नेपाली सेनासँग सहकार्य अझ मजबुत पार्न चाहन्छौं : अमेरिकी जनरल फ्लिन

काठमाण्डौं,जेठ,२८-नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका जनरल चाल्र्स ए फ्लिन शुक्रबार दिनभर उच्चस्तरीय भेटवार्ता र औपचारिक कार्यक्रममा ब्यस्त रहे।  प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटमा जनरल फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग करिब २० मिनेट कुराकानी गरे। त्यसक्रममा उनले अमेरिकाले आगामी दिनमा नेपाली सेनालाई सहयोग थप वृद्धि गर्न चाहेको बताएको उक्त भेटमा सहभागी अधिकारीहरुले बताए।  […]

नेपालले आज बुधबार राति जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्दै

काठमाडौं,जेठ,२५-एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज बुधबार राति बलियो टोली जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले पहिलो खेलमा जोर्डनको सामना गर्नेछ । नेपाल र जोर्डनबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ । नेपाल र जोर्डनबीच हालसम्म ४ पटक प्रतिस्पर्धा भएको छ । तर, नेपालको नतिजा […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई २ करोड २५ लाख बिनियोजन

काठमाण्डौं,जेठ,२५-सरकारलको चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट मैदानका लागि बजेट छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको बजेट अनुसार युवा तथा खेलकुदमन्त्रालयले २ करोड २५ लाख रुपैयाँ गौतमबुद्ध क्रिकेट रंगशालाका लागि छुट्याएको हो। खेलकुद मन्त्रालयको बजेट पुस्तिका अनुसार ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भरतपुर १५ शान्ति चोक रामपुर चितवनका लागि २ करोड २५ लाख […]

निष्ठुरीको यादमा गायक भुवन भट्टराई

काठमाडौं,जेठ,२३-पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा उदाउदै गरेको अर्को एउटा नाम हो गायक भुवन भट्टराई । उनी नेपाली गित संगितको क्षेत्रमा लामो समय देखि निरन्तर संघर्षको अनुभव बटुल्दै आएका एक गायक हुन,भुवनले हाल सम्म लगभग दर्जन जति गितमा आवाज दिईसकेका छन । गायक भट्टराई आफै गित लेख्ने तथा संगित भर्ने कार्यमा पनि अब्बल देखिन्छन । चल्यो […]

असार १ देखी मतदाता नामावली दर्ता खुल्दै

काठमाडौं,जेठ,२३-निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ ।आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै नाम दर्ता खुला गर्ने तयारी गरेको हो । स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकेको निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सकिएलगत्तै नामावली दर्ता खुलाउने तयारी गरेको हो […]

मेस्सीको ५ गोल संगै इस्टोनियामाथि अर्जेन्टिनाको फराकिलो जित

एजेन्सी,जेठ,२३-अर्जेन्टिनाले इस्टोनियामाथि ५-० गोल अन्तरले जितेको छ।अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले आफूभन्दा निकै कमजोर टिम युरोपियन देश इस्टोनियामाथि फराकिलो जित निकालेको हो । आइतबार राती स्पेनको इएल सादार रंगशालामा भएको खेलमा कप्तान लिओनल मेस्सी एक्लैले ५ गोल गरेका हुन् । स्मरण रहोस्, फिफाको ताजा वरीयतामा अहिले अर्जेन्टिना चौथो स्थानमा छ भने इस्टोनिया ११०औं स्थानमा रहेको छ । यो टिम अर्जेन्टिनाभन्दा […]

कबड्डी–४’का लागी टोकियोमा हाउसफुल,धेरै दर्शक टिकट नपाएर फर्किए

बैशाख,जेठ,२२-नेपाली कथानाक चलचित्र कबड्डी कबड्डीले जपानको राजधानी टोकियोमा हाउसफुल गरेको छ । नेपालमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको ‘ले कबड्डी–४’पहिलो दिनमा सर्वाधिक व्यापार गर्ने नेपाली सिनेमाको रेकर्ड बनाएको थियो । नेपालमा जस्तै जपानमा पनि यो फिल्मले रेकर्ड तोडेका छन् ।  जपानको राजधानी टोकियोमा पनि कबड्डी ४ को लागी हाउसफुल भएका छन् । टोकियोमा धेरै भन्दा  धेरै दर्शक […]

नेपाल ८ रनमै अलआउट,स्नेहा महराले बनाए ३ रनको उच्च स्कोर

काठमाडौं,जेठ,२१-आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल युएईसँग लज्जास्पद हार बेहोरेको छ । मलेसियाको यूकेएम ओभलमा शनिबार भएको खेलमा नेपाल युएईसँग १० विकेटले पराजित भएको हो । जितको लागि ९ रनको विजयी लक्ष्य पछ्याएको युएईले १ ओभर १ बलमा बिना विकेटको क्षतिमा ९ रन जोड्दै पूरा गर्यो । युएईको जितमा थिर्था सतिशले अविजित ४ […]

आज अर्थमन्त्रीले बजेटमाथी उठेका प्रश्नको संसदमा जवाफ दिने

काठमाडौं,जेठ,२०-प्रतिनिधिसभाको बैठक आज शुक्रबार पनि बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ । शुक्रबार आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्री जनार्दन शर्माले दिँदैछन् । गत जेठ १५ गते प्रस्तुत भएको १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेटमाथि जेठ १७ गतेदेखि छलफल सुरु भएको थियो । उक्त […]

आजदेखि बिन्ध्यबासिनी हाइड्रोपावरको आईपिओ बिक्रि खुला

काठमाडौं,जेठ,२०-बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज शुक्रबारदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा […]