काठमाडौं,असार,१४- दोस्रो चरणअन्तर्गत असार १४ गते बुधबार हुन गइरहेको स्थानीय तहको निर्वाचनमा एक लाख ६३ हजार ८२३ जना सुरक्षाकर्मी परिचालन हुने भएको छ । गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी यो निर्वाचनमा उक्त सङ्ख्यामा सुरक्षाकर्मी परिचालन हुने जानकारी दिनुभयो । निर्वाचन स्वतन्त्र र […]
मुख्य समाचार
५ पटक चुनाव वहिष्कार गरेका थवाङी आज मताधिकार प्रयोग गर्दै
रोल्पा,असार, १४- सधैं एक्लिएको अनुभव गर्दै आएका रोल्पा, थवाङका मतदाता यतिखेर मतदानको प्रतिक्षामा छन् ।इएतिहासमै चुनावबाट टाढा रहेको उनीहरुले स्थानीय तहको चुनाव नदेखेको धेरै भयो । आज हुने निर्वाचनमा मतदान गर्न थवाङीहरु व्यग्र प्रतिक्षामा छन् । थवाङीले यसअघिका २०३८, २०५१, २०५४, २०५६ र २०७० सालका चुनाव वहिष्कार गरेका थिए ।
आज तिन प्रदेशमा दोस्रो चरणको निर्वाचन हुँदै
काठमाडौं, असार,१४– स्थानीय तहको दोस्रो चरणको निर्वाचन आज तीनओटा प्रदेशमा हुँदैछ । प्रदेश नम्बर १, ५ र ७ मा पर्ने ३५ जिल्लाका ३३४ स्थानीय तहमा आज निर्वाचन हुन लागेको हो । तीमध्ये १ महानगरपालिका, ७ उपमहानगपालिका, १११ नगरपालिका र २१५ गाउँपालिका रहेका छन् । सबै स्थानीय तहमा परी कुल २८७४ वडा समावेश छन् ।निर्वाचनमा कुल ६४ लाख ३२ हजार ७ […]
भोलि हुने निर्वाचनको सुरक्षाबारे आयोगमा उच्च तहको बैठक
काठमाडौं,असार,१३- भोलि हुने निर्वाचनको सुरक्षा अवस्थाबारे निर्वाचन आयोगमा उच्च सुरक्षा अधिकारीहरुको बैठक बसेको छ ।भोलि तीन वटा प्रदेशमा एक साथ निर्वाचन हुँदैछ । निर्वाचनको सुरक्षाबारे सतर्कता अपनाउनको लागि निर्वाचन आयोगको कार्यालयमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादव, गृहसचिव, रक्षा सचिव, नेपाली प्रहरीका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, नेपाली सेनाका प्रमुख र राष्ट्रिय अनुशन्धान आयोगका प्रमुखहरुको बैठक […]
नेपाली काँग्रेसका उम्मेदवारहरुले विहानै मतदान गर्ने
बाँके,असार,१३- भोली हुने स्थानिय तहको दोस्रो चरणको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार डा. सुरेश कुमार कानोडियाले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरीयन पुरुवामा मतदान गर्नुहुने भएको छ । भोली विहान ७ बजे आफ्नो मतदान केन्द्रमा मतदान गर्ने नेपाली काँग्रेसले जनाएको छ । त्यस्तै उपमेयर पदका उम्मेदवार उमा थापमगरले वडा नम्बर १ धम्बोजी […]
दाङमा उम्मेदवारका घर सहित ५ स्थानमा बम फेला प¥यो
दाङ,असार,१३- निर्वाचनको अघिल्लो दिन दाङका उम्मेदवारका घर सहित ५ स्थानमा बम फेला परेका छन् । प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिकाका कांग्रेसका मेयर उम्मेदवार गेहेन्द्र गिरीको घरमा बम भेटिएको छ । यसैगरि तुलसीपुर कै विपि चोक र अरनिको मैदानमा पनि बम भेटिएको प्रहरीले जनाएको छ । अरनिको मैदानमा वुधवार हुने निर्वाचनको लागि मतदान स्थल निर्धारण गरिएको छ […]
यी युवायुवती जो चाहना हुँदाहुँदै भोट हाल्न जान सकेनन्
काठमाडौं,असार,१३- महाकाली नगरपालिका ९, दार्चुलाकी मीरा डाँगा हिजोआज परीक्षाको तयारीमा छन्। विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा नेपाली विषयको चौथो सेमेस्टरको परीक्षाको तयारीमा रहेकी उनको परीक्षा अबको केही दिनमा सुरु हुँदैछ। त्यसैले उनी असार १४ गते हुने स्थानीय तह निर्वाचनमा गाउँ जान पाइनन्। उनलाई चुनावमा सहभागिता जनाउने रहर थियो, मताधिकारको प्रयोग गर्ने रहर थियो। उनी भन्छिन्,चौथो सेमेष्टरको जाँच […]
सचिव सरुवाबारे आयोगले मौनता तोड्यो
काठमाडौं,असार,१३ निर्वाचन आयोगले सचिव गोपीनाथ मैनालीको सरुवाबारे आफ्नो मौनता तोडेको छ । आयोगले सचिव मैनालीले मन्त्रिपरिषदबाट भएको सरुवालाई लिएर पदीय मर्यादा नाघेर निजामति प्रशासकको आचरण र मर्यादा विपरित गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको बताएको छ । दोस्रो चरणको चुनावी प्रक्रिया चलिरहेका बेला आयोगका सदस्य मैनालीको सरुवा भएको थियो । विलासी गाडी किन्न रोक्दा आफू सरुवा गरिएको मैनालीले […]
सुरक्षा समितिको व्यवस्थापन बजबुत बनाएको प्रमुख जिल्ला अधिकारी :लामिछानेको भनाई
रमित बि.क., बाजुरा,असार,१३- असार १४ गते अर्थात भोली हुने स्थानिय तह दोस्रो चरणको स्थानिय चुनावमा जिल्ला सुरक्षा समिति बाजुराले सुरक्षालाई मजबुत र प्रभावकारी बनाएको छ । प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले निर्वाचनको ९२ केन्द्रमा अति संबेदनसिल संबेदनसिल र सामान्य गरी ३ तहमा बाँडेर सुरक्षालाई मजबुत बनाएको बताउनुभएको छ । आफुले केन्द्रिय निति अनुसार नेपाली सेनाले […]
बाजुरामा भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा
रमित बि.क., बाजुरा,असार,१३- भोली हुने स्थानिय तह दोस्रो चरणको चुनावको सम्पूर्ण तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । बाजुरा जिल्लाका पाँच गाउँपालिका र चार नगरपालिकामा स्थानिय तह दोस्रो तहको निर्वाचनका लागी मतपेटीका लिएर सम्बन्धित मतदान केन्द्रमा पुगीसकेका छन् । १४ गतेको दिन पानी पर्ने सक्ने सम्भावना भएकाले पाल टाँगेर मतदान प्रक्रिया […]










