काठमाडौं, भदौ,८/ हिन्दु नारीहरुको महान पर्वका रुपमा आज हरितालीका तीज देश विदेशमा रहेका नेपालीले एकै साथ मनाईदै छन् । खासगरी हिन्दू महिलामा प्रचलित यस पर्वमा दर खाने, नाच्ने, गीत–संगीतमार्फत् आफनो मनको बह पोख्ने र रमाइलो गर्ने गरिन्छ । यतीवेला नेपालको विभिन्न व्यापारीक ठाँउमा महिलाको भीड बढेको छ । रातो साडी, चुरापोतेमा महिला दिदि बहिनी सजीएका छन् […]
मुख्य समाचार
प्रधानमन्त्री देउवालाई दिल्लीमा विदेशमन्त्रीको स्वागत
काठमाडौं,भदौ,७- प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने भारत भ्रमणका क्रममा नयाँदिल्ली पुग्नु भएको छ । नेपाल एयरलाइन्सको विमानबाट दिल्ली पुग्नु भएका प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गर्नु भएको थियो । प्रधानमन्त्री विमानस्थलबाट राष्ट्रपति भवन प्रस्थान गर्नु भएको छ ।
प्रधानमन्त्री देउवा भारत प्रस्थान
काठमाडौं, भदौ ७/ पाँच दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत जानु भएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँ दिल्ली जानु भएको हो । भारत प्रस्थान गर्नुअघि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री देउवालाई सलामी अर्पण […]
हरितालिका तीज सुरु : आज दर खाने दिन
काठमाडौं, भदौ ७- हिन्दू नेपाली महिलाले मनाउने चाड तीजको अघिल्लो दिन आज मीठा मीठा परिकारका साथ दर खाईंदैछ । दुःख भुलाउन भोलिपल्ट बस्ने व्रतको अघिल्लो दिन दर खुवाउने गरिन्छ । दर खाने दिनदेखि हरितालिका तीज सुरु हुन्छ । टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ खीर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई […]
प्रथम “भि.आर.सि.सी. कप २०७४” हुने
हिमाल महरा घोराही,भदौ,७- हिन्दुको महान पर्व विजयादशमी तथा शुभदिपावलीको पावन अवसरमा प्रथम भि.आर.सि.सी. कप २०७४ हुने भएको छ । उक्त कार्यक्रम भि.आर.सी.सी.क्लबले आयोजना गर्न लागेको हो । कार्यक्रम यही असोज २० गतेबाट सुरुहुने कार्यक्रम अम्बीका मावीमा हर्नकमा सम्पन्न गरीने क्लबका अध्यक्ष भुपेन्द्र थापाले जानकारी दिनुभएको छ । “स्वास्थ्यका लागी खेलकुद ,राष्ट्रका लागी खेलकुद” भन्दै आयोजना […]
मन्त्रिमन्डल ५० सदस्यीय पुग्यो
काठमाडौं, भदौ ६- प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिमन्डल विस्तार गरेका छन् ।उहाँले आज आफ्नो पार्टी नेपाली कांग्रेसबाट १२ र नेपाल लोकतान्त्रिक फोरमबाट तीनजना राज्यमन्त्री थप गर्नु भएको हो ।मन्त्रिमन्डल थपिएका राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री देउवाले आदनै पद तथा गोपनीयताको शपथग्रहणसमेत गराउनु भएको हो । आद थपिएका राज्यमन्त्रीहरुमा कांग्रेसको तर्फबाट शेषनाथ अधिकारी, सीता गुरुङ, उदयशमशेर राणा, नरबहादुर चन्द, […]
युवाहरुको संस्था सामर्थ्य नेपालको पश्चिम नेपाल प्रमुखमा केपि खनाल नियुक्त
कैलाली,भदौ,६- “समाज परिवर्तनमा शिर्जनशिल युवाहरूको हातहरु ” भन्ने मुल लक्ष्य लिएर देशव्यापीरुपा गठन हुदै आइरएको युवाहरूको संस्था सामर्थ्य नेपालको पश्चिम नेपाल प्रमुख मा आज सामर्थ्य नेपालको केन्द्रिय समिती ले सुदुरपच्चिमका सक्रिय युवा केपि खनाल लाई नियुक्त गरिएको केन्द्रिय समितिले जानकारी दिएको छ । समितीका अनुसार देशमा भैरहेको सामाजिक ,आर्थिक ,राजनीति बिकृतीलाई हटाउन तथा समाजमा युवाहरूलाई […]
नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्यको प्यानल विजयी
काठमाडौं,भदौं,६- नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्यसहित ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।मतगणनाको परिणामअनुसार आचार्यले ७३२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गर्नुभयो । पदाधिकारीहरुमा पनि आचार्य नेतृत्वकै प्रेस सेन्टर र नेपाल प्रेस युनियनको संयुक्त समूह विजयी भएको छ भने केही सदस्यहरुमा […]
संविधान संशोधन विधेयक संसदबाट अस्वीकृत
काठमाडौं, भदौ,५- संविधान संशोधन विधेयक संसद वैठकबाट अस्वीकृत भएको छ । मधेश केन्द्रीत दलहरुको चित्त बुझाउने उद्धेश्यले ल्याइएको संशोधन विधेयकमाथि सोमबार (आज) संसद वैठकमा मतदान भएकोमा दुई तिहाइ मतप्राप्त हुन सकेन । संसद वैठकमा आज ५५३ जना सांसदहरु उपस्थित रहेकोमा संशोधन विधेयकको पक्षमा ३४७ मत मात्रै पर्यो भने संशोधनको विपक्षमा २०६ मत पर्यो । संसदमा हाल […]
ओखलढुंगामा करिब ८ हजार मतदाता थपिए
सिर्जना बर्देवा,/ ओखलढुंगा,भदौ,५- ओखलढुंगामा करिब ८ हजार मतदाता थपिएका छन् । प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगले संकलन गरेको फोटोसहितको मतदाता नामावलीमा करिब ८ हजार मतदाता थपिएका हुन् । जिल्लाका सबै गाउँ तथा नगरपालिकामा भएको मतदाता नामावली संकलन कार्यक्रमबाट ७ हजार ८ सय भन्दा बढी नयाँ मतदाताले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका […]










