काठमाडौं,माघ,२-नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९६१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५६२ जनाको पिसीआर परीक्षण गर्दा ४ हजार ५३४ र २ हजार ५६९ जनाको एन्टिजेन परीक्षण गर्दा ४२७ गरि ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी गत २४ […]
समाचार
विमल घर्ती मगर चम्किदा मछिन्द्रको शानदार जित
काठमाडौं,माघ,२-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ ।आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई ४-० गोल अन्तरले हराएको हो । मछिन्द्रलाई जित दिलाउन विमल घर्ति मगरले दुई गोल गरे । यस्तै रेजिन सुब्बा र अविशेक रिजालले एक एक गोल गरे।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्रिगेडले पहिलो हाफमा मछिन्द्रलाई गोलरहित […]
भारतमा एकैदिन २ लाख ६८ हजार बढीमा कोरोना संक्रमण पुष्टी
काठमाडौं,माघ,२-भारतमा कोरोना संक्रमण अझै पनि तिब्र रूपमा फैलिइरहेको छ । त्यहाँ पछिल्लो २४ घन्टामा २ लाख ६८ हजार ८ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घन्टामा ४ सय जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ८५ हजार ७ सय ५२ नाघेको छ […]
पशुपतिको धर्मशाला सेभेन स्टार होटलजस्तो देखेर आफू सक भए मन्त्री आले
काठमाण्डौं,माघ,२-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको बताउनुभयो। छानबिन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पशुपति क्षेत्रमा आइतबार बतास अर्गनाइजेशनले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको निरीक्षणपछि मन्त्री आलेले धर्मशाला त सेभेन स्टार होटलजस्तो देखेर आफू सक भएको बताउनुभयो। छानबिन समितिले सोमबार प्रतिवेदन बुझाएपछि सबै सत्यतथ्य बाहिर […]
आज माघे संक्रान्ति पर्व मनाईदै
काठमाडौं,माघ,१-सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ।यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान […]
निर्वाचन आयोगले आज सर्वदलीय बैठक गर्दै
काठमाडौं,पौष,३०-निर्वाचन आयोगले आज (शुक्रबार)सर्वदलीय बैठक आव्हान गरेको छ । राष्ट्रिय सभा निर्वाचन, कोरोना महामारी र स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न आयोगले सबै दलहरुलाई बोलाएको हो । बैठकमा १२ माघका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै सम्पन्न गर्ने विषयमा छलफल हुनेछ । यसैगरी, स्थानीय तहको निर्वाचनका लागि सरकारलाई मिति प्रस्ताव गरिसकेकाले […]
माघे संक्रान्ति पर्व नजिकिँदै, मगर समुदायमा तारो हान्ने चलन लोभ हुदैँ
काठमाण्डौं,पौष,२९-माघे संक्रान्ति पर्व नजिकिँदै छ।नेपालीहरुले परम्परागत रुपमा मनाउदै आइरहेको अर्को प्रचलित चाडको नाम हो माघे संक्रान्ति, यसलाई बिभिन्न नामले पुकार्ने गरिन्छ, जस्तै मकर संक्रान्ति, माघी, माघे संक्रान्ति आदि, जुन माघ महिनाको पहिलो दिनमा पर्दछ । उक्त दिन नेपालमा सार्वजनिक बिदा दिने गरिन्छ । विशेषगरी मगर जातिहरुले यस पर्वलाई ३ दिनसम्म बिशेष धुमधामका साथ् मनाउने गर्दछन्।ठाँउ अनुसार […]
उत्तर कोरियाद्वारा एकाविहानै ब्यालिस्टक मिसाइल परीक्षण
एजेन्सी,पुष,२७-उत्तर कोरियाले आज विहान फेरि अर्को मिसाइल परीक्षण गरेको छ।हाइपरसोनिक मिसाइल परीक्षण गरेको बताएको एक साता नवित्दै उत्तर कोरियाले अर्को मिसाइल परीक्षण गरेको दक्षिण् कोरिया र जापानले बताएका छन् । स्थानीय समय अनुसार आज विहान ७ बजेर २७ मिनेट जाँदा जमिनबाट पूर्वी समुद्रतर्फ मिसाइल परीक्षण गरेको र उक्त परीक्षण ब्यालेस्टिक मिसाइल हुनसक्ने दक्षिण कोरियाका सैन्य […]
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज मनाईदै
काठमाडौं,पुष,२७-आज ३ सयौं पृथ्वी जयन्ती । राष्ट्र निर्माता बडामहाजधिराज पृथ्वीनारायण शाहको ३ सयौं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर धुमधामसंग मनाईदै छ । सरकारले पूरै बेवास्ता गरे पनि पृथ्वी जयन्तीलाई नागरिकले राष्ट्रिय पर्वका रुपमा मनाईरहेका छन् । २०६३ सालपछि गठीत सरकारहरुले पृथ्वी जयन्तीप्रति शत्रुभाव प्रकट गर्दै आएका छन् । तर जनस्तरबाट भने यो दिवसलाई […]
माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
काठमाडौं,पुष,२६-शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा सोमबार बसेको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ । बन्दको मोडालिटीबारे मन्त्रालयले केहीबेरमा सूचना जारी गर्ने […]







