प्रधानमन्त्री देउवाको भारतको पाँचदिने राजकीय भ्रमण तालीका सार्वजनीक

काठमाडौं, भदौ,५- आगामी बुधबार भारतको पाँचदिने राजकीय भ्रमणमा जान लाग्नु भएका प्रधानमन्त्री शेर बहादुर देउवाको भ्रमण तालिका सार्वजनिक भएको छ । चौथोपटक प्रधानमन्त्री भएपछि विदेश भ्रमणका रुपमा पहिलोचोटी भारत जान लाग्नु भएका प्रधानमन्त्री देउवाको भ्रमण तालिका सोमबार (आज) परराष्ट्र मन्त्रालयले निकालेको हो । भ्रमण तालिकाअनुसार प्रधानमन्त्री देउवाले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । […]

सरकारले मंसिर १० गते प्रदेश र संघीय संसदको निर्वाचन गर्ने

काठमाडौँ,भदौ,५- सरकारले आगामी मंसिर १० गते प्रदेश र संघीय संसदको निर्वाचन गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र संघको निर्वाचन एकै दिन मंसिर १० गते गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । त्यसैगरी : मन्त्रिपरिषद्ले प्रधानमन्त्री देउवाको आसन्न […]

आदिवासी जनजाती महासंघ मलेसियाको तेस्रो राष्ट्रिय महाधिबेशन सम्पन्न

आर एन चौधरी थारु/ मलेसिया,भदौ,५- आदिवासी जनजाती महासंघ मलेसियाको तेस्रो राष्ट्रिय महाधिबेशन तथा २३ औं बिश्व आदिवासी दिवस भब्यताको साथ सम्पन्न भएको छ।”अधिकार प्रतिनिधित्व र स्वसाशनको लागी आदिवासी जनजातिको अडान । पहिचान सहितको संघीयताको लागी संविधान संशोधन हाम्रो साझा अभियान “भन्ने मुल नाराको साथ २३ औं महाधिबेशन कार्यक्रम मलेसियामा रहेको विभिन्न जातीय संघ संस्थाहरु शेर्पा […]

सुदुरपश्चिम सेवा समाज मलेसियाद्वारा मृतक बोहराका परिवारलाई आर्थिक सहयोग

दिनेश खड्का/ मलेसिया,भदौ ४- केहि बर्ष अगाडी अन्यौ सपनाहरु बोकेर मलेसिया पुग्नु भएका महेन्द्रनगर निवासी डबल बहादुर बोहोराका परिवारलाई सुदुरपश्चिम सेवा समाज मलेसियाले आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ । सुदुरपश्चिम सेवा समाज मलेसियाका अध्यक्ष देब पाण्डेको अध्यक्षतामा आईतबार बसेको पुर्ण बैठकले सहयोग सँकलन रकम स्वग बोहाराका परिवारलाई (आ एम ई) मार्फत आईतबार हस्तान्तरण गरेको […]

देश निर्माणमा सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ,भदौ, ४- प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभएको छ । ‘व्यावसायिक पत्रकारिताको आधार– प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा आजदेखि सुरू भएको नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनको उद्घाटन गर्दै उहाँले मुलुकका विभिन्न समयमा भएका परिवर्तनमा पत्रकारिता जगत्को अत्यन्त महत्वपूर्ण योगदान रहेको र […]

संशोधनमाथिको बृहत् छलफल आज हुँदै

काठमाडौं,भदौं,४- व्यवस्थापिका संसदको आजको बैठकमा संविधान संशोधन प्रस्तावमाथिको बृहत् छलफल हुने भएको छ । दिउँसो १ बजे सुरु हुने बैठकमा गत बुधबार प्रस्तुत गरिएको संशोधन प्रस्तावमाथि छलफल हुने भएको हो । संशोधन प्रस्तावमाथि परेका ५० संशोधनमध्ये एक संशोधनकर्ताले बोलिसक्नु भएको छ भने अब ४९ संशोधनकर्ताले धारणा राख्न बाँकी छ । संशोधनकर्ता सांसदसँगै अन्य इच्छुक सांसदले […]

नेता नेपाल उत्तर कोरियाको भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौं,भाद्र,३- नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल उत्तर कोरियाको भ्रमण सकेर आज स्वदेश फर्किनु भएको छ । भ्रमणका क्रममा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई भेटेर युद्धमा भन्दा वार्ता र संवादमा जोड दिन आग्रह गरेको नेता नेपालले बताउनुभयो । एशियाली देशका सांसदहरुको सम्मेलनमा सहभागी हुन उत्तर कोरिया पुगेका नेपालले आज […]

प्रदेश २ मा स्थानीय तहको निर्वाचनको तयारी तीव्र

काठमाडौं,भदौं,३- निर्वाचन आयोगले असोज २ गते प्रदेश नम्बर २ माहुने स्थानीयतहको निर्वाचनको तयारी तीव्र पारेको छ । प्रदेशनम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते स्थानीयतहको तेस्रो चरणको निर्वाचन हुदैछ । निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका लगाएतका सामानहरु जिल्ला, जिल्लामा पुर्याउने, थपिएका स्थानीय तहमा मतदातानामावलि संकलनको कामलाई व्यवस्थित गर्ने […]

नामावली दर्ता गराउन छुटेकालाई फेरी आयोगको आग्रह

काठमाडौं,भदौं,३- निर्वाचन आयोगले थप गरेको मतदाता नामावली संकलनको समयअवधि आज सकिदैछ । गत साउन ३२ गते ३ दिन थप गरेको नामावली संकलनको अवधी आज सकिने निर्वाचन आयोगले जनाएको छ । सबै क्षेत्रीय, जिल्ला निर्वाचन कार्यालय र ६ सय ६९ स्थानीय तहहरुबाट मतदाता नामावलीमा नाम दर्ता, संकलन भइरहेको आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले […]

नेपाल प्रेस युनियनले बोलायो बृहत आकस्मिक भेला

काठमाडौं,भदौं,३- नेपाल प्रेस युनियनले संगठन विभागले भोलीबाट काठमाडौंमा सुरुहुने पत्रकार महासंघको २५ औं महाधिवेशनका बारेमा छलफल गर्ने बृहत भेला बोलाएको छ । युनियनको संगठन विभागले आकस्मिक भन्दै भेला बोलाएको हो । युनियन संगठन विभागले भेलामा उपस्थितिकालागि केन्द्रीय समितिका सदस्य, आकांक्षी उम्मेदवारहरु, युनियनका केन्द्रीय पार्सद, महासंघका पार्षद्हरु अनिवार्य उपस्थीतिकालागि आग्रह गरेको छ । काठमाडौंको अनामनगरस्थित घट्टेकुलो […]