काठमाडौ,भदौ,२– माओवादी केन्द्रको युवा भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) को दोस्रो राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौमा सुरु भएको छ । बिहान ११ बजे जडीबुटी पार्टी प्यालेसमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । वाइसिएललाई नयाँ नेतृत्व सहमतिबाटै ल्याउन पार्टीबाट चर्को दबाब परेको छ । वाइसिएलको नेतृत्वका लागि तीनजना बीच प्रतिस्पर्धा देखिएको […]
मुख्य समाचार
घोराहीमा भोली हुने तीज विशेष साँस्कृतीक कार्यक्रमको तयारी पूरा
नरेश खड्का/ दाङ,भदौ २- यहि भदौ ३ गते “दाङको घोराहिमा तीज विशेष सास्कृतिक कार्यक्रम २०७४” हुनेभएको छ । हरितालिका तीजको अवसर पारेर राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समिति दाङको आयोजनामा हुन लागेको कार्यक्रममा दाङ जिल्लाका सम्पुर्ण कलाकार तथा लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष चन्द्र शर्मा गायिका भुमिका गिरि , […]
विद्यानिलकण्ठमा स्वागत तथा तिज विशेष कार्यक्रम सम्पन्न
रोशन घर्ति दाङ,भदौ,२- घोराहीमा रहेको विद्यानिलकण्ठ माविमा स्वागत तथा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । नजिकिदै गरेको हरितालिका तिजको अवसर पारेर शुक्रबार स्वागत तथा तिज विशेष कार्यक्रम गरीएको हो । कक्षा १२ का छात्र सिद्धिमान बोहराको अध्यक्षता एवं विद्यालयका प्रधानाध्यापक गणेश के.सी.को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नवआगन्तुक कक्षा ११ का […]
प्रधानमन्त्रीद्वारा कैलालीका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण
कैलाली, भदौ १- प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको बाढी प्रभावित क्षेत्रको आज हवाई निरीक्षण गर्नु भएको छ । उहाले टीकापुरको पुरानो विमानस्थलमा ओर्लिएर बाढीपीडितलाई राहत सामग्री पनि हस्तान्तरण गर्नु भएको हो । प्रधानमन्त्री देउवाले बाढीपीडितको राहतमा कुनै कमी हुन नदिने आश्वासन दिनुभएको छ । उहाँले खाद्यान्न लत्ताकपडा र पालको व्यवस्था गरेको बताउनुभयो । उहाँले बाढीबाट विस्थापित […]
रुकुमको आठविसकोटमा अज्ञात रोगबाट २ सय विरामी
नरेश खड्का / रुकुम,भदौ,१- रुकुमको आठविसकोट नगरपालिका–३, खदीमा अज्ञात रोगका कारण २ सय बढी बिरामी परेका छन् । हप्ता दिन यता सर्वसाधारणहरु धमाधम बिरामी परिरहेको स्थानीयले बताएका छन् ।स्थानीयका अनुसार टाउको दुख्ने, पेट दुख्ने, हातगोडा दुख्ने, वान्ता हुने जस्ता लक्षणका कारण गाउँका अधिकांश सर्वसाधारण बिरामी परेका छन् । नगर प्रमुख गोर्खबहादुर केसीले अज्ञात रोगका कारण […]
जनसम्पर्क समिती क्यूस्यु फुकुओकाको क्षेत्रीय अधिवेशन हुने
मिलन मगर/ जापान,भाद्र,१- जनसम्पर्क समिती क्यूस्यु फुकुओकाको क्षेत्रीय अधिवेशन हुने भएको छ । अधिवेशनको लागी उम्मेदवारी मनोनयन दर्ता अगष्ट १९ तारीखमा हुँदैछ । मनोनयन दर्ताका लागि भोली किनयोबि (शुक्रबार )बिहान १० देखि १२ बजेसम्म समय तोकिएको छ ।मनोनयन दर्तासँगै चुनावी कार्यक्रम सुरु हुनेछ । मनोनयन दर्ताका बेला उम्मेदवारले उम्मेदवारी दिन खोजेको पदअनुसारको तोकिएको धरौटी रकम र आवश्यक […]
दाङ जिल्ला उद्योग बाणिज्य संघमा भुषाल निर्वाचित
नरेश खड्का/ दाङ,साउन,३२- दाङ जिल्ला उद्योग बाणिज्य संघको अध्यक्षमा नारायणप्रसाद भुषाल निर्वाचित भएका छन् । हिजो मतदान भई बुधबार सम्पन्न मतगनणा अनुसार भुषालले मुख्य प्रतिष्पर्धी मञ्जु बज्राचार्यलाई हराउदै भुषाल अध्यक्ष पदमा विजयी भएका हुन् । भुषालले नौँ सय ६४ मत ल्याएर विजयी भएका हुन् । यस्तै मञ्जु बज्राचार्यले छ सय ११ मत ल्याईन । दुई […]
नेपाल आदिवासी जनजाति महासंघ जापानको क्युसु क्षेत्रमा क्षेत्रिय कमिटी गठन हुने
मिलन मगर/ जापान,साउन,३२- नेपाल आदिवासी जनजाति महासंघले जापानको क्युसु क्षेत्रमा क्षेत्रिय कमिटी गठन गर्ने भएको छ । सबै जनजातिहरुलाई एक ठाँउमा गोलबद्व गराउने साझा, छाता संगठनको रुपमा रहेको संस्था नेपाल आदिवासी जनजाती महासंघको क्षेत्रिय कमिटी जापानको क्युसु क्षेत्रमा गठन गर्न लागेको हो । यहि अगष्ट १४ तारिखका दिन फ़ुकुओका क्षेत्रमा बसोबास गर्दै आईरहनु भएका हस्त लामाको अध्यक्षतामा बसेको बैठकले नेपाल […]
सशस्त्र प्रहरी बलमा २५ सय जनाको माग
काठमाण्डौ,साउन,३१- सशस्त्र प्रहरी बलमा २५ सय जनाका लागि जागिर खुलेको छ । सशस्त्र प्रहरी बलले मंगलबार एक सुचना प्रकाशन गर्दै प्रहरी जवान, भान्छे, केश कर्तक, सुचिकार चर्मकर्मी र कुचिकार गरि २५ सय कर्मचारी माग गरेको हो । सशस्त्र प्रहरीले २३ सय जना जवान मात्रै माग गरेको छ । जसमा खुलातर्फबाट १ हजार २१ सय १९ […]
बढी प्रभावित क्षेत्रलाई प्राथमिकता दिई राहत वितरण गर्न गृहमन्त्रीको निर्देशन
काठमाण्डौं,साउन,३१- बढी प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखेर राहत वितरण गर्न गृहमन्त्री जनार्दन शर्माले निर्देशन दिनुभएको छ । आज राहत प्रक्रियाका बारेम बुझ्न र निर्देशन दिन हवाई अड्डा निर्देशनालय पुगेका गृहमन्त्री शर्माले सबैलाई न्यायोचित रुपमा राहत वितरण गर्न र बढी प्रभावित क्षेत्रलाई प्राथमिकता दिन निर्देशन दिनु भएको हो । बढी पीडितले राहत नपाएको गुनासोसँगै राहत ढुवानीमा समस्या आएको […]










