रोजा अफ्तारमा काँग्रेस उम्मेदवारको भव्य स्वागत

 बाँके,असार, ३- धार्मीक सद्भावको शहर नेपालगन्जमा काँग्रेसबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारलाइ भव्य स्वागत गरिएको छ । मुस्लीम समुदायको पवित्र पर्व रमजानका अवसरमा वडा नम्बर ५ मा गएराती आयोजना गरिएको रोजा अफतार कार्यक्रममा काँग्रेसका मेयर उम्मेदवार डा.सुरेश कुमार कानोडिया र उपमेयर उम्मेदवार उमा थापामगरलाइ भव्य स्वागत गरिएको थियो । बहुभाषी , बहुजाती ,बहुधार्मीक समुदायको […]

आज त्रिशूल जात्रा

काठमाडौ,असार,३- असार कृष्ण अष्टमी (भलभल अष्टमी) का दिन आज देवपत्तनमा त्रिशूल जात्रा मनाइँदैछ । कन्या र कुमारलाई त्रिशूलमा उने जसरी २० हात अग्लो थामको टुप्पोमा उत्तानो पारेर मनाइने यो जात्रा त्रासदीपूर्ण र कहालीलाग्दो मानिन्छ । अमालकोट कचहरी कार्यालयले यो जात्रा आयोजना गर्दै आएको छ । किम्बदन्ती अनुसार बालबच्चा मारेर खाने नागर्जुनको राक्षसलाई तिम्रा सन्तानको पनि […]

न तात्यो आन्दोलन, न चुनावी सरगर्मी

वीरगञ्ज,असार, ३- न चुनाव पक्षधरले चाहेअनुसार तोकिएको समयमा निर्वाचन हुन पायो न त्यसविरुद्ध गरिएको आज्दोलन सशक्त बन्यो । राष्ट्रिय जनता पार्टीको आह्वानमा मंगलबारदेखि गरिएको चारदिने हड्ताल फिर्ता हुनुअगावै शुक्रबार वीरगञ्ज बजार खुल्यो । आन्दोलनरत दललाई सहमत नगराइकन सरकारले निर्वाचन मिति अढाइ महिना सारेपछि असन्तोष देखिएको हो । आजको नागरिकमा खबर छ ।

सेयर बजारमा सुधारको संकेत

काठमाडौं,असार ,३- सेयर बजारमा यो साता सुधारको संकेत देखिएको छ । यसअघि निरन्तर ओरालो लागेको बजारमा यो साताको पहिलो दिन बजारले सुधार लियो । नेपाल स्टक एक्सचेन्जका अनुसार यो साताको नेपसे परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशकलब ९० अंकले घटेर अन्तिम दिन १५८९ दशकलब ५९ अंकमा पुगेको छ । आजको राजधानीमा खबर छ ।

हजारौँ ऐतिहासिक लिखत जोखिममा

काठमाडौ,असार,३- नेपालको इतिहास, संस्कृति तथा राजकाज व्यवस्थाबारे लेखिएका सनद, रोक्का, लालमोहरका हजारौँ चाङ जोखिमपूर्ण अवस्थामा छन् । भद्रकाली मन्दिर वरपरका चौघेरा भवनमा राखिएका ती सम्पत्ति संरक्षणका लागि खासै चासो पनि राखिएको छैन । त्यसै पनि जीर्ण भइसकेको भवन २०७२ सालको भूकम्पले थिलथिलो बनेको छ । भवन कुनै पनि बेला ढल्न सक्ने अवस्थामा छ । भवन […]

खेत बाटै दौडिय कालि बहादुर घर्ति

लक्ष्मी बि.सी, बाँके,असार,२- नेपालगन्ज उप महानगरपालिका वडा नं १९ आलानगर निवासी ६४ बर्षिया कालि बहादुर घर्ति बिहीबार बेलुका धानको बिउ छर्न खेतमा ब्यस्त देखिन्थे । बिउ छर्न खेतमा ब्यस्त रहेका उनले खेतमा नै आफ्नो हाकीमलाई देखेपछि छक्क पर्दै भने तपाई मेरो हाकिम होइन् र ? २८ बर्ष भेरि अञ्चल अस्पतालमा काम गरि अवकास प्राप्त काली […]

एसईईको नतिजा आज सार्वजनिक हुँदै

नरेश खड्का, दाङ,असार,२- राष्ट्रिय परीक्षा वोर्ड सानोठिमीले माध्यामिक शिक्षा परीक्षा, सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । एसईईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्न डाटा इन्ट्री गर्ने, रुजु गर्नेलगायत अधिकांश काम सकिएको र परीक्षा सार्वजनिक गर्न अहिले आठ बजे बोर्ड बैठक बोलाइएकोे परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिनुभयो । बोर्ड बैठक सकिएलगत्तै बिहान १० बजेसम्ममा परीक्षाफल […]

निर्वाचन आचार संहिता मिच्दै दलहरु, चुनावमा बालबालिकाको प्रयोग

बाजुरा, असार,१- बाजुरा जिल्लाका राजनीतिकदले स्थानीय तहको चुनावमा आचार संहिता मिच्दै प्रचार प्रसारलाई तिब्रता दिएका छन् । चुनावी कार्यक्रममा बालालिकाको प्रयोग गर्दै उनीहरुले आचार संहिता मिचेका हुन् । चुनाव चिन्ह अंकित लोगो भएका टिसर्ट, टोपी बालबालिकालाई लगाउन लगाएर चुनावी प्रचार प्रसार गर्र्दै दलहरुले आचार संहिता उल्लङ्घन गरेका हुन् । आचार संहिताको अनुगमनको जिम्मेवारी पाएको अनुगमन […]

मोडल नरेश बोहोराको खुशी लुटियो

सिर्जना बर्देवा, ओखलढुङगा,असार,१- पछिल्लो समयमा मोडल नरेश बोहोरा सफलताको शिखर चुम्दै छन् ।एक पछि अर्को गर्दै बोहोराको अभिनयमा गितहरु बजारमा आईरहेका छन् । यसैक्रममा बोहोराको अभिनयमा “गयौं तिमी खुशी नै लएर” बोलको गित सार्बजनिक भएको छ । गोरी सर्बुजा मगरको प्रस्तुती रहेको यस गितको शव्द सिर्जना स्वयम बोहोराले नै गरेका छन् भने लय सिर्जना प्रदेशमा […]

ओई साईलीको सफलता संगै डाँगीको “चौबन्दीको तुना” चर्चामा

सिर्जना बर्देवा, ओखलढुङगा,असार,१– पछिल्लो समयका चर्चित सर्जक मधुसुदन डाँगीको सिर्जना रहेको लोक पप गित “चौबन्दीको तुना” चर्चामा रहेको छ । एक पछि अर्को सिर्जना गर्दै गित संगितको बजारमा ल्याउने क्रममा डाँगिको नयाँ सिर्जना “चौबन्दीको तुना” बजारमा आएको हो । ओई साईली गितको अपार सफलता संगै डाँगीको अर्को सिर्जनाले पनि बजार तताएको छ । डाँगीको सिर्जना […]