरिक दिवस मनाउने गरीन्छ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउँदैछन् । संयुक्त राष्ट्र सङ्घले १९९० डिसेम्बर १४ मा अक्टुबर १ लाई अन्तर्रा्िष्ट्रय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने […]

आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाइदै

काठमाडाैं,असाेज,१५- विजयादशमीको दोस्रो दिन आज, पापकुंश एकादशीः आज पनि आफन्त र मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम चलिरहेको छ । विजया दशमीमा दिन हिजो टिका थाप्न जान नपाएका आफन्त तथा टाढा टाढा रहेका मान्यजनका घरमा टिका थाप्न जानेको चहलपहल पनि बढेको छ । एकादशी अर्थात एघारौँ तिथी र यो तिथीमा वर्त वस्ने, फलाहारहरुमात्र […]

सरकारको सुपथ मूल्यका पसलमा ५० प्रतिशतले कारोबार बढ्यो

काठमाडौं, असोज १५- सरकारले संचालन गरेको सुपथ मूल्यका पसलमा कारोबार बढेको छ ।अघिल्ला वर्षको तुलनामा सुपथ मूल्यका पसलमा ५० प्रतिशतसम्मले कारोबार बढेको संस्थानहरुले जनाएका छन् । साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङले दशैं, तिहार, छठ पर्वलाई लक्षित गरी उपत्यकासहित मोफसलमा समेत सुपथ मूल्यका पसल एवं घुम्ती पसल संचालन गर्दै आएका छन् । नेशनल ट्रेडिङमा यस वर्ष गत […]