आजको राशिफल ।। असोज २० गते बिहिवार

काठमाडौं,असोज,२०-आज विक्रम संवत २०७९ साल असोज महिनाको २० गते बिहिवार, (अक्टोवर ६ तारिख) अश्विन शुक्ल एकादशी तिथी !आज पापांकुश एकादशी व्रत!! आज असोज २० गते बिहिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन प्रणयसम्बन्ध बढ्ने समय रहेको छ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । कार्य सम्पादनमा सहजता पनि मिल्नेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) […]

आज विजया दशमी, टीकाको उत्तम साइत ११ः५१ बजे

काठमाडौं,असोज,१९-आज नेपालीहरुको महान चाड विजया दशमी! अर्थात बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाई हर्षोल्लासका साथ मनाईदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको जनाएको छ । सामान्य मानिसले साइत खोज्न नपरे पनि राज्य सन्चालकले भने उत्तम साइतकै समयमा टीका […]

आजको राशिफल ।। असोज १९ गते बुधवार

काठमाडौं,असोज,१९-आज विक्रम संवत २०७९ साल असोज महिनाको १९ गते बुधबार, (अक्टोवर ५ तारिख) अश्विन शुक्ल दशमी तिथी !आज विजया दशमी!! आज असोज १९ गते बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि पनि बढ्नेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष […]

उम्मेदवार छनोटका लागि कांग्रेसले बनायो मापदण्ड

काठमाडौं,असोज,१८-नेपाली कांग्रेसले गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभाको टिकट नदिने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्षतर्फका उम्मेदवार छनोटको मापदण्ड बनाएको हो । विधान बमोजिम सिफारिस भएका व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान, लोकप्रियता र आगामी दिनको सम्भावनाका आधारमा उम्मेदवार छनोट गर्ने कांग्रेसको निर्णय छ । साथै […]

महानवमी पर्व हर्षोल्लासपूर्वक मनाईदै

काठमाडौं,असोज,१८-बडा दशैंको नवौं दिन अर्थात् आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज मंगलबार हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ । महानवमीका दिन दुर्गा पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगि चढाइने परम्परा छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष […]

दशैं मनाउन १७ लाखले छाडे काठमाडौं, अझै २ लाख सर्वसाधारण घर फर्कन बाँकी

काठमाडौं,असोज,१७- काठमाडौं उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन् । यो महीनाको शुरुदेखि फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दशैं मनाउन आ–आफ्नो घर गएका हुन् ।            विगत दुई वर्ष कोभिडका कारण दशैं मनाउन काठमाडौं उपत्यका बाहिर जानेको सङ्ख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो । उपत्यकाबाट […]

युक्रेनको लिमान शहर रूसबाट फिर्ता

काठमाडौं,असोज,१७-युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रूसले कब्जा गरेको चार युक्रेनी क्षेत्रमध्ये पूर्वी क्षेत्रमा रहेको एक शहर लिमानलाई रूसी सेनाबाट खाली गरिएको बताउनुभयो । मस्कोको आक्रमणविरूद्ध युक्रेनले हप्तौं लामो प्रतिआक्रमणको एउटा विशेषताका रूपमा रहेको यो पछिल्लो घटनाक्रम कीभ र पश्चिमको निन्दाका वावजुद रूसले कब्जा गरिएका युक्रेनी भू–भागलाई अन्तिम रूप दिन अघि बढिरहेका बेला भएको हो । मस्कोको […]

आज महाअष्टमी : दुर्गा भवानीको विशेष आराधना गर्दै

काठमाडौं,असोज,१७-बडादशैंको आठौं दिन आज सोमबार महाअष्टमी पर्व । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्वमा दुर्गा भवानीको भव्यरुपमा पूजाआराधना गरि मनाइन्छ । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ ।   आजको दिन शास्त्रसम्मतरुपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु […]

दशैंघर तथा शक्तिपीठमा फूलपाती भित्र्याइँदै

काठमाडौं,असोज,१६-आज बडादशैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरु परम्पराअनुसार आज आइतबार घरघरमा फूलपाती भित्रयाउँदै छन् । केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिलाई नवपत्रिका भनिन्छ। तर सबै वनस्पति नपाइएको अवस्थामा उखु, अदुवा तथा अन्य फूलका पत्र पनि फूलपातीमा प्रयोग गरेको पाइन्छ । यी नौवटा वनस्पति भित्र्याई नवदुर्गालाई स्नान गराई […]

आजको राशिफल ।। असोज १६ गते आईतवार

काठमाडौं,असोज,१६-आज विक्रम संवत २०७९ साल असोज महिनाको १६ गते आईतवार, (अक्टोवर २ तारिख) अश्विन शुक्ल सप्तमी तिथी !आज फूलपाती र आजै विश्व अहिंसा दिवस पनि रहेको छ । आज असोज १६ गते आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । वशिष्ठ व्यक्तिको साथ पाइनेछ […]