काठमाडौं,असोज,५-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । आज अपरान्ह १ बजे बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको पार्टी उपाध्यक्ष तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले ट्वीट गर्दै पार्टीको आज अपरान्ह १ बजे पेरिसडाँडामा बस्ने तय भएको बैठक भोलि मध्यान्ह १२.३० बजे बालुवाटारमा बस्ने तय भएको उल्लेख गर्नुभएको […]
समाचार
जनवर्गीय संगठनका नेताहरुसँग कमल थापाले भने- ‘राप्रपा उठ्छ, उठाउँछौं’
काठमाडौं,असोज,४-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई बलियो शक्तिको रुपमा उठाएरै छाड्ने दृढता व्यक्त गरेका छन् । आज पार्टी सम्बद्ध जनवर्गीय संगठनका पदाधिकारी, सदस्यहरुसँग भर्चुअल बैठक गर्दै अध्यक्ष थापाले नेपालको भू–राजनैतिक अवस्थाका कारण राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सवल, समुन्नत र स्वाधिन बनाउन सक्ने दावी गरे । पार्टीका विषयमा रहेका भ्रमलाई चिर्न जनवर्गीय संगठनका नेता […]
बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु, मर्नेको संख्या ४ सय २ पुग्यो
काठमाडौं,असोज,४-बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।नेपालगगञ्ज उपमहानगरपालिका २१ पुरैना निवासी ५९ वर्षीय पुरुषको शनिवार राति साढे ११ बजे मृत्यु भएको बाँके जिल्ला अस्पतालका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो। भदौ २० गते स्वास्थ्यमा समस्या आएसंगै भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका श्रेष्ठको दुबै फोक्सोमा निमोनिया भएर मृत्यु भएको बताइएको छ । योसंगै […]
नेकपा सचिवालय बैठक आज, उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्ठ मध्य एक मन्त्री बन्ने
काठमाडौं,असोज,४-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय समितिको बैठक आज (आइतबार) बस्दै छ। पेरिसडाँडास्थित पार्टी कार्यालयमा अहिले बिहान ११ बजे बैठक सुरु गर्ने तयारी रहेको नेकपा नेताहरूले जानकारी दिएका छन्। यसअघि असोज २ मै बस्ने भनिएको बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीको व्यवस्तताका कारण आजका लागि सारिएको हाे। सचिवालय बैठकले केन्द्र तथा प्रदेशका […]
लोकतन्त्र मर्यादित र अनुशासित प्रणाली हो : प्रधानमन्त्री ओली
काठमाडौं,असोज,३-प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र, निरङकुशतन्त्रको विकल्प र विधिको शासन भएको बताउनु भएको छ । शनिवार सैनिकमञ्च, टुँडिखेलबाट संविधान दिवसको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै उहाँले लोकतन्त्र निरङकुशतन्त्रको विकल्प हो भन्दै लोकतन्त्र विधिको शासन भएकाले मर्यादित र अनुशासित प्रणाली भएको बताउनु भएको हो । प्रधानमन्त्री ओलीले लोकतन्त्रमा असहमत स्वरहरुले स्थान पाउँछन्, पाउनु पनि पर्छ भन्दै […]
नेपालमा १२ सय ४ जना कोरोना संक्रमित थपिए, १४ सय ४७ निको भए
काठमाडौं,असोज,३-नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन्। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताउनुभयो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको […]
आज संविधान दिवस मनाईदै, प्रधानमन्त्रीले देशवासीका नाममा सम्बाेधन गर्ने
काठमाडौं,असोज,३-आज असोज ३ गते, गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै संविधान दिवस मनाइँदै छ। यस अवसरमा अहिले बिहान १० बजेतिर टुँडिखेलस्थित सैनिक मञ्चमा सरकारले विशेष कार्यक्रम आयोजना गर्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको उहाॅंका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीका अलावा […]
भारतसँग छिट्टै वार्ता हुन्छः परराष्ट्रमन्त्री
बुटवल,असोज,२-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताउनुभएको छ । प्रेस सङगठन नेपाल,रुपन्देहीले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपाल कुनै छिमेकी मुलुकतिर नढल्किने स्पष्ट पार्दै सीमा समस्या समाधानलगायत विषयमा प्रधानमन्त्रिस्तरमा भारतसँग चारपटक फोन संवाद भएको जानकारी दिनुभयो । खोसिएको भूभाग फिर्ता लिन नयाँ नक्शा जारीपछि थप ऊर्जा […]
थप २०२० जनामा संक्रमण,७ जनाको मृत्यु, ८७१ जना डिस्चार्ज भए
काठमाडौं,असोज,२-पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च कोरोना भाइरस संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार पछिल्लो २४ घण्टामा २०२० जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।२४ घण्टामा ११४५८ जनाको पीसीआर परीक्षण गरिएको छ ।पछिल्लो २४ घण्टामा ८७१ जना डिस्चार्ज […]
कोरोनाबाट ४ जनाको मृत्यु, थप १२४६ जनामा कोरोना संक्रमण
काठमाडौं,असोज,१-पछिल्लो २४ घन्टामा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सहित कोरोना संक्रमितको जम्मा संख्या ५९ हजार ५७३ पुगेको छ ।२४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १२४३ रहेको छ । […]



